तीज

तीज एक साँस्कृतिक पर्वको रुपमा हिन्दु महिलाहरुले मनाई रहेका छन् । हरेक सँस्कृतिलाई हेर्ने दृष्टिकोण आ–आफ्नो हुन्छ । दृष्टिकोण आफु कुन वर्ग, समुदाय, इस्कुलिङ्ग वाट प्रशिक्षित भएका छन् त्यसमा भर पर्छ । ऐतिहासिकता सँग जोडिएका हुन्छ । तीजको पनि आफनो ऐतिहासिकता, धार्मिकता र आज एक सँस्कृतिको रुपमा विकास भएका छन् । लैङ्गिक न्यायको दृष्टिकोणवाट हेर्दा तीजले पितृसत्तात्मक मुल्य बोकेको छ । पितृसत्तात्मक मुल्यलाई बलियो बनाउनमा महिलाको पनि भुमिका र योगदान छ । त्यो योगदान यस्तै खालको साँस्कृतिक पर्व आयोजना गरेर भैरहेको छ ।
सँस्कृतिलाई केवल ब्यक्तिगत स्वतन्त्रताको रुपमा बुझ्नु हुदैन् । व्यक्तिको व्यवहार वा पहिरनको मनोवैज्ञानिक असर समाजमा पर्छ । भौतिकवादी खुशि अल्पकालिन हुन्छ । आफुले लगाएको महगो सारी, गरगहना अरुले लगाएको सारी र गरगहनासँग तुलना हुँदो रहेछ । समाजमा वर्गिय सोँच र व्यहारलाई बलियो बनाउछ । विगत केहि समयदेखि तीज जुन रुपमा विकास भैरहेको छ त्यसको गहिरो मनोबैज्ञानिक असर हरेक घरमा खास गरि काम काजि परिवारमा परिरहेको छ ।
सुनिन्छ हामी त तीज एक क्रान्तिको रुपमा मनाई रहेका छौँ । पारवतिले महादेव पाउनको लागि विद्रोह गरेको थियो । यो एक भाई चारा, पारिवारिक मिलनको रुपमा मनाई रहेका छौँ । यी विभिन्न तर्कवाट हामी आफुलाई कसरी convince गरिहाल्छौँ । तीजका कुन मुल्य जो लैङ्गिक असमानता, अन्याय, पितृसतात्मक सोँच वा चिन्तनलाई बढावा दिएका छन् जसलाई हामीले चुनौति दिईरहेका छौँ । तीज मनाई रहदाँ हाम्रो कुन ब्यवहार, सस्कारले लैङ्गिक न्यायलाई उजार गरिरहेका छन् ? समाजमा हुने मनोवैज्ञानिक असरलाई हाम्रो कुन कार्यले न्यूनिकरण गरिरहेका छन् ? यी विभिन्न प्रश्नहरुको उत्तर सामुहिक रुपमा खोज्ने कि ?
Photo from google image

Comments

Popular posts from this blog

Dr Ambedkar’s Speech at World Fellowship of Buddhists, Nepal

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

बुद्ध ने घर क्यों छोड़ा? ब्राह्मणवादीओ का जूठा प्रचार