Posts

Showing posts from July, 2015

दलित अवस्था हो पहिचान होईन ।

Image
दलितपना दलितहरुको अवस्था हो पहिचान होईन् । दलितपनाको निर्माण समाजको एउटा कालखण्डमा शासक जतिवाट वलपूर्वक गरिएको हो । दलितपना वचाउने होईन भत्काउने हो । दलितपना सामाजिक सोँच हो, दृष्टिकोण हो । यो सोँच जातिवादी सोँचवाट निर्माण भएका छन् । जातिवादी सोँच जातब्यवस्थाले निर्धारण गरेका छन् । जातव्यवस्था केवल जात पाल्दैन् उच निचको भावना पाल्छ र सोही अनुरुप व्यवहार गर्छ । त्यसैले अवको संविधानमा हिँन्दु धर्म भित्रको अपराधी जातब्यवस्थालाई भत्काउनु पर्छ । कुनै प नि देशको संविधान समानता, स्वतन्त्रता र सामाजिक न्यायमा आधारित हुनुपर्छ । दलितपना अवस्था भएको हुनाले ‘दलित’ शब्द संविधानमा लेखिराख्नु पर्दैन । यसको सट्टा अनुसुचित जाति÷समुदायको रुपमा राख्नु पर्छ । दलितहरुको समग्र उत्थानकोलागि विषेस व्यवस्था गर्नु पर्छ । राज्यको हरेक तहमा समानुपातिक सहभागिता अनिवार्य र एतिहासिक क्षतिपुर्तिको आधारमा थप प्रतिनिधित्व सुनिश्चित गर्नु पर्छ । राज्यको नीति वा निर्देशक सिद्धान्त समतामुलक हुनु पर्छ जसले समाजिक न्यायलाई प्रबर्घन गछ  दलित मूक्तिको रणनीति सामाजिक अन्तरधुलन नै हुनुपर्छ । दलित र पहिचान अगल अगल विष

भूकम्पपछि जातिवादी समाजकै पुनःनिर्माण गर्ने हो र ?

Image
विनाशकारी भूकम्पपछि नेपालको बौद्धिक समाजमा नयाँ बहस सुरु भएको छ, नेपाललाई अब पुनःनिर्माण गर्नुपर्छ भन्दै । भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा र दोलखाआदिलाई बढी प्रभाव पारेको छ । यी जिल्लामा नौ हजारको हराहारीमा मानिसको मृत्यु भएको छ । बाइस हजारभन्दा बढी घाइते भएका छन् । लगभग पाँच लाख घर ध्वस्त भएका छन् । हजारौंको संख्यामा बस्तुभाउको मारिएका छन् । नेपाल सरकारले आपतकालीन अवस्थाको घोषणा गरेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरबाट राहत, उद्धार, पुनःस्थापना, पुनःनिर्माणका कार्य अगाडि बढिरहेका छन् । भूकम्प प्राकृतिक भए पनि क्षति सामाजिक हुन्छ । भूकम्पले सबैलाई उही स्तरमा हल्लायो तर क्षति मानवीय क्षमता, संकट अभिमुखता र जोखिमअनुसारको भयो । घर भत्कियो तर वर्ग भत्केन । बस्ती भत्कियो तर जात भत्केन । मान्छेको मृत्यु भयो तर सामाजिक सम्बन्धलाई हेर्ने दृष्टिकोणमा रुपान्तरण भएन । भूकम्पपछिको राहत तथा उद्धार कार्यमा जातिवादी गन्ध देखिएको कुरा विभिन्न समाचारबाट पुष्टि हुन्छ । भूकम्पले मानिसको भौतिक संरचनालाई मात्र भत्कायो तर मानवीय सम्बन्ध, जातिवादी

जातिवादी समाजमा पुननिर्माणको प्रश्न

Image
विनाशकारी भुकम्प पश्चात नेपालको बौद्धिक समाजमा नयाँ बहस शुरु भएको छ । नेपाललाई अब पुननिर्माण गर्नुपर्छ । भुकम्पले गोरखा, धादिङ्ग, नुवाकोट, रसुवा, काठमान्डाँै उपत्यका, काभ्रे, सिन्धुपालचोक, रसुवा र दोलखा आदिलाई बढी प्रभाव पारेका छन् । यी जिल्लाहरुमा नौ हजारको हराहारीमा मानिसहरुको मृत्यू भएको छ । बाईस हजार भन्दा बढि घाईते भएका छन् । लगभग पाँचलाख घरहरु ध्वस्त भएका छन् । हजारौ सँख्यामा बस्तुभाउको मृत्यू भएका छन् । नेपाल सरकारले आपतकालिन अवस्थाको घोषणा गरेका छन् । राष्ट्रिय अन्तराष्ट्रिय स्तरवाट राहत, उद्धार, पुर्नस्थापना, पुननिर्माणको कार्यहरु अगाडी बढिरहेका छन् । भुकम्प प्राकृतिक भए पनि क्षति मानविय हुन्छ । भुकम्पले सवैलाई उही स्तरमा हल्लायो तर क्षति मानविय क्षमता, संकटाभिमुखता र जोखिम अनुसारको भयो । घर भत्कियो तर वर्ग भत्केन । घर भत्कियो तर जात भत्केन । मान्छेको मृत्यू भयो तर सामाजिक सम्बन्धलाई हेर्ने दृष्टिकोणमा रुपान्तरण भएन् । भुकम्प पश्चातको राहत तथा उद्धार कार्यमा जातिवादी गन्ध देखिएको कुरा विभिन्न पत्रपत्रिकामा आएको समाचारवाट पुष्टि हुन्छ । भुकम्पले मानिसको भौतिक संरचनालाईमात्र