Posts

Showing posts from January, 2018

दलितहरू हिन्दू समाजका अङ्ग हुन् र ?

Image
गाईको मासु खाएकै कारण अछूत हुने भए ब्राह्मणहरु कसरी छूत भए ? राजकिशोर रजक हिन्दू समाजमा छुवाछूतको उत्पति सन्दर्भमा ठोस आधार आम जनसमुदायको स्तरमा छलफल भएको जस्तो लाग्दैन । हिन्दू आफैमा एउटा मिथक मात्र हो । हिन्दू नाम पनि एउटा विदेशीहरूले राखेको नाम हो । यो नाम मुसलमान समुदायले सवर्णलाई आपूmभन्दा अलग राख्ने क्रममा दिएको नाम हो । अरबका मुसलमानहरूले भारतवर्षमा आक्रमण गर्नुभन्दा पहिले लेखिएका कुनै पनि संस्कृत ग्रन्थमा हिन्दू शब्द उल्लेख भएको पाइँदैन । हिन्दू समाज नामको कुनै चिज छँदै छैन । किनभने हिन्दू समाज विभिन्न जातिहरूको समूह हो । सोपानक्रममा आधारित जातितन्त्रलाई नै सवर्णहरूले हिन्दू धर्मको नाम दिएका छन् । छुवाछूत र अस्पृश्यताको कारण दलितहरू हिन्दू धर्मभित्र भए पनि हिन्दू समाजभन्दा बाहिर छन् । दलितहरू हिन्दू समाज व्यवस्थाका अङ्ग होइनन् । यसको मूल कारण अस्पृश्यता वा छुवाछूत नै हो । यसको उत्पतिको सन्दर्भमा खासै अनुसन्धान भएको जस्तो लाग्दैन । अस्पृश्यताको उत्पत्ति  प्रख्यात समाजशास्त्री एवं प्रसिद्ध लेखक स्ट्यानली राइसका अनुुसार अस्पृश्यता दुई विचारबाट उत्पन्न हुन्छ ः एउटा नस्ल