रोटी र बेटीमा सिमित जात ब्यवस्था

हिन्दु समाज जातिवादी छन् । जातिवादी जात मात्रै पाल्दैन् उच नीचको भावना पाल्छ । शुद्ध असुद्धको भावना पाल्छ । कतिपयले यसलाई सुन्दर पक्षको रुपमा पनि ब्याख्या गर्ने गर्छन् । तर, मैले गहिरिएर घोत्लिएर हेरे, बुझे, अनुभव गरे कहिँ कतै सुन्दर पक्ष भेटाइन । सुन्दर पक्षको आधारशिला मैले मानवता, समानता, स्वतन्त्रता र न्यायलाई अपनाए । यी मानकवाट हेर्ने प्रयास गरे । त्यो सुन्दर पक्ष भेटाउन मलाई गाह«ो भयो । हिन्दु जातव्यवस्था भित्र अमानवता छ । मानवता कहि कतै पाउनु हुन्न । हरेक वर्णभित्र उच नीच, सुद्धता वा असुद्धता व्याप्त छन् । समानताको कुरा गर्दा यहाँ कोहि जन्मिदै उच्च र चोखो, कोहि जन्मिदै निच र अपवित्र जन्मिन्छन् । स्वतन्त्रता त छदै छैन् । आज पनि प्रेम गर्न जातिवादी समाजमा बर्जित छन् । प्रेमले जात भात मान्दैन् । यहाँ प्रेम अस्वीकार्य छन् तर वलत्कार स्वीकार्य छन् । न्याय जातिवादी उदग्र संरचनामा समता, न्यायको कल्पना सम्म गर्न सकिदैन् । जात ब्यवस्थाको कुरा गर्दा अशिकाँस मान्छे दलितको विषय हो भन्छन् । तर, मुख्य कुरा के हो भने जातव्यवस्था चारै वर्णमा व्याप्त छन् । कसैलाई छोडेको छैन् । यसलाई टिकाई राख्न ‘रोटी र बेटी’ ले प्रमुख भुमिका खेलेका छन् । रोटी भनेको खाना पिना, उठ्नु बस्नु, घरमा आउनु नआउनु आदि । बेटी भनेको रक्त सम्बन्ध हो । खुनलाई वा रगतलाई आफनोमा नै सिमित राख्ने । रक्त सम्बन्धवाट जातलाई बाँधि राख्ने । सजातिय विवाह यस्कै निरन्तरता हो । यसको नजिर जाजरकोटका गर्खाकोट ३ गणेश चदार र ज्योति शाहको प्रेमपूर्ण अन्तरजातिय विवाहलाई परम्परागत रक्त सम्बन्धमाथिको हमलाको रुपमा विश्लेसण गर्न सकिन्छ । ठकुरी परिवारको रगत असुद्ध भएको मान्यता हिन्दु समाजको हो । तर, विडम्बना यस्तो संरचनात्मक विभेदको विषयमा आज पनि समाजिक अभियन्ता, बुद्धिजीवि वा बौद्धिक, चिन्तकहरुले खुलेर कुरा वा वहस गर्न चाहदैन् । हिन्दु समाजले जात पालेर के प्राप्त गर्याे ? के हासिल गर्यो ? केहि गरेको छैन् । त्यही भएर आऊ यसमा वहस गरौ । जात ब्यवस्थाले कसरी हामीलाई सभ्यतामा पुग्न वाट रोकि रहेका छन् । आऊ आज यस विषयमा वात मारौँ । संवाद गरौँ । हाम्रै पहलवाट हाम्रै जुनिमा यी अमानुस ब्यवस्था र संरचनालाई ईतिहास बनाई देऊ । ठूलो मुटु चाहिन्छ र छ पनि ।

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।