Posts

Showing posts from May, 2016

कसले देला यसको उत्तर ?

Image
वैचारिक वहस, संवाद गर्न मन पर्छ । कामको सिलशिलामा सहकर्मि साथिहरुसँग आजको समसमायिक विषय तथा सवाल उपर वहस तथा संवाद हुनु पर्छ भने मान्यता पनि राख्छु । तर, मेरो अनुभव कस्तो रहयो भने स्वस्थ्य तथा आलोचनात्मक वहसको आधारभुत भूमि तयार भैसकेको छैन् । मान्छे आ–आफनो पूर्वाग्रहको प्रखाल बनाएका छन् । ज्याँदै संकोचित तथा संकिर्ण पनि छन् । यस्तै सन्दर्भमा राज्य, राष्ट्र, राष्ट्रियता, देशको विचमा के फरक छन् के समानता छन् भने सम्मको बुझाई र ज्ञानको खडेरी नै छ । वहस कै क्रममा एक जना प्रिय मित्र तथा सहकर्मिले आफु नेपाली राष्ट्रियतामाथि गर्व छ भन्नु भयो । त्यो वहाँको गर्वको विषय बन्नु र आफ्नो देशको अनुभुत गर्नुमा प्रश्न उठाउने कुनै कारण छैन् र स्वभाविक हो । तर, त्यही निर नेपाली राष्ट्रियतामा मैले कुनै गर्व महशुस भैरहेको छैन् । आखिर किन मलाई गर्व महशुस भैरहेको छैन् ? भने प्रश्नको कयौ दृष्टान्त तथा नजिरको आपविती प्रमाणको रुपमा मसँग छ । किन मेरो राष्ट्रियता प्रिय मित्रलाई मन परेन ? किन मेरो भाषा प्रिय मित्रलाई मन परेन ? किन मेरो पहिरण प्रिय मित्रलाई मन परेन ? के नेपाल राष्ट्र भैसकेको हो ? के नेपाली राष्ट्र