पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

हरेक दिवसिय कार्यक्रमको आ–आफ्नो महत्व हुन्छ । उदेश्य हुन्छ । एतिहासिक पक्ष पनि हुन्छ । महिला दिवसको सन्दर्भमा पनि यी कुरा लागु हुन्छ । महिला आन्दोलन केवल महिलाको आन्दोलन होईन् र हुनु पनि हुदैन् । यो आन्दोलन सामानताको आन्दोलन हो । सामाजिक न्यायको आन्दोलन हो । महिला आन्दोलनले पितृसत्तात्मक सोँच वा चिन्तनलाई रुपान्तरण गर्न खोजेको हो । पितृसत्ता भनेको एक सामाजिक सोँच हो जसले पुरुषको तुलनामा महिलालाई कमतर मान्छ । कमजोर मान्छ । पुरुष भनेको मालिक हो । महिला भनेको दासि हो । यसले के भन्छ भने केटा र केटि जन्मिन्छ तर महिला र पुरुष समाजले बनाउछ । मतलव महिला वा पुरुष समाजमा निश्चित मूल्यद्धारा बनाउने चिज रहेछ । अधिकाँशतः मान्छेले पितृसत्ताको उल्टो के हो भने प्रश्न गर्दा मातृसत्ता हो भन्छ । जुन विलकुल गलत कुरा हो । अदि पितृसत्ता गलत हो भने मातृसत्ता पनि गलत हो । त्यसैले पितृसत्ताको उल्टो समानता हो । बरावरी हो । महिला आन्दोलन पुरुष विरोधि होईन् । मातृसत्ता स्थापनाको निमित होईन् । बराबरीको लागि हो ।

हरेक व्यक्तिको इच्छा हुन्छ घरमा शान्ति होस । समृद्धि होस् । प्रेम होस । तर, किन हुदैन शान्ति, समृद्धि र प्रेम । यसको कारण छ । पुरुस्वत्व (masculinity) को निर्माण कसरी हुन्छ ? म त मर्द छु । म bread maker छु । म पुरुष भएको कारणले तपाई सबैको रक्षा मेरो जिम्मेवारी छ । मर्द कि सिनेमे कभि दर्द नहि होता । त्यस्तै नारित्व (feminity) को निर्माण कसरी हुन्छ ? म महिला । म घरमा नै बस्नु पर्छ । शहनशिल हुनुपर्छ । बुवा वा दाईले भनेको कुरा मान्नु पर्छ । म शुसिल हुनुपर्छ । पुरुस्वत्व र नारित्व निर्माणमा समाज वाहेक बुवा र आमा दुवैको हाथ हुन्छ । मतलव दुवैको योगदान हुन्छ । विगत केहि समय देखि पुरुषहरुले के कुरा महशुस गर्न थालेको छ भने पुरुस्वत्वले महिलालाई मात्र हानि गरेको छैन् । पुरुषलाई पनि हानि गरिरहेको छ । पुरुस्वत्व पालेर पुरुषहरु मानव होईन दानव बनिरहेको छ । उसले आफनो emotion लाई मारिरहेको छ । प्रेमलाई मारिरहेको छ । इनसानियतलाई मारिहरेको छ । मानव मूल्यलाई मारिरहेको छ । त्यसले गर्दा उ पनि यसवाट मूत्त हुन चाहन्छ । पुरुस्वत्वको कारण घरको आर्थिक बोझवाट पनि उ पिडित छन् । उ पनि सम्पूर्ण कुरामा साझेदारी चाहन्छन् । आफनो बोझ बाँढ्न चाहन्छन् । महिला र पूरुष मिलेर घर बन्छ । पति वा पत्नीको सम्बन्धमा रुपान्तरणको आवश्यकता छ । बरावरीको सम्बन्ध निर्माण गर्न जरुरी छ । अनि मात्रै पाईला हाराहारी हुनसक्छ ।

Comments

Popular posts from this blog

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।