Posts

Showing posts from April, 2017

हाम्रो सन्दर्भमा बुद्ध र मार्क्स

Image
राजकिशोर रजक विश्व परिवेश एक नाशको छैन । विविधता आजको सच्चाई हो । समसमायिक राजनीतिमा कार्ल माक्र्सको नाम एक राजनीतिक विचारक र आर्थिक ब्यवस्थाको निर्माताको रुपमा व्याख्या हुँदै आइरहेको छ । बुद्धलाई एक धर्मको संस्थापक र सामाजिक सुधारकको रुपमा व्याख्या गरिन्छ । बुद्ध र माक्र्सको विचमा तुलनात्मक अध्ययन र विश्लेषण सचेत रुपमा जति हुनु पर्ने हो भएको जस्तो लाग्दैन । बुद्ध र माक्र्सको विचमा गहिरो अध्ययन बाबासाहेव डा. अम्बेडकरले गर्नु भएको थियो जुन विचार आज पनि सान्दर्भिक र शिक्षा योग्य छ । बुद्ध र माक्र्सको विचमा २३८१ वर्षको फरक छ । बुद्धको जन्म ई.पू. ५६३ मा भएको थियो भने कार्ल मार्क्सको जन्म सन् १८१८ मा भएको थियो । यहाँ यस लेख मार्फत दुवैको विचमा के के समानता र असमानता छन् त्यस विषयमा बुझ्नु पाठकको लागि स्वभाविक हो । दुवैको विचमा समय अन्तरालको साथ साथै विचार र क्षेत्र पनि अलग छन् । माक्र्सवादिहरु लेख शिर्षक माथि मजाक गर्न पनि सक्छन् । उनीहरुको विचारमा माक्र्स आधुनिक र बुद्ध पुरातन हुन सक्छन् । तर, यस लेख मार्फत एउटा माक्र्सवादिले बुद्धवाट के सिक्न सक्छ भने विषय आकर्षक र शिक्षाप्रद