Posts

Showing posts from April, 2018

जसले आन्दोलनको ज्योति बाले

Image
राजकिशोर रजक विचार  ०१ बैशाख २०७५ 63 SHARES बाबासाहेब डा. भीमराव अम्बेडकरलाई भारतको संविधान निर्माताका रूपमा मात्रै चिन्ने धेरै छन्। खासमा उनी दलित र सीमान्तकृत समुदायका विचारक, अगुवा र अभियन्ता हुन्, जसको कुनै जोडा छैन। भीमराव अम्बेडकरको जन्म १४ अप्रिल १८९१ मा मध्यप्रदेशको महु छावनी गाउँमा छालाको काम गर्ने ‘अछूत’ परिवारमा भएको थियो। उनको पैत्रिक गाउँ रत्नागिरि जिल्लाको अम्बावडे गाउँ हो। पिताको नाम रामजी राव र माताको नाम भीमाबाई थियो। उनी पाँच वर्षको हुँदा उनकी आमाको मृत्यु भएको थियो। महाराष्ट्रमा नामसँगै आफ्नो गाउँको नाममा ‘कर’ थपेर थर लेख्ने चलन छ। अम्बेडकर प्रारम्भिक शिक्षाका लागि सतराको एउटा सरकारी विद्यालयमा भर्ना हुँदा सुरुमा उनको नाम ‘भीमराव अम्बावाडेकर’ नै राखिएको थियो। तर उनका शिक्षकले ‘अम्बावडेकर’ बोल्नमा असहज लाग्ने हुनाले ‘अम्बेडकर’ उपनाम लेख्न सल्लाह दिए। त्यसपछि अम्बेडकर भनेर सबैले बोलाउन थाले। अम्बेडकर सानैदेखि कुशाग्र बुद्धिका थिए। शिक्षा आर्जनमा उनको विशेष रुचि थियो। सन् १९०७ मा उनले म्याट्रिक उत्तीर्ण भए। सन् १९०८

जातिप्रथाभित्र बिमार अन्तरजातीय विवाह

Image
राजकिशोर रजक हिन्दूसमाज र जात–व्यवस्था हिन्दू समाज एकैसाथ १६औँ र २१औँ शताब्दीको अन्तरविरोधमा बाँचिरहेको छ । यसले एकातिर जात–व्यवस्था, सजातीय विवाह, छुवाछूत, उँचनीच र परम्परालाई संरक्षण गर्नमा गौरव गर्दछ भने अर्कोतिर लोकतन्त्र, समानता, प्रेम विवाह र आधुनिकताको पनि दलिल दिन्छ । बाबासाहेब डा. भीमराव अम्बेडकरका अनुसार “हिन्दू समाज एउटा मिथक मात्र हो । हिन्दू नाम पनि विदेशी नाम हो । यो नाम मुसलमानले सवर्णलाई आफूभन्दा अगल राख्नका लागि दिएको नाम हो । मुसलमानले भारतबर्षमा आक्रमण गर्नुभन्दा पहिले लेखिएको कुनै पनि संस्कृत ग्रन्थमा हिन्दू शब्दको उल्लेख भएको पाइँदैन (अम्बेडकर सन् २०१६) ।” त्यसैले हिन्दू समाज नामको कुनै चीज छँदै छैन । हिन्दू समाज विभिन्न जातजातको समूह हो । प्रत्येक जात आफ्नो जातीय अस्तित्वबाट परिचित छन् । जातिवादी सोच, मानसिकता र मनोविज्ञान आधुनिक समयमा पनि बलवान् तथा प्रभुत्वशाली छन् । जातले केवल जातमात्र पाल्दैन उँचनीचको भावना पनि पाल्छ । पवित्र अपवित्रको संस्कार मान्छ । मानव समुदायबीचमा अलगावको बीउ रोप्छ र पृथक छिमेकपनको निर्माण गर्छ । नेपालमा खासगरी मधेशमा जातप्रथाको व