Posts

Showing posts from December, 2019

नगरिकता संसोधन ऐन पछाडी लुकेको हिन्दुत्व राजनीति

राजकिशोर रजक  अयं निजः परोवेति, गणना लघु चेतसाम् । उदार चरितानानन्त, वसुधैव कुटुम्बकम् ।। “यो व्यक्ति मेरो हो, यो मेरो होइन” भन्ने भनाई संकुचित मस्तिष्क भएको व्यक्तिले मात्र भन्न सक्छ । उदार चरित्रको व्यक्तिको लागि पुरा विश्व एउटा परिवार जस्तै हो । माथिको श्लोक भारतीय संसद भवनको भित्तामा लेखिएको छ । उक्त श्लोक भारतीय लोकतन्त्रको आधारभुत मूल्यको परिचय दिन्छ । त्यस कारण सन् २०१० मा अमेरिकाको राष्ट्रपति बराक ओबामा भारतीय संसदको संयूक्त सत्रलाई संबोधन गर्दा उक्त श्लोकलाई अंग्रेजीमा अनुवाद गरि उच्चारण गरेको थियो । बराक ओबामालाई संस्कृत भाषासँग कुनै लगाब थिएन बरु भारतीय लोकतन्त्र र भारतीय संविधानको आधारभुत मूल्य प्रति गहिरो सम्मान प्रकट गरेको थियो । भारतीय लोकतन्त्र र संविधान प्रति जुन सम्मान भारत बाहिर छ त्यो सम्मान राष्ट्रिय संवमसेवक संघ (आरएसएस) तथा भारतीय जनता पार्टि (बिजेपि) को मोदि नेतृत्वको सरकारसँग किन छैन ? आरएसएस÷बिजेपिलाई वर्तमान संविधान देखि किन समस्या छ ? नोट बंदी, आर्टिकल ३७०, राम मंदिर, सिएए, एनआरसि भारतीय जनताको मुदा होईन् । यी मुदाहरु आरएसएस÷बिजेपिको लाईफलाईन हुन्