Posts

Showing posts from November, 2015

लोकतन्त्रमा “लोक” सार्वभौम हो

लोकतन्त्रमा “लोक” सार्वभौम हो । लोकको सहभागिता अनिवार्य हुनुपर्छ । लोकले प्रत्यक्ष रुपमा आफनो बारेमा आफै निर्णय लिनु पर्छ । लोक नै निर्णयकर्ता हुनुपर्छ र लोकप्रतिनिधिले त्यो निर्णयलाई केवल कार्यान्वयण मात्र गर्नु पर्छ । लोकतन्त्रमा चुनाव, पाट्रि एक निश्चित दर्शण, मूल्य र मान्यतामा केन्द्रित रहि लोकतान्त्रिक संस्था, संरचनालाई लोकतान्त्रिकरण गरि समाजमा सामानता, न्याय, स्वतन्त्रता र मानवताको निर्माण गर्नु नै हो । लोकतन्त्रको लक्ष्य मुलतः नागरिक स्वतन्त्रता र मानविय शक्ति सम्बन्धलाई मानवियकरण गर्नु नै हो र समाजमा न्यायपूर्ण शासन ब्यवस्था कायम गर्नु हो ।