Posts

Showing posts from August, 2014

को सुन्दर ?

विश्व प्रख्यात साहित्यकार म्याक्सिम गोर्कीको अनुसार संस्कृति भनेको मानव श्रमद्धारा निर्मित दोस्रो प्रकृति हो । मानिसले श्रमद्धारा दोस्रो प्रकृति निर्माण नगरेको भए अरु जीवजन्तु जस्तै नाङ्गै हुन्थ्यो । त्यसतै, कार्ल माक्र्सले भनेका छन्, मानिस त्यसबेला ज्यादै खुसी देखिन्छन, जब उसले गोरुले झै श्रम गरिरहेका हुन्छन् । माक्र्सवादीहरु श्रमलाई सौन्दर्यको केन्द्र मान्छन् । यी भनाईलाई आत्मसात् गछौँ भने नेपाली समाजका सवभन्दा सुन्दर मान्छे दलितहरु नै हुन् । तर आज घर र स्कुलका शिक्षा एकदम सर्लक्क कतै पनि नफुटेका मुलायम हातलाई सौन्दर्यका रुपमा परिभाषित गर्दछ । हलो जोत्ने, फलाम पगाल्ने, लुगा सिउने, मुर्ती बनाउने, आरन चलाउने, घर बनाउने, भुई सफा गर्ने आदि हाथलाई सौन्दर्यको रुपमा परिभाषित गर्दैनन् । गोरो मात्र सुन्दर हुन्छन् , अग्लो मात्र सुन्दर हुन्छन्, लाम्चो आँखा मात्र सुन्दर देखिन्छन्, चिम्सा आखा भएका नराम्रा हुन्छन्...............गोरा मात्र सुन्दर होईन्...काला पनि सुन्दर हुन्छन्....र सबभन्दा सुन्दर श्रम हुन्छन्....त्यसैले श्रमजीवि, शिल्पकर्मी दलितहरु सबभन्दा बढी सुन्दर छन् ।

ढुङ्गाको मुर्ति भन्दा कुनै देशको प्रधानमन्त्रि कमजोर हुदाँ दया लागेर आयो ।

बर्तमान सन्दर्भमा मानविय अधिकारवाट बञ्चित, सम्पूर्ण रुपमा विभेद तथा निषेध गरिएको व्यक्ति तथा समुदाय दलित हो र उनीहरुको अधिकारप्रति समग्र सचेतिकरण तथा सङघर्षको प्रेरणा दिनु नै दलित चेतना हो । यसको प्रत्यक्ष सम्बन्ध उनीहरुलाई शताब्दीयौँ अघिदेखि मानसिक दासतामा कोचेर राख्ने सामाजिक उत्पीडनवाट मुक्ति प्राप्त गर्नुसँग रहेको छ । वर्णव्यवस्था समाजिक व्यवस्था मात्र नभएर धर्ममा आधारित एक क्रुर राजनीतिक व्यवस्था पनि हो र यसको जगमा एकदमै संगठितरुपले ईश्वरको त्रास निर्माण गरिएको छ र हिन्दु समाजको सम्पूर्ण ईतिहास यहि वरिपरि लामो समय देखि घुम्दै आईरहेका छन् । कथित देवी–देवतामाथि श्रद्घाभाव जगाउने, मन्दिर, ईश्वर, नर्क–स्वर्ग, पुनर्जन्मको धारणा फैलाउने सँगसँगै मनुष्य मनुष्यबीच घृणाभाव उत्पन्न गराउने विषैली तथा अमानुस विचार र मान्यतालाई जडैदेखि उखेल्नुको सट्टा आज यस्ता खालका मुल्य मान्यता राज्य र राजनीतिक तहवाट सचेत रुपमा प्रवाह हुनु लाजमर्दो र अमानविय कुरा हो । आज पथ्थरको मुर्ति, भिखारी बाबाजी, साधुसन्त आदि कुनै देशको प्रधानमन्त्री, मन्त्री.......भन्दा कसरी शक्तिशाली भए ? भारतिय प्रधानमन्त्री मोदी पथ्