Posts

Showing posts from April, 2015

महा भुकम्पसँगको जम्मका भेट ।

Image
२५ अप्रील, २०१५ दिनको १२ बजे बनेपाको उग्रचण्डी होटलको नयाँ बन्दैगरेको भवनको पाँचौ तल्लाको तालिम हलमा महिला अधिकार मञ्च नेतृत्व विकास तालिम संचालन भैरहेको थियो । २८ जिल्लावट २९ जना महिला अधिकार कर्मिहरुलाई “नारि, पुरुष र सम्पती”को विषयमा सहभागिहरुसँग गहिरो छलफल गरिरहेका थिए । सहभागिहरु उक्त विषयमा खुलेर छलफलमा भाग लिईरहेका थिए । मैले मेरो सेसन सकेर कम्पुटरलगायतका सामाग्रीहरु झोलामा राखिरहेका थिए । त्यती नै बेला एक जना नवलपरासीका महिला अधिकार मञ्चका प्रतिनिधिले थप एउटा प्रश्न गरे । उक्त प्रश्नले थप केहि समय लियो र लगतै एक जना सहभागिले गित गाउन सुरु गरे र गित सक्न वितिकै तालिम हल एक्कासी हल्लिन थालियो । सहभागिहरु भुकम्प आयो भुकम्प आयो भनेर कराउदै टेबल मुनि बस्न कोशिस गर्न थाले । म पनि के गर्ने के न गर्ने भनेर सोच्नै सकिन् । मैले मेरो झोला प्याक गरिनै सकेको थिए । होटलको निर्माण कार्य भैनै रहेको थियो । भरयाङ्गमाको रैलिङ्ग थिएन् । सबै सहभागिहरु रोई कराई गरिनै रहेको थियो । त्यो क्षण जीवनको अन्तिम क्षण नै हो जस्तो ठानिसकेको थिए । घर हल्लि नै रहेको थियो । जे हुन्छ हुन्छ भनेर बहिर निस्किने न