नयाँ लिडरको सिकाई
कुनै सँस्थामा वाहिरवाट नयाँ लिडर आउदा के हुन्छ ? किन कोहि सफल हुन्छ त कोहि असफल ? यी सव कुरा नयाँ लिडरको रवैया वा व्यवहारमा निर्भर गर्दछ । यस विषयमा संसारमा धेरै खोज र सोध भएको पनि छ । कुनै पनि सँस्थामा नयाँ लिडरको लागि पहिलो १०० दिन महत्वपूर्ण हुन्छ । सधारणतः केहि एक्सनहरु, टिम सँगको प्रारम्भिक कुराकानि र घुलमिल, शुरुवातको प्रभाव, शुरुको दिनमा लिडर र टिमको विचमा समान्य सम्बन्ध आदि कुरावाट सफलता र असफलताको आँकलन गर्न सकिन्छ । यस्तो अवस्थामा नयाँ लिडरको काम, ब्यवहार कस्तो हुनुपर्छ ? ७५५ ईस्वीमा जरथुस्ट्रि समुदायको भारत आउने पहिले जथ्थाको नेता दस्तुर नेरयोसैं धवलवाट सिकाई हासिल गर्न सकिन्छ । यो भारतको गुजराज राज्यको संजन नामको सानो शहरको कुरा हो । फारसवाट भागेर आएका करिब पाँच सय पारसी परिवार भारतको समुद्रि तटमा ओर्लियो । उनीहरु जडि राणा नाम गरेको उदार हिन्दु राजाको राज्यको सानो शहर संजन पुगे । पारसीहरु गोरा, अग्ला, योद्धा जस्ता पाँच सयको सँख्यामा थियो । राजाले यतिको सँख्यामा रहेका परदेशिहरुलाई बास र खानाको ब्यवस्था गर्न संदेह प्रकट गर्नु भयो । राजाले पुरै भरेको दुधको प्याला ल्याउन भन...