Posts

Showing posts from August, 2017

शक्ति पुन: सिंहदरबारमै

Image
दीपेन्द्र झा भाद्र १५, २०७४- संघीयता कार्यान्वयनका लागि अहिले धमाधम कानुन बनिरहेका छन् । यसको सम्पूर्ण जिम्मेवारी कर्मचारीतन्त्रको हातमा छोडिएको छ । हुनलाई कानुन बनाउने काम विधायिकाको हो । विधायिकाका प्राय: सदस्य निर्वाचनमा व्यस्त छन् । यसकारण कर्मचारी स्तरबाट तयार गरिएका मस्यौदामा शब्द–शब्द केलाएर मसिनो तरिकाले गहन अध्ययन नगरी कानुन निर्माण भइरहेका छन् । परिणामत: गाउँ लाने भनिएका शक्ति पुन: सिंहदरबारमै केन्द्रित हुँदैछन् ।  नेपालको कर्मचारीतन्त्र स्वभावले नै संघीयता विरोधी र केन्द्रीकृत शासनका पक्षपाती छन् । यसको ताजा उदाहरण कर्मचारीहरू गाउँपालिका जान अस्वीकार गर्नु वा जानैपर्ने भएमा क्षतिपूर्ति स्वरूप एक तह बढुवा नगरी नजाने अड्डी कस्नु हो । नेपालका उच्चपदस्थ सरकारी कर्मचारीहरूले संघीयताको बहस सुरु भएदेखि नै संघीयतालाई मनपराएका थिएनन् । तर दुर्भाग्य संघीयता कार्यान्वयनसँग सम्बन्धित नियम, कानुन तथा नीतिहरूको मस्यौदाकार तिनै उच्चपदस्थ कर्मचारीहरू भएका छन् । नेपालको कर्मचारीतन्त्र संघीयता विरोधी हुनुको मुख्य कारण उनीहरूले संघीय व्यवस्थालाई आफ्नो अधिकारको कटौती ठान्ने गरेका छन् । त्यति म

कमलु सदाले मागेको भूमि

Image
-  राजेन्द्र महर्जन ए मेरो देशवासीहरू हो/ए मेरो देशका राष्ट्र–कविहरू हो/ए मेरा देशका सम्माननीय नेताहरू हो/भन्न मन लाग्छ भने भन मलाई/स्वदेश निन्दक वा घृणा चिन्तक/तर यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो/अंशबन्डा गर्ने हो भने पनि यो देशका एक करोड/टुक्राहरूमध्ये एउटा टुक्रामाथि/मेरो पनि छाप्रो हुनेछ ।  –भूपी शेरचन साउन ३१ गते ‘कान्तिपुर’को मुखपृष्ठमा छापिएका थिए, कम्बल ओढाइएका मृत बालक कमलु सदालाई कोशीमा बगाइएका हृदयविदारक चार तस्बिर । फोटो पत्रकार नरेन्द्र श्रेष्ठले खिचेका तस्बिरसँगै ‘बाढीले मृत्यु, बाढीमै सद्गत’को मुख्य समाचार छापिएको थियो । मनै हल्लाउने शब्द र शब्दलाई समेत माथ गर्ने मार्मिक तस्बिर एकाएक भाइरल भयो । कोशीमा बगाइएका कमलु सदाको तस्बिर २०७४ सालको संहारकारी बाढी–पहिरोको प्रतीकको रूपमा स्थापित भयो । सदाका काका देवकुमार सदाको भाषामा भन्दा त्यसको मुख्य सन्देश थियो, ‘निमुखालाई सरकारले त हेर्दैन–हेर्दैन, भगवानले समेत नहेर्दा रहेछन् ।’ देवकुमार सदा र अधिकांश मुसहरको नजरमा भूमि र सबै स्रोत, साधन, सम्पत्तिमाथि छोटेबडे सरकारको प्रभुत्व छ । उनीहरूका आस्था, विश्वास, पूजा–अर

नेपाली शासकले मधेशीहरूलाई भिखारी र शर्णार्थी सावित गर्दै छ...

Image
श्याम सुन्दर मण्डल # नागरिक_भिखारी नेपाली राष्ट्रले नागरिक सर्वोच्चताको वकालत गर्दै आएको छ । जनता जनार्दन हुन, न्यायाधीश हुन, भगवान हुन भन्ने कुरा सदैव भन्दै आएका छन । तर मधेशी नागरिकको हकमा सदैव त्यसको ठीक विपरीत व्यवहार देखाउँदै आएका छन । हामीले सदैव भन्दै आएका पनि छौं, मधेशीहरूसँग नागरिकता छ तर त्यसको हैशियत नेपाली सरहदमा बसिरहेका शर्णार्थीहरू दिईएको पास सरह मात्र रहेको छ । मधेश अहिले बाढ़ीको महा चपेटमा पारेको छ । कतै डुबान, कतै कटान, कतै मृत्यू, कतै विनास अर्थात जताततै संकट र पीड़ा देखिएको छ । वर्षा प्राकृतिक भएपनि नेपाली साम्राज्यमा बाढ़ी अधिकांशतः कृतृम हुन । नेपाली सरकारले जिविस लगायत अन्य कार्यालयहरू मार्फत चूरेको दोहन गरिरहेको छ । अरबौंका काठपात र खरबौंका बालूवा गिट्टी बिक्री गरी कमाई गरिरहेको छ । आम मधेशीजनमा यस कमाईबाट हुने लाभ र नोक्सानीका सम्बन्धमा चेतना छैन । रोड़ा तथा बालू-गिट्टीको अनियमित उत्खनन र बेपारबाट नदी, खोला र नालाहरूका नियमित बहाव (Natural Regime) बिग्रेको कसैलाई ज्ञान छैन । जंगल विनासले पर्यावरणमा पारिरहेको नकारात्मक प्रभाव तथा यसबाट उत्पादन हुने गम्

मधेशको बाढी नेपाल सरकारद्धारा प्रायोजित (विचार)

Image
राजकिशोर रजक आज मधेश ठूलो संकटमा छ । समानता र न्यायको लागि गरिएको आन्दोलन माथीको दमनको घाउ निको नहुँदै बाढीले सयौ मान्छेको ज्यान लिएको छ । लाखौ घर डुवान र कटानमा परेका छन् । लाखौ मधेशी विस्थापित भएका छन् । लाखौ विगहा बाली नष्ट भएको छ । विस्थापितहरु आधारभुत आवश्यकतावाट बञ्चित छन् । बस्नको लागि घर छैन् । खानको लागी अन्न छैन् । वालवालिका, महिला, जेष्ठ नागरिक, दलित, गरिब बढी प्रभावित छन् । इतिहासमा यती ठूलो संकट मधेशका अधिकाँश जिल्लामा पहिलो पटक आएको हो । मधेशलाई विनास हुने गरी बाढी कसरी आयो ? के यो केवल अत्यधिक पानी परेको कारणले आएको हो त ? कदापी होईन । पानी पर्नु प्राकृतिक घटना हो तर बाढी आउनु राजनीति हो । मधेशमा बाढी किन आउछन् ? के बाढी नयाँ कुरा हो ? बाढी पहिले पनि आउथ्यो र यसपाली पनि आयो । आजभन्दा २०–२५ बर्ष पहिला महेन्द्र राजमार्गमा यात्रा गर्दा नदीहरु गहिरो थियो । बाढी नदीहरु भएर बग्थ्यो । अली बढी वर्षा हुदाँ केही समय खेतबारी र गाउँमा बाढी पस्थ्यो तर त्यती क्षति गर्दैन्थ्यो । चुरे संरक्षित थियो । बन विनास भएको थिएन । चुरेमाथि अतिक्रमण भएको थिएन् । चुरे र जंगलमाथि मधेशी सम

'मधेसको सम्पर्क भाषा नेपाली होइन, हिन्दी हो'

Image
सीके लाल   शनिवार, भदौ ३, २०७४ दोस्रो जनआन्दोलनलगत्तै चर्को रूपमा उठेको मधेस मुद्दा अहिले पनि नेपाली राजनीतिको पेचिलो विषय बनिरहेको छ। नयाँ संविधानले पनि मधेसको वास्तविक मुद्दा सम्बोधन नगरेको भन्दै असन्तुष्टि थाँती नै छ। मधेस-असन्तोषकै कारण स्थानीय तहको निर्वाचन तीन चरणमा गरिने भएको छ भने यही मुद्दा सम्बोधन गर्नकै लागि संविधानको दोस्रो संशोधनको प्रस्ताव संसद्मा छ। यसबीचमा मधेस असन्तोष वा मुद्दाबाट उठेर चिन्तन र बहसको विषय बनिसकेको छ। मधेस मुद्दालाई अन्ध समर्थन गर्ने र अन्ध विरोध गर्ने दुवैथरी अतिवाद हावी छ। मधेस के हो ? मधेसका मुद्दा के हुन् ? मधेसमाथि लक्ष्मण श्रेष्ठले विश्लेषक सीके लालसँग गरेको कुराकानीमा आधारित आलेख : मधेस कि तराई ? बारम्बार सोधिने प्रश्न हो- मधेस कि तराई। हुनुपर्ने त मधेस नै हो, किनभने असम र त्रिपुराको लागि ब्रह्मपुत्रको मैदान तराई हो। दार्जिलिङका गोर्खालीका लागि सिलगुडी तराई हो। उत्तराखण्डको मान्छेका लागि काठगोदाम तराई हो। त्यसैले तराई नेपालबाहिर पनि छ। तराईको ऐतिहासिक सन्दर्भ पनि छ। चुरेको फेदीबाट तलको मैदान जोड्ने इलाका, त्यो जंगल हुन सक्छ वा पानी जमे

Thank You Nepal Government for 'Humiliation'

Image
मधेश जसले विगत २०० बर्ष देखि नेपालको (काठमान्डौँ) सबै सबै विल विना कुनै गुनासो तिर्दै आईरहेको छ र वदलामा इतिहासको सबभन्दा संकटको घडी (बाढि) रु ७० पाउने भाग्यमानि भएका छन् । निर्लज्जताको पनि हद हुन्छ । तराई/मधेशमा ४० प्रतिशत खेतियोग्य भूमि अन्नको भण्डार पनि हो । तराई/मधेश नेपालको आर्थिक मेरुदण्ड नै हो । कुल औधोगिक लगानीमा करिब ८८ प्रतिशत हिस्सा रहेको तराई/मधेशको औधोगिक उत्पादनमा योगदान करिब ७३ प्रतिशत छ । तराई/मधेशवाटै भन्सार महशुलको ७० प्रतिशत र अन्तशुल्कको ९३ प्रतिशत हिस्सा असुली भइरहेको छ । कुल ग्राहस्त उत्पानको ६५ प्रतिशत र सार्वजनिक आयमा ७७ प्रतिशत योगदान छ । कुल कृषियोग्य भूमिको ७० प्रतिशत हिस्सा तराई/मधेशमा पर्छ र कृषि उत्पादनमा ७२ प्रतिशत योगदान गर्छ । कृषियोग्य जमिनको ८० प्रतिशत भागमा धान खेती भइरहेकोमा तराईको एकल योगदान ७४ प्रतिशत छ ।

विज्ञान के उपभोग में अग्रणी लेकिन दिमाग पत्थर युगी

Image
संजय जोठे (Sanjay Jothe) कल ट्रेन में सफर के दौरान चार युवा इंजीनियर्स से बात करने का मौका मिला। चारों एक दूसरे से परिचित होते हुए अपनी पढ़ाई, कमाई, अनुभव, कम्पनी आदि का बखान कर रहे थे। जाहिर हुआ कि चारों देश की सबसे अच्छी सॉफ्टवेयर कम्पनियों में कार्यरत हैं, दो पुणे में एकसाथ है दूसरे दो मुम्बई एकसाथ काम करते हैं। अगली कुछ छुट्टीयों में चारों दिल्ली की तरफ जा रहे थे।  बातचीत करते हुए हमने साथ मे चाय ली, उन्होंने उत्सुकता से मुझसे पूछा कि आप क्या करते हैं? मैंने उत्तर दिया कि मैं सोशल रिसर्च का काम करता हूँ। वे अधिक अंदाजा नहीं लगा सके और पूछने लगे कि इसमें क्या काम होता है और इसको करने से क्या फायदा होता है? उनकी दुविधा समझते हुए मैंने प्रतिप्रश्न किया कि आप बताएं कि कम्प्यूटर साइंस में क्या काम होता है और उससे क्या फायदा होता है? उन्होंने बताया कि कम्प्यूटर साइंस सब तरह के यांत्रिकरण, ऑटोमेशन और गणनाओं का आधारभूत टूल बन गया है, हर विषय मे हर काम में हर तरह की खोज में कम्प्यूटर की भूमिका बढ़ गयी है। मैंने पूछा कि कम्प्यूटर साइंस की जानकारी से आप क्या क्या समझ या समझा सकते है