Posts

Showing posts from July, 2014

सौन्दर्य

श्रम, सीप, कला र कौशलका कारण साँस्कृतिक सौन्दर्यको सृजना हुन्छ र उत्त समाजको अर्थ–राजनीति पनि सोही सौन्दर्य बोधवाट चलेको हुन्छ । नेपाल लगायत दक्षिण एसियामा आज पनि दलितका घर मानविय श्रमका केन्द्र हुन् र उनीहरुका अनेक खालका शारीरिक श्रमवाटै घरवारी, खेत खलयान, बाटोघाटो, पाटीपौवा, मठमन्दिर, सडक र महल निर्माण भएका छन् । खोसिएका आफ्ना अधिकार खोसेरै लिनुपर्छ भन्ने ज्ञान दलित सौन्दर्यशास्त्रको लेखनवाट देखिन थालेका छन् । छठ पुजाका लागि ढाकी र नाङलो बुनिरहेका डोम जोडी तथा अनिकाल र भोखमरि जोगाउन खेतका माटाका डल्ला पल्टाईरहेका, डिलडिलमा मुसाका दुला चहारिरहेका मुसहर दम्पतिका श्रम र सीपको मूल्य बोध किन न भएको ? यस्तै कुरुप संस्कृति र मनोविज्ञानबाट शासित नेपालको सामाजिक परिवेशमा अब श्रम, सीप, कला र सृजतालाई सुन्दर देख्ने चेतना निर्माण गर्ने अनि श्रम–सीप बिरोधि पुरानो सौन्दर्य–बोधलाई रुपान्तरण गर्नु अपरिहार्य हो ।  यही धृष्टताले नै हिन्दु सम्भ्रान्त सवर्णवादीहरुका मन–मस्तिष्क र आचरणमा उच–नीच, पवित्र–अपवित्र, छुत–अछुत, सुन्दर–असुन्दर, असल–खराब, रुचि–अरुचि, संस्कार–कुसंस्कार, संस्कृति–अपसंस्कृति सिर्जन

कस्तो अच्चमको देश ?

सबैलाई राम्ररी थाहा छ कि संधियता विनाको संविधान बन्न सकिदैन । पहिचानको मुद्यालाई सम्बोधन नगरि संविधान बने पनि टिक्दैन । चुनावी गणितिय समिकरणवाट प्रविधिक रुपमा एक थोक संविधान बनाउने दुस्साहश हुन सक्छन् तर त्यो प्रतिउत्पादक नहोला भन्न सकिन्न । मुल प्रश्न वा मुदावाट विमुख भएर आज अच्चमको राशलिला मञ्चन भैरहेको छ । काम कुरो एका तिर कुम्लो बोकि ठिमि तिर भने जस्तै राष्ट्रिय राजनीति कसलाई अध्यक्ष बनाउने न बनाउने, सभासदलाई विना योजना पाँच पाँच करोड दिनुपर्र्ने, प्रधानमन्त्रीलाई क्यान्सर लाग्दा देशलाई नै क्यान्सर लागे जस्तो अनिर्णयको बन्दि हुनु पर्ने आदि तपशिलका विषयमा केन्द्रीत देखिन्छ । सत्ता पक्ष वा विपक्षका नेतालाई दिनहु जसो सराप्नु भन्दा सत्ता पक्ष वा विपक्ष बनाउने हामि जनता नै छौँ । मेरो विचारमा नेपाली जनता जसले यीनिहरुलाई प्रधानमन्त्रि, मन्त्रि बन्ने लायक बनाए उनीहरुले आफैलाई प्रश्न गर्नुपर्छ कि साच्चै परिवर्तनको पक्षधर हौँ ? दुनियाको ईतिहासमा एउटा संविधानसभा अवसान भएर लगतै अर्को संबिधानसभाको गठन नेपालमा मात्र भएको देखिन्छ तर पनि परम्परावादी दलको बर्चस्व रहेको संबिधानसभा प्रति जनताको चा