तीज

तीज एक साँस्कृतिक पर्वको रुपमा हिन्दु महिलाहरुले मनाई रहेका छन् । हरेक सँस्कृतिलाई हेर्ने दृष्टिकोण आ–आफ्नो हुन्छ । दृष्टिकोण आफु कुन वर्ग, समुदाय, इस्कुलिङ्ग वाट प्रशिक्षित भएका छन् त्यसमा भर पर्छ । ऐतिहासिकता सँग जोडिएका हुन्छ । तीजको पनि आफनो ऐतिहासिकता, धार्मिकता र आज एक सँस्कृतिको रुपमा विकास भएका छन् । लैङ्गिक न्यायको दृष्टिकोणवाट हेर्दा तीजले पितृसत्तात्मक मुल्य बोकेको छ । पितृसत्तात्मक मुल्यलाई बलियो बनाउनमा महिलाको पनि भुमिका र योगदान छ । त्यो योगदान यस्तै खालको साँस्कृतिक पर्व आयोजना गरेर भैरहेको छ ।
सँस्कृतिलाई केवल ब्यक्तिगत स्वतन्त्रताको रुपमा बुझ्नु हुदैन् । व्यक्तिको व्यवहार वा पहिरनको मनोवैज्ञानिक असर समाजमा पर्छ । भौतिकवादी खुशि अल्पकालिन हुन्छ । आफुले लगाएको महगो सारी, गरगहना अरुले लगाएको सारी र गरगहनासँग तुलना हुँदो रहेछ । समाजमा वर्गिय सोँच र व्यहारलाई बलियो बनाउछ । विगत केहि समयदेखि तीज जुन रुपमा विकास भैरहेको छ त्यसको गहिरो मनोबैज्ञानिक असर हरेक घरमा खास गरि काम काजि परिवारमा परिरहेको छ ।
सुनिन्छ हामी त तीज एक क्रान्तिको रुपमा मनाई रहेका छौँ । पारवतिले महादेव पाउनको लागि विद्रोह गरेको थियो । यो एक भाई चारा, पारिवारिक मिलनको रुपमा मनाई रहेका छौँ । यी विभिन्न तर्कवाट हामी आफुलाई कसरी convince गरिहाल्छौँ । तीजका कुन मुल्य जो लैङ्गिक असमानता, अन्याय, पितृसतात्मक सोँच वा चिन्तनलाई बढावा दिएका छन् जसलाई हामीले चुनौति दिईरहेका छौँ । तीज मनाई रहदाँ हाम्रो कुन ब्यवहार, सस्कारले लैङ्गिक न्यायलाई उजार गरिरहेका छन् ? समाजमा हुने मनोवैज्ञानिक असरलाई हाम्रो कुन कार्यले न्यूनिकरण गरिरहेका छन् ? यी विभिन्न प्रश्नहरुको उत्तर सामुहिक रुपमा खोज्ने कि ?
Photo from google image

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।