Posts

Showing posts from September, 2015

मलाई शिक्षा प्रदान गरेका राज्य र समाजलाई के भनौ ?

Image
शिक्षक र समाजको सम्बन्ध दास र मालिकको सम्बन्ध जस्तै हुन्छ । शिक्षक दास हुन्छ भने समाज मालिक हुन्छ । नेपाली समाज र राज्यको शिक्षा प्रणाली पनि यस्तै लाग्छ आज भोली । मैले नेपाली हिन्दु समाजवाट प्राप्त गरेको शिक्षा के हो भने तिमी अरु बाँकि जस्तो छैनौ । तिमी जन्मजात असुद्ध छौ । तिमी जन्मजात समाजको सबभन्दा तल्लो हैसियतमा रहनु पर्छ । तिम्रो श्रम, सिप, प्रविधिलाई हामीले बाध्यतावस अपनाएका छौ तर तिम्रो पानि, तिम्रो रगत, तिम्रो भोजन, तिम्रो स्वतन्त्रतालाई कदापी स्वीकार्दैनौ । हिन्दु समाजले आफ्नो दासरुपी शिक्षक मार्फत मेरो कलिलो र मासुम मस्तिष्कमा यस्ता खालका शिक्षा डिपोजिट गरिएको छ र गर्दैछन् । शिक्षाका औपचारिक कोर्षमा विज्ञान पनि पढाईयो तर इश्वर छ, अल्लाह छ, ईसु छ, भने कुरा पनि सानै देखि हालदियो । कुरानमा उल्लेख भएका कुरा नै सत्य हो । बेदमा उल्लेख भएका कुरा नै सत्य हो । बाईवलमा उल्लेख भएका कुरा नै सत्य हो । यी वेदमा उल्लेख गरेका कुराहरुमाथि प्रश्न उठाउनु हुदैन् । काठमान्डौँसँग अभ्यस्त हुन थालेको २–३ बर्ष हुन लागेको छ । मेरो छोरीले पनि कोहि फलफुल वा तरकारी वेच्ने दाई र अङ्कलहरुलाई भैया भनेर बोला