Posts

Showing posts from February, 2017

आरक्षण कि कार्यक्षमता ?

Image
सक्षम राजनीतिक ढाँचा निर्माण त्यस बेला मात्र सम्भव हुन्छ, जब सरकारी निकायमा उत्कृष्ट तथा कार्यक्षमता भएका व्यक्तिले स्थान पाउँछन्। सुन्दा यो तर्क राम्रो लाग्छ–हाकाहाकी कसैले विरोध गर्न सक्दैन। तर, कार्य क्षमताबारे पैरबी गर्ने व्यक्ति वा समुदायको मनोभावना वा आशय के छ भन्ने अध्ययन गर्नु जरुरी छ। कार्यक्षमताको सिद्धान्तमाथि कसैको कुनै आपत्ति छैन । योग्य व्यक्ति हुँदाहुँदै अयोग्य व्यक्तिले कुनै पनि स्थान पाउनु हुँदैन । तर, यस्तो तर्क नेपाली शासन प्रणालीमा बिल्कुल निरर्थक सावित भएका छन् । यहाँ जसरी ‘योग्य व्यक्ति’ छनोट गरिँदै आएको छ, ती सबै शासन सत्तासँग पहुँच भएका जातिबाटै आएका छन्। शासकको दृष्टिकोणबाट यो सिद्धान्त ठिक होला, तर सिमान्तकृत समुदायको दृष्टिकोणबाट के यसलाई ठिक भन्न सकिन्छ ? परम्परागत हिन्दु सामाजिक व्यवस्थामा श्रेष्ठताको आधार वंश परम्परा रहेको छ। यो प्रणालीमा जन्मिनबित्तिकै कुनै व्यक्ति श्रेष्ठ, पवित्र र चोखो मान्ने प्रवृत्ति छ, जुन अवैज्ञानिक हो । मनुस्मृति अनुसार पुरोहितको पद, सम्राटको कुलगुरु, प्रमुख सल्लाहकार, न्यायकर्म, दण्डाधीशको पद, सम्राटको मन्त्रिको पद ब्राह

ब्राहमणले वाल्टेयर किन जन्माउन सकेन ?

Image
राजकिशोर रजक हिन्दु धर्म र हिन्दु समाजको चरित्र फरक छन् । दलित हिन्दु धर्म भित्र रहे पनि हिन्दु समाज भन्दा बाहिर छन् । दलितको समाजिक जीवन हिन्दु समाजको अलौकिक दैविक शासनवाट निर्धारण गरिएका छन् । हिन्दु समाजमा विद्धताकोे ठेक्का केवल ब्राहमणलाई प्राप्त छन् जसले हिन्दु धर्मलाई अपूर्व मान्दछन् र यो दाबीको प्रमुख जिम्मेवार हिन्दु समाजलाई जान्छ तर आम जीवन यो दाबीलाई गौरवभन्दा पनि गैरत मान्छन् । ब्राहमण विद्धवानले अपुर्वको कुनै ठोस आधार दिन सकेका छैन् । हिन्दु समाजमा ब्राहमणलाई श्रेष्ठ मान्छन् । सवभन्दा ज्ञानि मान्छन् । हिन्दु समाजमा ब्राहमणलाई विद्धवताको विशिष्ट मानसिकताको रुपमा व्याख्या गरिन्छन् । हिन्दु समाज मानवता, न्याय, स्वतन्त्रता, भाईचरा आदि मानव मुल्यबाट कोशौ टाढा छन् । हिन्दु समाज सिद्धान्तमा आधारित समाज होइन । मानव मुल्यमा आधारित समाज होइन । हिन्दु समाज शासनमा आधारित हो । तर, दुर्भाग्यवश हिन्दु समाजमा सुधारको आवश्यकता छ भन्ने कुरालाई महशुस गरी एक जना पनि वाल्टेयर जन्माउन सकेन जसले क्याथोलिक चर्चको सिद्धान्तलाई विरोध गरि रुपान्तरणको लागि ईमान्दार बौद्धिकता प्रस्तुत गरेको थियो ।