Posts

Showing posts from January, 2020

चम्चा युग

Image
चम्चा युगले नागरिकलाई गैरजिम्मेवार बनाएको छ मानिसभित्रको आत्मविश्वास चकनाचुर पारेको छ 1.3k Shares   Share   Tweet   Share राजकिशोर रजक २०७६ माघ ४ शनिबार ०८:४९:०० दशकभन्दा बढी समयदेखि मधेस नेपाली राजनीतिको केन्द्रमा छ । मधेस आन्दोलनमा सयौँको बलिदान, हजारौँको अङ्गभङ्ग, अर्बौंको क्षति हुँदा पनि मधेसले ठोस रूपमा उपलब्धि हासिल गर्न सकेन । सम्झौतामाथि सम्झौता भए । अन्तरिम संविधान २०६३ मा आन्दोलनको क्रममा प्राप्त उपलब्धि लिपिबद्ध भए पनि दोस्रो संविधानसभाबाट निर्माण भएका नेपालको संविधान २०७२ मधेसी, दलित, जनजाति र महिलाको हकमा प्रतिगामी सावित भयो । मधेस आन्दोलनले स्थापित गरेको स्वायत्त मधेस प्रदेश, समानुपातिक समावेशी, सेनामा सामूहिक प्रवेश, नागरिकता, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणजस्ता मुद्दाहरू आज पनि जहाँको तहीँ छन् । नेतृत्वले मधेसीलाई अधिकारसम्पन्न बनाउनुको सट्टा आन्दोलन र साहदतलाई सत्तामा पुग्ने साधन मात्र बनाए । सामाजिक बनोट  राष्ट्रिय जनगणना २०६८ मा जात÷जातिको जनसंख्याका आधारमा प्रदेश नं. २ को आठ जिल्लाको कुल जनसंख्या ५४ लाख ४ हजार १ सय ४५ छ