Posts

Showing posts from 2013

गण्डक सम्झौता एक चर्चा

Image
राजकिशोर रजक नेपाल कृषिप्रधान देश हो र आज पनि ७०% भन्दा बढि मानिसको जीविकोपार्जन कृषिमा निर्भर छ । सरदर ३० लाख हेक्टर खेतीयोग्य भूमि छ तर २०% जमीनमा मात्र बर्षेनी सिचाईको ब्यवस्था छ । भनिन्छ प्राकृतिक श्रोत मध्ये जलसम्पदामा नेपाल संसारमा दोस्रो ठूलो देशको रुपमा चिनिन्छ तर सही ब्यवस्थापन र राज्यले कृषिलाई हेर्ने दृष्टिकोण कृषिमुखी नभएको हुनाले कुनैताका खाद्यान्नमा आत्मनिर्भर देश आज आएर परनिर्भर भएका छन् । कृषिको विकास गरि गरिबी निवारण गर्ने परिकल्पनाकासाथ वि.स.२०१६ साल तदानुसार ४ मे १९५९मा गण्डक सिंचाई र विद्युत नामक परियोजनाको शुरुवात भएको पाईन्छ । उक्त सम्झौता तत्कालिन श्री ५ को तर्फवाट उपप्रधानमन्त्री सुवर्ण समशेर र भारतीय राजदूत भगवान सदायको वीच भएको पाईन्छ । सन्धिको कार्यान्वयन तत्कालिन प्रजातन्त्रवादी सरकारले गर्न पाएन र पछि गएर एकदलिय पञ्चायती सरकार सन्धि अनुरुप परियोजना संचालन गर्नुभन्दा पनि शासन सत्ता भारतीय संरक्षणमा सजिलो ठानेको पाईन्छ । यसरी सन्धिको कार्यान्वयन प्रारम्भिक कालदेखि नै नेपाल नेतृत्वको असावधानी र अदूरदर्शिताको कारण भारतीय पक्षवाट सन्धिदेखि निर्माण  तथा हस