Posts

Showing posts from June, 2014

छुवाछूत उत्पत्तिको मूल आधार के हो ?

Image
राजकिशोर रजक फरक बिचार प्रख्यात समाजशास्त्री एवं प्रशिद्ध लेखक स्टैनली राईसको अनुुसार अस्पृश्यता दुई विचारबाट उत्पन्न हुन्छ एउटा नश्ल र अर्को पेशा । यी दुवै कुरामाथि छुट्टाछुट्टै विचार गर्दा समाजशास्त्रि राईसका अनुसार अछूतहरु अनार्य (गैर आर्य) तथा अद्रविड हुन र वहाँहरु द्रविडद्धारा पराजित गरिएका हुन् । राईसको भनाई अनुसार भारतमाथि दुई आक्रमण भएका थिए । पहिलो आक्रमण द्रविडले गरेका थिए जसले वर्तमान अछूतको पूर्वजमाथि बिजय प्राप्त गरेका थिए र अर्को आक्रमण आर्यवाट भएको थियो । जसले द्रविडलाई जितेका थिए । भारतका चर्चित विद्धान डा.भीमराव अम्बेडरले आफ्नो पुस्तक “शुद्र हू दे आर एण्ड हाउ दे केम टु बि दि फोर्थ बर्ण अफ इंडो आर्यन सोसाइटी” माथी उल्लेखित बिचार अबैज्ञानिक र अपरिपक्व छन् र यसले कुनै समाधान दिन सकेको छैन् । प्राचीन इतिहासलाई अध्ययन गर्दा चार प्रकारका नाम फेला पर्छन्– आर्य, द्रविड, दास र नाग । यी चार नाम अलग अलग प्रजाति हो वा एउटै प्रजातिका चार नाम हुन ? तर लेखक राईसका अनुसार यी चार नाम भिन्न नश्लका हुन् । यो तथ्यलाई स्वीकार्नु भन्दा पहिला तथ्य पत्ता लगाउन परीक्षण गर्न जरुरी देखिन्छ

हिन्दु समाजमा शुद्धता सम्बन्धि विचार

Image
राजकिशोर रजक फरक बिचार हिन्दु समाजमा जात व्यवस्था उत्पतिको मानवशास्त्रीय अध्ययन अनुसन्धान भएको जस्तो लाग्दैन्, यदि भएको हो भने त्यो कहाँ छ ? र के के जानकारी प्राप्त गरेका छन् ? तर विचारणीय कुरा के छ भन्ने हामीले यसको खोजि किन गरेनौं ? पुरानो रुढीवादी हिन्दु वा पण्डित पुरोहितहरुले यसको खोजीको कल्पना पनि गर्न सक्दैनन् । किनकी वहाँहरु जातीय ब्यवस्था, शुद्ध–अशुद्ध, छुवाछुत तथा उच–नीच आदिलाई स्वभाविक मान्दै आएको अवस्था छ । यस प्रति वहाँहरुको कुनै पछुतो पनि छैन् । तर आजका हिन्दु यूवा पुस्ताले ऐतिहासिक गल्तिलाई स्वीकारे पनि सार्वजनिक रुपमा यस विषयमाथि खुलेर छलफल गर्न तयार भएको देखिदैन् । उनीहरुलाई डर छ कि अरु वाहिरी संसारमा हिन्दु सभ्यता भित्रको अमानुषीकरण, निन्दनीय र बिषैली समाजिक ब्यवस्थाको पोल न खुलोस् । प्रश्न आज पनि उत्तिकै महत्वपूर्ण छ कि ईतिहासको विद्यार्थीले के गर्ने ? उनीहरु हातमा हात मात्रै राखेर कहिले सम्म पर्खी बस्ने ? पंक्तिकारको विचारमा यस्तो अवस्थामा ऐतिहासिक जिम्मेवारी पुरा गर्नको लागि उनीहरुले आफ्नो कल्पना शक्ति र अंतःदृष्टिवाट काम लिनु पर्छ । प्राचीन कालमा मानवले