Posts

Showing posts from June, 2020

सानो जोतको समस्यामा ‘अम्बेडकर डक्टरिन’

राजकिशोर रजक २ वैशाख २०७७ १५ मिनेट पाठ अप्रिल १४, २०२० । बाबासाहेब डा. अम्बेडकरको १२९औँ जन्म जयन्ती । जयन्ती प्रतिज्ञा दिवस पनि हुन्छ । हामी सबैले डा. अम्बेडकर र उनको विचारधारालाई समाज जीवनमा लागु गर्ने प्रतिज्ञा लिनुपर्छ । अम्बेडकर समाज सुधारक, राजनीतिज्ञ, उत्पीडितको मूक्तिदाता, विचारक, दार्शनिकको साथसाथै अर्थशास्त्री पनि थिए । नोबल पुरस्कारद्वारा सम्मानित अमत्र्य सेनले भनेका छन्–यदि देशको पहिलो अर्थशास्त्री डा. अम्बेडकरले गरिबी निवारणका लागि आधारभूत काम नगरेका भए अथवा राष्ट्रिय विकासका बारेमा सापेक्ष दृष्टिकोण नदिएको भए मेरो सोधको केन्द्रमा गरिबी तथा कुपोषणको समस्या हुँदैनथ्यो । आजको समसामयिक सन्दर्भमा डा. अम्बेडकरको सान्दर्भिकता र उनले देखाएका समता, स्वतन्त्रता र बन्धुत्वको विचारधारालाई समाज जीवनमा लागु गर्नुको विकल्प छैन् । दक्षिण एसियाको परिवेशमा सानो जोतको समस्या र समाधानको विषयमा अम्बेडकरको आर्थिक विचार आज पनि उत्तिकै सान्दर्भिक तथा महत्वपूर्ण छ । यो आलेख कृषि औद्योगिकीकरणबाट सानो जोतको समस्यालाई अम्बेडकरको विचारमार्फत कसरी समाधान गर्न सकिन्छ भन्नेमा केन्द्रित छ । सानो

वर्ण कसरी वंशानुगत भयो ?

राजकिशोर रजक ३० वैशाख २०७७ १० मिनेट पाठ नेपालमा वर्ण र जातको विषयमा जे/जति अध्ययन भएका छन् त्यो मूलभूतरूपमा सतही नै देखिन्छ। यस विषयमा ठूलो भ्रम छ। वर्ण र जातलाई पर्यायवाचीरूपमा बुझ्ने प्रचलन छ। वर्ण कसरी जातमा रूपान्तरण भए भन्ने विषयमा ठोसरूपमा अनुसन्धानमूलक खोज तथा अध्ययन पर्याप्त भएको जस्तो लाग्दैन। वर्ण कसरी वंशानुगत भए भने विषयमा बहस होस् भन्ने उद्देश्यले यो आलेख तयार पार्ने जमर्को गरिएको छ। प्राचीन इतिहासको जुन विन्दुमा वर्ण र जात निर्माण भयो त्यो विन्दुसम्म पुग्ने प्रयास गरिएको छ।   पुष्यमित्र सुङ् र प्रतिक्रान्ति इतिहास बदल्न सकिँदैन तर इतिहासलाई हेर्ने/बुझ्ने दृष्टिकोण बदल्न सकिन्छ। दक्षिण एसियाको प्राचीन इतिहास अरु केही होइन, बौद्ध धर्म र ब्राह्मणवादबीच जातीय संघर्षको इतिहास हो। यो ऐतिहासिक सत्यलाई सवर्ण इतिहासकारले अवहेलना गर्दै आइरहेका छन्। आमबहसमा पनि यो दृष्टिकोण कहीँ कतै सुनिँदैन। जात–व्यवस्थाका विषयमा अध्ययन गर्ने जोकोहीले बुझ्न जरुरी छ कि प्राचीन इतिहास ब्राह्मणवाद र बौद्ध धर्मको बीचमा श्रेष्ठताको संघर्षको इतिहास हो। उक्त प्राचीन इतिहास मौर्य सम्राट (चन्द्रगु

जात–व्यवस्थाविरुद्ध किन भएन विद्रोह ?

राजकिशोर रजक काठमाडौँ २६ जेष्ठ २०७७ ८ मिनेट पाठ जतिबेला संसार कोभिड–१९ महामारीवाट जुधिरहेको छ त्यतिबेला नै नेपालका सवर्ण समाज र सत्ता मनुवादी जातीय हिंसा, बलात्कार तथा हत्याको साक्षी बन्दैछ। भनिन्छ, आपत्ले समाजमा स्थापित मूल्य तथा मान्यतालाई हल्लाइदिँदोरहेछ तर उक्त भनाइ मनुवादमा आधारित अमानुस जाति–व्यवस्थाको मानसिकतालाई हल्लाउन सकेको छैन्। बरु उल्टै जात–व्यवस्थामा आधारित क्रमिक असमानतालाई कोभिड–१९ ले झन मजबुत बनाउने काम गर्दैछ। रुकुमको अन्तरजातीय प्रेमकै कारण जातीय हत्या काण्ड, रूपन्देही देवदहकी १३ वर्षीया बालिकालाई बलात्कार गरेका व्यक्तिलाई गैरकानुनीरूपमा जिम्मा लगाउनु र केटा पक्षबाट हत्या हुनु अनि सिरहामा यौन सम्बन्धको प्रस्ताव अस्वीकार गर्दा सार्वजनिकरूपमा कुटपिट गर्नुबाट के प्रमाणित हुन्छ कि कोभिड–१९ जस्तो महामारीले जातीय मानसिकतालाई झन बलियो बनाउँदैछ। समानता र असमानताको भाषामा भन्नुपर्दाब्राह्मण कसैको दास हुन सक्दैन तर उसलाई कुनै पनि वर्णको व्यक्तिलाई दास बनाउन सक्ने अधिकार हुन्छ। शुद्रलाई सबैले दास बनाउन सक्छन् तर शुद्रले अरु कसैलाई दास बनाउन सक्दैन्। देश बन्दाबन्दी