Posts

Showing posts from September, 2018

नारी–मुक्तिको धर्मशास्त्र

Image
बुधबार, १० असोज २०७५, ०९ : ३९  |   राजकिशोर रजक कार्य–आधारित लैंगिक भेदभाव दुनियाँभर छ तर हिन्दू ब्राह्मण व्यवस्थाले आफ्नो खास ‘आध्यात्मिक फासीवादी’ विचारधाराबाट लैंगिक विभेदलाई संस्थागत गरेको छ । उक्त विचारधाराले सामाजिक चेतनालाई गहिरो रूपमा प्रभावित गरेको छ । कार्यस्थललाई वि–लैंगिकीकरण महिला आजादीको मूल उद्देश्य हुनुपर्ने हो तर वि–लैंगिकरणका लागि वि–हिन्दूकरण जरुरी छ । वि–हिन्दूकरण नारी विरोधी हिन्दूशास्त्रको व्यावहारिक बहिस्कारबाट सम्भव छ । नारी उत्पीडन व्यावहारिक रूपमा हिन्दू–ब्राह्मण विचारधारासँग जोडिएको छ । सतिप्रथा, कन्यादान, बालविवाह, दहेज प्रथा, नारी अशिक्षा, महिलाको सम्पत्तिबाट वञ्चित, भयको निर्माण आदि मनुवादी विचार हुन्। हिन्दू ब्राह्मण समाज वैज्ञानिक र आध्यात्मिक विचारधाराको बीचमा पुल बनाउन असफल भएको कारण हिन्दूत्वको मृत्यु भइरहेको छ । हिन्दूत्व विचारधारा आफ्नै कारणले दिन प्रतिदिन कमजोर हुँदैछ । तर्क र विश्वासबीच संवाद बनाउन सकिरहेको छैन । संसारलाई मुख्य चार आध्यात्मिक संसारका रूपमा विभाजन गर्न सकिन्छ : क) इसाई जगत्, ख) बौद्ध जगत्, ग) इस्लामी जगत् र घ) हिन्दू जगत् ।

मैं इसलिए हँस रहा हूँ क्यूंकि... – कांशी राम

Image
पम्मी लालोमाजरा (Pammi Lalomajra) घटना 1992 की है. साहेब चंडीगढ़ माता राम धीमान के घर रुके हुए थे. धीमान वह इंसान थे जिसे साहेब साथ लेकर सुबह के चार चार बजे तक सुखना झील के किनारे बैठकर सियासत के नक़्शे बनाते रहते थे. उस रात भी रात के करीब 11-12 बजे होंगे.साहेब बैठे बैठे अचानक हँस पड़े. धीमान ने पूछने की कोशिश की कि- साहेब जी अकेले अकेले क्यूँ हँस रहे हो ?  हंसने का कुछ कारण हमें भी बता दो. साहेब ने कहा- यदि हंसने का कारण जानना है तो चलो ,  सुखना झील चलते हैं. वहां झील के किनारे बैठकर बताऊँगा कि आज मुझे हंसी क्यूँ आ रही है.   धीमान ने कहा- साहेब जी सिक्यूरिटी ?   साहेब का हुक्म हुआ- सिक्यूरिटी यहीं रहेगी ,  सिर्फ हम दोनों ही चलेंगे. मैं कांशी राम बोल रहा हूँ साहेब और धीमान सुखना झील के किनारे आ बैठे और साहेब ने मुस्कुराते हुए कहा , " आज मैं इसलिए खुश हूँ क्यूंकि मैं उत्तर प्रदेश में जो जूता मरम्मत करने का काम करता था उसे टिकट दी और वह भी जीत गया. जो मिटटी के बर्तन बनता था वह भी जीत गया. जो साइकिल को पंक्चर लगाता था वह भी एम् एल ए बन गया. मैंने चरवाहे को भी टिकट दी और व

धर्मले देशभक्ति होइन, राजभक्ति सिकाउँछ : सिके लाल

Image
CK LAL  From Naya Patrika_(22 Bhadau, 2075) भर्खरै मात्र भारतीय मिडियामा नेपाल प्रसंग आएको छ, किनकि राहुल गान्धी यही बाटो मानसरोवर यात्रामा गएका छन् । गान्धीले काठमाडाैं शाकाहारी भोजन गरे कि मांसाहारी ? भारतीय मिडियाका लागि यक्ष प्रश्न बनेको छ । त्यसलाई भारतीय समाजले पनि बडो गम्भीरतापूर्वक हेरेको छ । विश्वका एकचौथाइ अति गरिब भारतसहित दक्षिण एसियामा बस्छन्, तिनको जीवनस्तर कसरी सुधार्ने ? तिनका छोराछोरीलाई कसरी उन्नत शिक्षा दिने र बिरामी हुँदा उपचारको प्रत्याभूति कसरी गराउने भन्नेमा बहस हुनुपर्ने हो । तर, मान्छेका सारा आधारभूत आवश्यकता बिर्सिएर बहस राहुल गान्धीको ‘डिनर टेबुल’मा संकुचित भएको छ । यो मनोविज्ञान किन र कसरी विकास भइरहेको छ ? विश्लेषक सिके लालसँग नयाँ पत्रिकाकर्मी  उमेश चौहान, सुजित महत र नरेश ज्ञवाली ले संवाद गरेका छन् : विज्ञान, प्रविधिले मान्छे आर्टिफिसियल इन्टलिजेन्सको युगमा प्रवेश गरिसकेको छ, तर सँगैसँगै धर्म, जात, नश्लका आधारमा विभाजन बढेको छ । मान्छेले आफू कुन धर्म, कुन जात, कुन नश्लको हुँ भन्ने सम्झन थालेको छ र त्यसैका आधारमा न्याय–अन्याय छुट्याउन थालेको छ