Posts

Showing posts from October, 2014

एक दिन जे भोगे देखे

जिल्ला प्रशासन कार्यलाय, धनुषावाट सन् २००९ मा नेपाली राहदानी लिएको थिए । नेपाल सरकारको सुचना अनुसार २०१५ पछि सवै राहदानी प्रायोगकर्ताले एम.आर.पि. लिई सक्नु पर्ने छ । सो कुरालाई विचार गरि दशैको विद्याको बेलामा एम.आर.पि. सिफारिस लिई राख्ने विचार गरे । दशैको विद्यामा जनकपुर आए र जि.प्र.का.मा आवश्यक काजजात लिएर गए । एम.आर.पि.को फर्म अनलाईन भर्नु पर्ने रहेछ । म स्थानिय एक संस्थामा गए र अनलाईन फर्म भरे । लिएर जि.प्र.का. अगाडी फोटोकपि पसलमा हुलाक टिकट लिन गए । मैले भरेको फर्म देखाए । त्यपछि त्यहाँका एक जनाले फर्म हेर्दै भने कहाँ भर्नु भयो ? मैले किन के भयो ? यो फर्म लिदैन, मिलेको छैन् । मैले भने के मिलेको छैन् ? तपाई बुझ्नु हुन्न । अनलाईन फर्ममा केहि प्राविधिक कमजोरि छ । म भरदिन्छु र तपाईले रु ३०० लाग्छ । मैले भने एक रुपिया दिन्न । त्यहीवाट एक कपि खालि फर्म लिए र आफै भरे । हुलाकको टिकट रु२५ को लिए तर उसले रु ४५ माग्यो । त्यहाँ पनि झन्झट भयो ।   सम्पूर्ण काजजात लिएर तोक लगाउनकोलागि प्रशासन अधिकृत कहाँ गए । उसले उल्टाई पल्टाई सवै कागजात हेर्यो । नागरिकता छ भनेर सोध्यो । छ सर । बुवाको नागरिक