नयाँ लिडरको सिकाई


कुनै सँस्थामा वाहिरवाट नयाँ लिडर आउदा के हुन्छ ? किन कोहि सफल हुन्छ त कोहि असफल ? यी सव कुरा नयाँ लिडरको रवैया वा व्यवहारमा निर्भर गर्दछ । यस विषयमा संसारमा धेरै खोज र सोध भएको पनि छ । कुनै पनि सँस्थामा नयाँ लिडरको लागि पहिलो १०० दिन महत्वपूर्ण हुन्छ । सधारणतः केहि एक्सनहरु, टिम सँगको प्रारम्भिक कुराकानि र घुलमिल, शुरुवातको प्रभाव, शुरुको दिनमा लिडर र टिमको विचमा समान्य सम्बन्ध आदि कुरावाट सफलता र असफलताको आँकलन गर्न सकिन्छ । यस्तो अवस्थामा नयाँ लिडरको काम, ब्यवहार कस्तो हुनुपर्छ ?

७५५ ईस्वीमा जरथुस्ट्रि समुदायको भारत आउने पहिले जथ्थाको नेता दस्तुर नेरयोसैं धवलवाट सिकाई हासिल गर्न सकिन्छ । यो भारतको गुजराज राज्यको संजन नामको सानो शहरको कुरा हो । फारसवाट भागेर आएका करिब पाँच सय पारसी परिवार भारतको समुद्रि तटमा ओर्लियो । उनीहरु जडि राणा नाम गरेको उदार हिन्दु राजाको राज्यको सानो शहर संजन पुगे । पारसीहरु गोरा, अग्ला, योद्धा जस्ता पाँच सयको सँख्यामा थियो । राजाले यतिको सँख्यामा रहेका परदेशिहरुलाई बास र खानाको ब्यवस्था गर्न संदेह प्रकट गर्नु भयो । राजाले पुरै भरेको दुधको प्याला ल्याउन भने । पारसी प्रमुखलाई त्यो दुधको प्याला देखायो । प्रतीकात्मक रुपमा राजाले पारसी अगुवाईलाई के सन्देश दियो भने राज्य पुरा पुर भरेका छन । यो भन्दा बढि मान्छेको लागि यहाँ जग्गा छैन् ।

तर, पारसी प्रमुख अति सजिलै हार मान्ने अवस्थामा थिएन । उनले एक जना सेवकलाई थोरै चिनि ल्याउन भने । उनले एक चम्चा चिनि प्यालामा घोल्नु भयो । प्रतिकात्मक रुपमा नै जरथुस्ट्रिका मानिसहरु आम मानिससँग घुल मिल भैहाल्छ र उनीहरुको जीवनमा मिठास ल्याउन सक्छन् । यसवाट राजा प्रभावित भएर पारसीवासिलाई आफ्नो राज्यमा बस्न अनुमति दिन्छ ।

यस घटनाको दुध र चिनिको प्यालावाट नेतृत्व सम्बन्धमा विभिन्न सिकाई हासलि गर्न सकिन्छ ।

पहिलो सिकाई

कुनै नयाँ टिम वा सँस्थामा जाने लिडरले के ख्याल गर्नु पर्छ भने अधिकाँस अवस्थामा पुरा पुर भरेको प्याला सम्झिने रहेछ । टिमको विचार अधिकाँश के हुन्छ भने “हामि आफै ठिक ठाक काम गरिरहेका छौँ, हामिलाई कुने नयाँ लिडरको आवश्यकता छैन्”। ध्यान दिनु पर्ने कुरा के हो भने टिम कस्तो छ ? तपाई को हो भने कुरा सँग कुनै सम्बन्ध हुदैन् । नयाँ लिडरको अगमनमा पनि सँस्थाले सधै आफुलाई  मुख भरि भरेको प्याला जस्तै सम्झन्छ । यो तथ्यलाई नयाँ लिडरले स्वीकार्नु पर्छ ।

दोस्रो सिकाई

नयाँ लिडरले टिमसँग चिनि जस्तै घुल्न सिक्नु पर्छ र उसले आफनो पहिचान र दम्भलाई टिमको आवश्यकता भन्दा तल्लो स्थानमा राख्न तयार हुनु पर्छ । चिनिलाई टिमसँग घुलमिल भएको सन्दर्भमा तपाई अरुवाट यहि सुन्न चाहनु हुन्छ कि दुध कति मिठो छ । यस विषयमा कसैले चिनि कति मिठो छ भनेर भन्दैन् ।  तर, अधिकाँस नया लिडर आफनो टिमलाई प्रभावित गर्न र श्रेष्ठ सँस्था बनाउन राम्रो चिनिको रुपमा आफनो पहिचान बनाउनमा बढि ध्यान दिएको हुन्छ । जसले गर्दा असफल हुन्छ ।

तेस्रो पाठ

अर्को महत्वपूर्ण कुरा एक चोटि दुधमा घुले पछि चिनि दुधको अन्तिम बुन्द सम्मलाई गुलियो बनाई दिन्छ । चिनिको प्रभाव केवल त्यो विन्दु सम्म मात्र रहदैन जहाँ उसले स्पर्स गरेको हुन्छ । लिडरसँग उदेश्य हुनु पर्छ । आफनो ब्यवस्थापक देखि लिएर अग्र पँक्तिमा रहेका सवैलाई प्रभावित गर्न सक्नु पर्छ ।
अन्त्यमा लिडरले के ध्यान दिनु पर्छ भने प्यालाको भित्र के छ ? दुध छ कि ? पानि छ कि ? लिडरसिपको यात्रामा टिम र संस्थालाई बुझनु पहिलो काम हो । चिनि दुधमा घुलिसके पछि तपाई मान्छेवाट यहि सुन्न चाहनु हुन्छ कि दुध कति गुलियो छ । यो होईन कि चिनि कति राम्रो छ ।

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।