Posts

Showing posts from March, 2017

नेपालका शासक को हुन् ?

Image
राजकिशोर रजक नेपालका शासक जाति को हुन् भने प्रश्नमा जानु भन्दा अगाडि हामी यो एतिहासिक सत्यलाई स्वीकार गराैं कि प्रत्येक देशमा दुई वर्ग हुन्छ – शासक वर्ग र दास वर्ग । यी दुई वर्गको विचमा निरन्तर सत्ता संघर्ष भैरहेका हुन्छ । शासक जाति आफनो सत्ता र प्रतिष्ठाको बलमा शासित वा दासमाथि आफनो प्रभुत्व जमाएका हुन्छन् । आजको सन्दर्भमा प्रतिनिधिमुलक संसदिय लोकतन्त्रमा वालिग मताअधिकार वा चुनावको माध्यमवबाट सत्ता प्राप्त गर्न शासक जातिलाई कुनै अवरोध हुदैन। नेपाली राजनीतिक दलको बनौट नै यसको ज्वलन्त उदाहरण हो । नेपालको शासक जाति को हुन् ? शासक जातिको लागि यो प्रश्न आवश्यक नहुन सक्छ तर अन्तर्राष्ट्रिय समुदाय र स्वय्म शासित जातिको लागि यो प्रश्न आवश्यक मात्रै होइन महत्वपूर्ण पनि छ । त्यसैले यो प्रश्न माथि गहिरो विचार गर्नु पर्छ । नेपालमा शासक जाति मुलतः हिन्दु ब्राहमणवदि पुरुष नै हो । आजको ब्राद्मण र क्षत्री यसलाई खण्डन गर्छन् कि उनीहरु शासक जातिसँग सम्बन्धित छन् । कुनै समय उनीहरु आफुलाई भुदेव भन्थे । संसारको प्रत्येक समुदायमा बौद्धिक वर्गलाई निश्चित आचार संहिताद्धारा पावन कर्तब्यको जिम्मेवारी प्रदा

'मनु' र महिला स्वतन्त्रता

Image
मनु शुद्रप्रति जति अनुदार थिए, महिलाप्रति पनि उनको विचार त्यति नै अनुदार थियो। उनी महिलाप्रति सदैव हीन विचार र व्यवहार राख्थे। हिन्दु धर्मको मूलशास्त्र मनुस्मृति हो, जसलाई हिन्दुको 'बाइबल' पनि भन्छ। महिलाको सन्दर्भमा मनुले विभिन्न हीन विचार निर्माण गरेका थिए। यो संसारमा महिलाको स्वभाव पुरुषलाई मोहित गर्नु हो जसले गर्दा बुद्धिमान जन महिलाको बीचमा सुरक्षित हुँदैन् (२.२१३)। महिला यो संसारमा मुर्खलाई मात्र होइन, विद्वान्लाई पनि पथभ्रष्ट गर्न र उसलाई काम, क्रोधको दास बनाउनमा सक्षम पनि हुन्छ (२.२१४)। मनुले महिलाको सृष्टिको समयमा महिलाको शैया, स्थान र आभूषणका लागि प्रेम, वासना, क्रोध, बेइमानी, इर्श्या र दुराचरणयुक्त गरेका छन् (९.१७)। महिलालाई उसको परिवारद्वारा दिन–रात अधिनमा राख्नुपर्छ (९.२)। महिलाको रक्षा वाल्यकालमा पिताले गर्नुपर्छ, युवा अवस्थामा उसको पति, पतिको मृत्युको अवस्थामा उसको पुत्रले उसलाई रक्षा गर्नुपर्छ। महिला कहिले स्वतन्त्र रहन सक्दैनन् (९.३)। महिलाको रक्षा विशेष गरेर दुष्प्रवृत्तिका लागि गर्नुपर्छ चाहे जति नै नगण्य किन नहोस्। यदि महिलाको रक्षा गर्न सकेन भने दुवै

प्रधानमन्त्रीसँग केही प्रश्न

Dipendra Jha हिजो तपाईंले गरेको राष्ट्रको नामको सन्देश सुनियो। त्यो सन्देशको सार बुझ्दाखेरि तपाईँले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा वा संघीय गठबन्धन स्थानीय निर्वाचनमा भाग नलिए पनि तपार्इँ स्थानीय निर्वाचन गराउन प्रतिबद्ध हुनुहुन्छ भन्ने कुरा प्रष्ट छ। प्रत्येक मतपत्रको सुरक्षा सन्दर्भमा तपाईँले जुन कुरा गुर्नभएको छ, त्यस सन्देशभित्रको अर्थ भनेको तपाईँ ५० प्रतिशतभन्दा बढी जनसंख्या भएको तराई मधेसमा अब शक्तिका बलमा निर्वाचन गराउन खोज्दै हुनुहुन्छ भन्ने कुरा प्रष्ट छ। तपार्इँले मधेसी, थारू जनतालाई आफ्नो असन्तुष्टिबारे मतपत्रमार्फत् आफ्नो अभिमत जाहेर गर्न पनि भन्नुभएको छ। स्थानीय निर्वाचन नहुँदा संघीयता गुम्ने खतराको कुरा गर्नुभएको छ। http://www.nagariknews.com/news/15315