Posts

Showing posts from March, 2016

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

Image
हरेक दिवसिय कार्यक्रमको आ–आफ्नो महत्व हुन्छ । उदेश्य हुन्छ । एतिहासिक पक्ष पनि हुन्छ । महिला दिवसको सन्दर्भमा पनि यी कुरा लागु हुन्छ । महिला आन्दोलन केवल महिलाको आन्दोलन होईन् र हुनु पनि हुदैन् । यो आन्दोलन सामानताको आन्दोलन हो । सामाजिक न्यायको आन्दोलन हो । महिला आन्दोलनले पितृसत्तात्मक सोँच वा चिन्तनलाई रुपान्तरण गर्न खोजेको हो । पितृसत्ता भनेको एक सामाजिक सोँच हो जसले पुरुषको तुलनामा महिलालाई कमतर मान्छ । कमजोर मान्छ । पुरुष भनेको मालिक हो । महिला भनेको दासि हो । यसले के भन्छ भने केटा र केटि जन्मिन्छ तर महिला र पुरुष समाजले बनाउछ । मतलव महिला वा पुरुष समाजमा निश्चित मूल्यद्धारा बनाउने चिज रहेछ । अधिकाँशतः मान्छेले पितृसत्ताको उल्टो के हो भने प्रश्न गर्दा मातृसत्ता हो भन्छ । जुन विलकुल गलत कुरा हो । अदि पितृसत्ता गलत हो भने मातृसत्ता पनि गलत हो । त्यसैले पितृसत्ताको उल्टो समानता हो । बरावरी हो । महिला आन्दोलन पुरुष विरोधि होईन् । मातृसत्ता स्थापनाको निमित होईन् । बराबरीको लागि हो । हरेक व्यक्तिको इच्छा हुन्छ घरमा शान्ति होस । समृद्धि होस् । प्रेम होस । तर, किन हुदैन शान्ति, समृद