Posts

Showing posts from October, 2017

जातव्यवस्था नदेख्ने राजनीति

Image
आइतबार, २९ असोज २०७४, ०९ : १४  |   राजकिशोर रजक नेपालमा हुँदै आएका राजनीतिक परिवर्तनले यहाँका विशिष्ट सामाजिक मुद्दालाई पक्रन सकेका छैनन् । मुख्य राजनीतिक परिवर्तनको ऐतिहासिक विकासक्रम राणाशासन, संवैधानिक राजतन्त्र, पञ्चायत, फेरि संवैधानिक राजतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रामा केवल राजनीतिक परिवर्तन भए । यी राजनीतिक परिवर्तनले सामाजिक सुधारको मुद्दालाई सम्बोधन गर्न सकेका छैनन् । त्यसैले नेपालको सामाजिक बनौट र मनोविज्ञानमा खासै परिवर्तन ल्याउन सकेको पाइँदैन ।सामाजिक सुधारको बाटो राजनीतिक सुधारभन्दा चुनौतीपूर्ण छ । सामाजिक सुधारको मार्ग स्वर्गको मार्ग समान भए पनि ज्यादै कठिन हो । सामाजिक सुधारको बाटोमा मित्रभन्दा आलोचक र शत्रु बढी हुन्छन् । एउटा समयमा सामाजिक कुशलताविना अरू कार्यक्षेत्रमा प्रगति असम्भव थियो, तर आज सबथोक नियन्त्रण गर्ने राजनीति सामाजिक समस्याबाट कोसौँ टाढा छ । नेपाली राजनीति यहाँको समाजसँग जोडिएको छैन । कुप्रथाको कारण फैलिएको अन्धविश्वास र संस्कारले हिन्दू समाजको कार्यकुशलतालाई समाप्त पारिसकेको छ । यस्तो अवस्थामा सामाजिक सुधारको कार्यनीति के हो त

वाम एकताको विभ्रम

Image
शुक्रबार, २० असोज २०७४, १० : ०२  |   सीके लाल बेलायततिर गर्मी छुट्टीलाई पत्रकारहरूले सिल्पट समय (सिली सिजन) भन्छन् । राजनीति, बजार एवं मनोरञ्जन क्षेत्रका प्रभावशाली खेलाडीहरू बिदा मनाउन समुद्री किनारतिर गएका हुन्छन् । समाचारको प्रवाह स्वभावतः सुस्त हुन्छ । अनि पाना भर्नका लागि पत्रकारलाई काँक्रोलाई थाक्रो हाल्न थालिएको कुरालाई पनि समाचार बनाउनुपर्ने बाध्यता आइलाग्छ । शायद त्यसैले होला, कतिपय ठाउँमा खबरको खडेरी हुने अवधिलाई त काँक्रोको मौसम (क्युकम्बर सिजन) नै भन्ने चलनसमेत छ । बाह्रैमास कुनै न कुनै जात्रा भइरहने भएकाले काठमाडौँका सञ्चारकर्मीलाई भने समाचारको खाँचो कहिल्यै हुँदैन । इन्द्रजात्रादेखि तिहार÷छठसम्मको समय केही मन्द पक्कै हो तर सूचनाको प्रवाह बन्द लामो कालसम्म दसैँ बिदामा मात्रै हुन्छ । साझेदारले प्रमुख प्रतिपक्षसँग मिलेर गर्न लागेको कपट प्रबन्धको सुइँकोसम्म नपाउनु वा पाएको भए रोक्न नसक्नु प्रम शेरबहादुर देउवा राजनीतिकरूपले साँच्चिकै ‘अक्षम’ रहेको सबभन्दा ताजा प्रमाण हो । सञ्चारकर्मीहरूको ध्यान मासु, रक्सी र तासको पत्तातिर मोडिएको मौका छोपेर दसैँको मुखैंमा कहिलेकाहीँ