Posts

Showing posts from February, 2015

समता र न्यायलाई कसरी बुझ्ने ?

Image
एक जना परिवार जहाँ आमा, बुवा र दुई छोरा छोरी छन् । उनीहरुलाई खानाको रुपमा एक प्लेट कुखराको मासु र सबैलाई पुग्ने भात छ । तर परिवारको सबै सदस्यलाई कुन सिद्धान्तमा आधारित भएर विचरण गर्ने ? सामानताको सिद्धान्तमा रहेर विचरण गरियो भन्ने आमा बुवालाई अन्याय हुनसक्छन् । तर समताको हिसावले वा आवश्यकताको सिद्धान्तलाई आत्मसाथ गरेर वितरण गरयो भने सवलाई न्याय हुन्छ । तिन जना साथीहरु मोहन, सिता र हरि छन् । उनीहरुसँग एउटा मात्र बाँसुरी छ । मोहनले भन्छ बाँसुरी मेरो हुनुपर्छ किनकी बाँसुरी बजाउन मलाई आउछ । सिताले भन्छे बाँसुरी मेरो हुनुपर्छ किनकी तिमी दुई जना भन्दा म गरिब छु र मलाई खेल्न अरु खेलौना छैन । हरिले भन्छ यो मेरो हुनु पर्छ किनकी यो मैले बनाएको हुँ । तिनैजनाको दावीको पछाडी वैचारिक वा दार्शनिक दृष्टिकोणले काम गरेको छ । राज्यको शासण प्रणाली जुन दर्शणवाट शासित हुन्छ त्यही विचारको पक्षमा निर्णय हुनसक्छ । मोहनः उपयोगितावादी सीताः समानतावादी हरिः उदारवादी

हिन्दु समाजको मुक्तिको प्रश्न ?

हिन्दु समाजको मूक्तिको एक मात्र विकल्प वर्णव्यवस्थाको खारेजी र जातपातको अन्त्य हो । तर प्रश्न उठ्छ कसरी ? यो समस्या गहिरो छ तर जटिल छैन् । अन्तरजातिय विवाह नै एक मात्र विकल्प हो । किनकि यसलाई संस्थागत गर्नेकाम सजातिय विवाहले गर्छ । मान्छेको जात मान्छे नै हो । प्रकृतिले उच नीच, सानो ठूलो, छुत अछुत भनेर सृष्टि गरेको होईन । देवघाट नुहाउन जाने दलितलाई पवित्र गंगाले खबरदार ! मलाई छोलास ? भन्छिन र ? गजबको बेवकुफ हो यो मान्छे । जसले मान्छे मान्छे विचमा विभेदको सृजना गरेको छ । अच्चम अच्चमको नियम कानुन बनायो । कस्ता थिए होलान मनु ।

जात केवल जैबीक दुर्घटना हो

Image
राजकिशोर रजक फरक बिचार हिन्दु समाज एकैचोटि १६औँ र २१औँ सताब्दिमा बाँचिरहेका छन् । यी दुबै विचार, मुल्यमान्यता, सोचलाई सँगसँगै लिएर हिडिरहेका छन् । एका तिर १६औँ सताब्दिको जातब्यवस्था, परम्परालाई संरक्षण गर्नमा गौरव अनुभव गरिरहेका छन् भने अर्को तीर आधुनिकताको पनि दलिल गर्दैछन् । जातब्यवस्थालाई हिन्दु समाजमा रोटि बेटिको सम्बन्धको रुपमा ब्याख्या गरिन्छ । रोटि भनेको खानपित, अलगापन (सेगरिगेसन), छुट्टै छिमेक, छुट्टै बासस्थान आदिलाई बुझाउछन् । यसलाई कायम गर्नकोलागि छुवाछुत एक सजाय (पनिसमेन्ट) को रुपमा समाजमा स्थापित छन् । बेटि भनेको रक्त सम्बन्ध हो । यसलाई कायम राख्नकोलागि सजातिय विवाहको प्रमुख भुमिका छ । आज पनि अन्तरजातिय विवाह किन स्वीकार्य छैन भने यसले स्थापित जात ब्यवस्थालाई भत्काउछन्  । जात ब्यवस्था कायम गर्नमा यी दुई विचार व्यवहार त सफल भएका छन् । जात ब्यवस्थाले जात मात्र पाल्दैन्, यसले विसमता पनि पाल्छ, उच निच भावना पनि पाल्छ । जब समाजका कुनै एक समुदायलाई सम्पूर्ण रुपमा अलग गर्छन् तब उनीहरुको आत्मसम्मान, मर्यादा सकनाचुर हुन्छ र आज पनि दक्षिण एसिमा करौडौ मान्छे यस्तो जीवन जीउन बाध

भ्यालन्टाइन डे मुवारक हो ।

प्रेम दुई दिलको मिलन हो । प्रेम दुई भावनाको मिलन हो ।। प्रेम र शक्ति छुट्टयाउनै नसकिने चिज हो । प्रेम विनाको शक्ति, शक्ति विनाको प्रेम अधुरो हुनसक्छ ।। प्रेमलाई कुनै शत्तिले  जित्न सकिदैन् । बजारको महगो उपहारले पनि किन्न सकिदैन ।। बजारको उपहारले लोभ देखाउन मिल्ला । एक छिनको लागि मख्ख पार्न सक्ला ।। तर प्रेम त प्रेम हो । प्रेम त मनहरुमा उम्रनु पर्छ ।। भावहरुमा झांगिनु पर्छ ।।। शक्ति र प्रेमले नै मानवताको रक्षा गर्नु पर्छ । शक्ति र प्रेमले नै समाजलाई अगाडी बढाउनु पर्छ ।। प्रेमले प्रेमि प्रेमिका लाई हर बक्त शक्तिवान गर्नु पर्छ ।।। राज रजक

के अछुतहरु छितरा व्यक्ति नै थिए ?

Image
राजकिशोर रजक आदिम समाज पशुपालनको क्रममा टाढा टाढा सम्म जान्थ्यो । यस क्रममा कविला समुह र जाति समुहहरुको विचमा पशु र स्त्रीहरणको लागि एक आपसमा युद्ध हुन्थ्यो । युद्धको क्रममा जो समुह हाथ्र्यो उनीहरु टुकडा टकुडा भई यता उती घुमिरहनु पथ्र्याे र त्यहाँ हरेक व्यक्तिको अस्तित्व कविला भएर गुजरन्थ्यो र एउटा कविलाको सदस्य अर्को कविलामा सामेल हुन पाउदैन्थ्यो । यसरी छितरा व्यक्तिको जन्म भई गहिरो समस्याको शिकार भए । तर प्रश्न आज पनि अनुतरित छ कि अछुतहरु छितरा व्यक्ति नै थियो त? जब आदिम मानवलाई भुमि रुपि नाँया संपदाको पता लागे तब वहाँहरुको जीवन बिस्तारै बिस्तारै स्थीर हुन गयो । तर सबै कविलाहरु एकै समयमा स्थीर भएन । केहि स्थायी रुपमा बसोवास गर्न थाले भन्ने केहिको जीवन घुमन्ते नै रहयो । घुमन्ते कविलाहरु स्थायी रुपमा बसोवास गरिरहेका संपति देखेर लोभ उत्पन्न भई वहाँहरुमाथि हमला गर्न थाले । तर स्थायी रुपमा बसोवास गरिरहेका मानिसहरु आफ्नो घरवार छाडेर घुमन्तेहरुलाई लखेट्ने र मारकाट गर्न चाहदैनथे र वहाँहरु आफ्नो सुरक्षामा कमजोर भैसकेका थिए । वहाँहरुलाई केहि यस्ता मान्छे चाहिएका थिए जो सुरक्षाको पहरेदार