Posts

Showing posts from August, 2015

हिन्दु धर्म र दासतापूर्ण दलित जीवन

Image
समय लम्बाईको हिसावले आजको समाजलाई एकाइसौँ सताब्दिको आधुनिक समाज भन्छ । इतिहासको एउटा कालखण्डलाई दास युग भन्ने गरिन्छ । मतलव, दास युग इतिहास भैसकेको आम मान्यता छ । राम्रो हुन्थ्यो यदि सत्य त्यसतो भै दिएको भए । महान दार्शनिक प्लेटोको अनुसार त्यो व्यक्ति दास हो जसले आफ्नो व्यवहारको लागि अरुको आदेशको पालन गर्छन् । यो परिभाषालाई गहिरिएर विचार गर्दा हिन्दु वर्णाश्रम अन्तरगतका शुद्रहरु वास्तविक दास हो । शुद्रहरुको सामाजिक, आर्थिक तथा राजनीतिक स्थिती यति नाजुक छ कि आफ्नो दासत्वको विषयमा कसैसँग गुनासो गर्न सक्दैन । उनीहरुले आफ्नो आपवितीलाई जीवन ठान्छन् र कहिले यो सोँच्न पनि सक्दैन कि दासत्ववाट मुक्ति पनि सम्भव छ । दासत्व यती अमानुस हुन्छ कि अरुवाट मानवता वा मर्यादित व्यवहारको अपेक्षा पनि गर्न सक्दैन । आज पनि दक्षिण एसियामा लगभग २५ कारोड शुद्रहरु दासतापूर्ण जीवन बाँच्न बाध्य छन् । हिन्दु धर्मले कसरी शुद्रलाई दास बनायो ? करिब ३५०० वर्ष पहिला आर्य भाषिक समुदाय ईरान र आफ्गानिस्तान हुदै भारत प्रबेश गरेका छन् । उनीहरु करिब ३३०० वर्ष पहिला भारतका मुल बासीमाथि आक्रम गरि उनीहरुलाई दास वनायो । हिन्द