कसले देला यसको उत्तर ?

वैचारिक वहस, संवाद गर्न मन पर्छ । कामको सिलशिलामा सहकर्मि साथिहरुसँग आजको समसमायिक विषय तथा सवाल उपर वहस तथा संवाद हुनु पर्छ भने मान्यता पनि राख्छु । तर, मेरो अनुभव कस्तो रहयो भने स्वस्थ्य तथा आलोचनात्मक वहसको आधारभुत भूमि तयार भैसकेको छैन् । मान्छे आ–आफनो पूर्वाग्रहको प्रखाल बनाएका छन् । ज्याँदै संकोचित तथा संकिर्ण पनि छन् । यस्तै सन्दर्भमा राज्य, राष्ट्र, राष्ट्रियता, देशको विचमा के फरक छन् के समानता छन् भने सम्मको बुझाई र ज्ञानको खडेरी नै छ । वहस कै क्रममा एक जना प्रिय मित्र तथा सहकर्मिले आफु नेपाली राष्ट्रियतामाथि गर्व छ भन्नु भयो । त्यो वहाँको गर्वको विषय बन्नु र आफ्नो देशको अनुभुत गर्नुमा प्रश्न उठाउने कुनै कारण छैन् र स्वभाविक हो । तर, त्यही निर नेपाली राष्ट्रियतामा मैले कुनै गर्व महशुस भैरहेको छैन् । आखिर किन मलाई गर्व महशुस भैरहेको छैन् ? भने प्रश्नको कयौ दृष्टान्त तथा नजिरको आपविती प्रमाणको रुपमा मसँग छ । किन मेरो राष्ट्रियता प्रिय मित्रलाई मन परेन ? किन मेरो भाषा प्रिय मित्रलाई मन परेन ? किन मेरो पहिरण प्रिय मित्रलाई मन परेन ? के नेपाल राष्ट्र भैसकेको हो ? के नेपाली राष्ट्रियता सवै देशवासीको राष्ट्रियता भैसकेको हो ? मधेशी मेरो राष्ट्रियता हो भने पछि एक जना सहकर्मि मित्रलाई किन आश्यर्चय लाग्छ ? वहाँको नेपाली राष्ट्रियता हामीलाई आश्चर्य न लाग्ने तर मेरो मधेशि राष्ट्रियता वहाँलाई आश्चर्य लाग्ने ? किन होला ? कसले देला यसको सहि उत्तर ? यस्तो मनोविज्ञान निर्माणको जवाफदेहिता कसले लिने ? के साच्चै हामी एक छौँ ? अदि छैनौ भने कसको के दोस ? यस्तै खालको प्रश्नले सोच्न बाध्य बनाएको छ । सोँच्दै छु । गुन्दै छु । आपविति बढ्द्रै छ र यी सवले मलाई झन परिपक्व बनाउदै छ ।

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।