Posts

Showing posts from June, 2018

आरक्षण व्यवस्था र हाम्रो अवस्था

Image
राजकिशोर रजक आरक्षण ब्यवस्थाको शुरुवात आरक्षण ब्यवस्था नेपाल र भारतको सन्दर्भमा कुनै नयाँ विषय होइन। यो ब्यवस्था त्यती वेलादेखि आजसम्म जीवित छ जती बेला आर्य यी देशमा आफ्नो शासन स्थापित गरेर मुलनिवासी बहुजनमाथि वर्णब्यवस्था लागु गरे। वर्णब्यवस्थाको अर्को नाम आरक्षण हो। यो ब्यवस्था शासक जातिको कुटिल सोँचको परिणाम हो। आरक्षण ब्यवस्थाको विषयमा मुलनिवासी बहुजन अभियन्ता कमल किशोर कठेरिया आफ्नो पुस्तक, ‘आरक्षण भीख नहीं अधिकार’ मा लेख्छ, ‘आर्यलाई थाहाँ थियो यहाँको मुलनिवासी बहुजन समाजमाथि लामो समयसम्म सजिलै शासन गर्न सकिदैन। शक्तिशालि मुलनिवासीसँग निरन्तर संघर्ष भैरहेको थियो। आर्य एउटा यस्तो ब्यवस्था निर्माण गर्न चाहन्थे जसले मुलनिवासी बहुजन समाजले विरोध पनि नगरोस साथै दिर्घकालिन समयसम्म कायम रहोस्। यसका लागि वर्णब्यवस्थाको विकास गर्यो। आर्यले आफूलाई तीन वर्ण ब्राद्मण, क्षत्री र वैश्यमा विभाजन गरे। समाजको सवै शक्ति र स्रोत आफ्नै तीन वर्णमा वितरण गरे।’ शिक्षा, पुरोहितको कार्य, दान कार्य तथा यज्ञ ब्राद्मणको लागि आरक्षित गरे। रक्षा र शासन गर्ने अधिकार क्षत्रीको लागि आरक्षित गरे। ब्यपा

बहुजन नारीवाद र ब्राम्हणवाद

Image
हुलाकि अनलाईन न्यूजवाट सम्भार राजकिशोर रजक नेपालको नारी आन्दोलन पुरुष विचारधारा विरोधी कम पुरुष विरोधी बढी छ। समर्ग नारी आन्दोलन मनुवादी नारिवादको विचारधाराबाट निर्देशित छ। संसारभरी नारीत्वलाई हेर्ने दृष्टिकोण फरक–फरक छन्। नारीत्व बुझ्नको लागि नारीवादी आन्दोलनको इतिहास बुझ्नु जरुरी छ। महत्वपूर्ण विषय यो होईन की इतिहासको बारेमा तपाइलाई कति जानकारी छ। महत्वपूर्ण यो छ की इतिहासलाई तपाई कुन नजरिया वा दृष्टिकोणबाट बुझ्नु भएको छ। सत्य कुरा के हो भने न त मैले इतिहास बदल्न सक्छु न त अरु कसैले बदल्न सक्छन् तर इतिहास बुझ्ने, जान्ने नजरिया/दृष्टिकोण बदल्न सकिन्छ। आजसम्म हामीले शासकको दृष्टिकोणबाट इतिहासलाई बुझ्यौँ, पढ्यौँ र सोही अनुसार आफ्ना विचार बनायौँ। जसले गर्दा मुलनिवासी बहुजनको मन मस्तिष्कमा हीन तथा निम्नताको भावना पैदा भयो। बहुजन नारी आन्दोलनको गौरवशाली इतिहासबाट परिचित हुने मौकासमेत पाएनौ। अब बहुजन समाजले इतिहासलाई बुझ्ने नजरिया बदल्नु पर्छ। यो लेखमार्फत मुलधारको मनुवादी नारीवादलाई शोसित/शासित बहुजन दृष्टिकोणबाट बुझ्ने विश्लेषण गर्ने प्रयास गरिएको छ। बाबासाहेव डा अम्बेडकरको