Posts

Showing posts from May, 2014

संघीय राज्यमा भूमि सुधार

Image
राजकिशोर रजक नेपाल ऐतिहासिक संविधान सभा मार्फत अग्रगामि राज्यको पुनःसंरचनासहितको समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान लेखन तथा निर्माण प्रकृयामा छ । यद्यपि, यो प्रकृया एकदम्मै चुनौतिपूर्ण भएतापनि आफ्नो लक्ष्य तिर संघर्षसरत छ । सभ्यताको विकासको क्रममा मानिसहरुद्वारा संरचित एउटा शक्तिशाली संगठन हो–राज्य । सभ्यता विकासको क्रमको शुरुवात (कविला, गण, क्लान) मा सम्मलित भएर बस्थे त्यहा राज्य स्वरुपको कुनै विकास भैसकेको थिएन । ज्ञान र चेतनाको स्तरसंगै मानिसहरु समाजमा जुनवेला खेतिपाति जस्ता उत्पादनका उन्नत शैलिको विकास हुँदै गए मान्छेको उत्पादनमाथिको सम्बन्धमा परिवर्तन आए र सामूहिक स्वामित्वको ठाउँमा व्यक्तिगत स्वामित्व स्थापित हुन थाले पछि सम्पतिकै आधारमा समाजमा वर्गको उदय भए । वर्गसंगै वर्गीय स्वार्थको रक्षाको सशक्त माध्यमको खोजीमा राज्यको उत्पति भएको हो भन्ने तर्क समाजशास्त्रीहरुको रहेको छ । राज्य एकाधिकारपूर्ण शक्ति प्रयोग गर्ने सवभन्दा ठूलो र शक्तिशाली एउटा बैधानिक राजनितिक संयन्त्र हो । यसको उत्पतिको मुख्य कारण सामुहिक सुरक्षा नै देखिन्छ । आदिम साम्यवादी, प्राचिन गण

नवउदारवाद र खाद्य सम्प्रभुता

Image
राजकिशोर रजक अन्तरमहादेशीय व्यापारमुखी अर्थतन्त्रको विकासका लागि जबदेखि युरोपियनहरुले सामुन्द्रिकयात्राहरु गर्न थाले तबदेखि नै विश्वभरिका मानिसहरु युरोपियनका छत्रछाँयामा पर्न थालेको पाईन्छ । पन्घ्रौँ शताब्दीतिर नै युरोपले एसिया, अफ्रिका एव्म अन्य मुलूकमा पनि नियमित सम्पर्क स्थापना गरिसकेको थियो । क्रिस्टोफर कोलम्बसको सन् १४९२ ताकाको स्पेनदेखि बहमास हुदैँ क्यारेबियन सम्मको पहिलो यात्रा पछाडि अन्य धेरै यात्राहरु भएका पाईन्छन । यि सामुन्द्रिक यात्राहरुले एक भुगोल र अर्को भुगोलबीचका मानिसहरुमा बीचमा श्रोत, विचार र सम्बन्धहरु साटासाटको मार्ग खुुला हुन पुग्यो । यसले नयाँ र पुराना संसारहरु सधैकालागि जोडिएर रहन स्थिती बान्यो । स्पेन र प्रोचुगलको नेतृत्वमा युरोपेलीहरुले पत्तालागेका ठाँउका चाँदी र सुनहरु लुटे, साथै स्थानिय मानिसहरुमाथि बिजय हासिल गरी केहीलाई दासको रुपमा राखे र तिनीहरुको भूमिलाई उपनिवेश वनाए । सुरुताका युरोपमा अन्य ठाउँमा जस्तै गाउँले मानिसहरुले आफ्नो उपभोगको लागि मात्र बस्तुहरु उत्पादन गर्दथे । तर पछि उत्पादनमा भएको बृद्घिले उनीहरुले उपभोगवाट वचेका उत्पादनका बस्तुहरुमा निश्