Posts

Showing posts from March, 2015

Arundhati Roy: Race, Caste - Ambedkar v. Gandhi

https://www.youtube.com/watch?v=ZBJ6oBENENo&sns=fb

गरिबीको सन्दर्भमा सिप र चेतना

Image
गरिब र गरिबीको बहसमा प्रायः सुनिन्छ कि गरिबको सिप र चेतनाको विकास नभएको कारण उनीहरु गरिब हुन बाध्य छन् । यो प्रश्नले मलाई जहिले पनि सताउने गर्छ । मुलधारका विचारक वा बुद्धिजीविको अनुसार सिप र चेतना भनेको के हो ? किसानलाई खेत कहिले जोत्ने, विऊ कहिले पार्ने, हलो कसरी जोत्ने भन्ने सिप र चेतना छ र पनि गरिब छन् । दलितले खुट्टा अनुसारको जुत्ता बनाउछन् र पनि गरिब छन् ? शरिरलाई मिल्ने गरि लुगा सिइन्छ र पनि गरिब छन् ? आवश्यकता अनुसारको हसिया, बञ्चरो, कोदालो, खुर्पी बनाउछन र पनि गरिब छन् । यसवाट के प्रष्ट हुन्छ भने गरिबले बुझने सिप र चेतना..........विकासे कार्यकर्ता, नीति निर्माता, विज्ञ आदिले बुझने सिप र चेतनाको बिचमा फरक छन् । गरिबीको परिभाषा कसले गर्ने ? विज्ञले गर्ने कि गरिबले गर्ने ? नीति निर्माताले गर्ने कि गरिबले गर्ने ? विकासे कार्यकर्ताले गर्ने कि गरिबले गर्ने ? गरिबी भनेको के हो भने प्रश्न कसको हो ? कसको प्रश्न कसको उत्तर ? नीति निर्माता, विज्ञ, विकासे कार्यकर्ताको प्रश्न हो भने उत्तर पनि उसैको हुनु पर्छ । तर गरिबीको परिभाषा गर्ने अधिकार केवल गरिबलाई हुनु पर्छ । उनीहरुले आफनो आवश्यकता

दास र बधुवा मजदुरीको बुझाइ

Image
समयको लम्बाईको हिसावले आजको समाज वा संसारलाई एकाइसौँ सताब्दि वा आधुनिक समाज भन्न सकिन्छ । मानव समाजको एउटा कालखण्डलाई दास यूग भन्ने गरिन्छ । मतलव दास यूग इतिहास भैसकेको आम मान्यता छ । तर, राम्रो हुन्थ्यो यदि सत्य त्यसतो भैदिएको भए । आज पनि समाजमा दास मानसिकता, व्यवहार, समाजिक तथा आर्थिक क्रियाकलाप, मनोविज्ञानमा दासत्व प्रवृति स्पष्ट रुपमा देखिन्छ । वाल श्रम, बैदेशिक रोजगार (खास गरि गल्फ देशहरुमा) को सिलशिलामा ६०% देखि १२०% चर्को ब्याजमा विभिन्न प्रलोभनमा बधुवा मजदुरको रुपमा बाहिरीनु, आफनै मान्छे र दलालवाट यौन क्रियाकलाममा मजबुर हुनु, महिला वेचविखन हुनु ...आदि आधुनिक दास र बधुवा मजदुरीका सवाल यथावत छ । तर कहिले काही हामी यसलाई केवल वैदेशिक रोजगार वा समान्य माईग्रेसन कार्यको रुपमा मात्र ब्याख्या विश्लेसन गर्ने गर्छौ जुन विलकुल असत्य कुरा हो । राज्य, विचौलिया, ग्रामिण मनी लेन्डर, एजेन्ट आदिले सचेत रुपमा वैदेशिक रोजगारको नाममा मानव तस्करी गरिरहेका छन् । यो मानव अधिकारको सवाल हो ।

महिलाको मुदा पितृसत्ता भन्दा ठूलाे छ ।

Image
पितृसत्तावादी सामाजिक सोँच समाजमा स्थापित मूल्य मान्यतावाट निर्माण हुन्छ । समाजिक सोँच निर्माणमा biology को कुनै हात हुदैन् । जब यो सोँचमा महिला र पुरुष विचमा अन्तरविरोध हुन्छ तब यसलाई पितृसत्तावादी सोँच भनिन्छ । आज धेरै पुरुषहरुमा महिलावादी दृष्टीकोणको विकास भएको र भैरहेको अवस्था छ जुन ज्यादै राम्रो कुरा हो । तर एक महिला अर्को महिलालाई कमतर ठान्ने, एक महिलाले अर्को महिलालाई छुवाछुत गर्ने, एक महिलाले अर्को महिलालाई रँगभेद गर्ने, एक महिलाले अर्को महिलाको समस्या प्रति समानुभुतिको सट्टा सहानुभुति गर्ने, दाया माया गर्ने......तब यस्ता खालको प्रवृति केवल पितृसत्तात्मक सोँचमा मात्र सिमित रहदैन । यस्ता खालको दृष्टिकोण र विचार प्रवृति डरलाग्दो हिसावले अगाडी आईरहेका छन् । यस्ता कुरा सुन्दा चिन्तित हुन्छु । समाधानको उपाय खोज्छु । तर समाधान कम चुनौतिपूर्ण रहेनछ...सचेत प्रयास जारी छ ।
Image
National Fellow's Conference 2015 12-13 March, 2015 ---------------------------------------------------------------------

Fellow's Feedback to Raj Rajak

Image
राज किशोर रजक राष्टिय फलोज सम्मेलन २०१५ का सहभागीहरुले राज किशोर रजकको बारेमा गरेको व्यक्तिगत मुल्यांकन १. राज किशोर रजकका राम्रा पक्षहरु  प्रशिक्षण सरल भाषा र मनोरञ्जनात्मक शैली राम्रो लाग्यो । भाषा शैली, व्यख्या विश्लेसण, अनुशासित, मर्यादित, कर्तब्यनिष्ठ व्यक्ति हुनुहुन्छ । सहभागिहरुलाई बुझाउने शैली सरल र सजिलो बनाएर सिकाउने भयो । नबुझेका कुराहरु दोहोराएर सरल भाषामा बुझाउनु हुन्छ । साथी जस्तो ब्यवहार गर्ने, नजानेका साथिहरुलाई पनि एक्दमै अगाडी बढाउन मदत गर्ने । सही कुरालाई आडान राख्ने बानी राम्रो छ । आफूले दिने बिषयवस्तु एकदमै प्रष्ट पार्नु हुन्छ ।  सही भए सही र गलत भ एगलत भनेर छुट्याउने वानी राम्रो छ ।  कुरा बुझाउनको लागि simple तरिकाले तर्क गर्नुहुन्छ यो राम्रो बानी हो । तर्क सहित बुझाउने र प्रश्न गर्न सक्ने । क्रान्तिकारी स्पष्ट वक्ता, असल नेतृत्वकर्ता, कानुन सम्बन्धि जानकार, पिडितहररुको पक्षमा आडान लिएर अगाडी बढ्ने, दृढ संकल्पी, समय परस्थीति अनुसार व्यवहार । तर्क गर्न सक्ने क्षमता भएको व्यक्ति । प्रश्न माथि प्रश्न गरेर प्रष्ट पार्ने शैली राम्रो थियो । हसिलो