Posts

Showing posts from July, 2017

जात केवल जैबीक दुर्घटना हो

राजकिशोर रजक फरक बिचार हिन्दु समाज एकैचोटि १६औँ र २१औँ सताब्दिमा बाँचिरहेका छन् । यी दुबै विचार, मुल्यमान्यता, सोचलाई सँगसँगै लिएर हिडिरहेका छन् । एका तिर १६औँ सताब्दिको जातब्यवस्था, परम्परालाई संरक्षण गर्नमा गौरव अनुभव गरिरहेका छन् भने अर्को तीर आधुनिकताको पनि दलिल गर्दैछन् । जातब्यवस्थालाई हिन्दु समाजमा रोटि बेटिको सम्बन्धको रुपमा ब्याख्या गरिन्छ । रोटि भनेको खानपित, अलगापन (सेगरिगेसन), छुट्टै छिमेक, छुट्टै बासस्थान आदिलाई बुझाउछन् । यसलाई कायम गर्नकोलागि छुवाछुत एक सजाय (पनिसमेन्ट) को रुपमा समाजमा स्थापित छन् । बेटि भनेको रक्त सम्बन्ध हो । यसलाई कायम राख्नकोलागि सजातिय विवाहको प्रमुख भुमिका छ । आज पनि अन्तरजातिय विवाह किन स्वीकार्य छैन भने यसले स्थापित जात ब्यवस्थालाई भत्काउछन्  । जात ब्यवस्था कायम गर्नमा यी दुई विचार व्यवहार त सफल भएका छन् । जात ब्यवस्थाले जात मात्र पाल्दैन्, यसले विसमता पनि पाल्छ, उच निच भावना पनि पाल्छ । जब समाजका कुनै एक समुदायलाई सम्पूर्ण रुपमा अलग गर्छन् तब उनीहरुको आत्मसम्मान, मर्यादा सकनाचुर हुन्छ र आज पनि दक्षिण एसिमा करौडौ मान्छे यस्तो जीवन जीउन बाध्य

छुवाछूत उत्पत्तिको मूल आधार के हो ?

Image
राजकिशोर रजक फरक बिचार प्रख्यात समाजशास्त्री एवं प्रशिद्ध लेखक स्टैनली राईसको अनुुसार अस्पृश्यता दुई विचारबाट उत्पन्न हुन्छ एउटा नश्ल र अर्को पेशा । यी दुवै कुरामाथि छुट्टाछुट्टै विचार गर्दा समाजशास्त्रि राईसका अनुसार अछूतहरु अनार्य (गैर आर्य) तथा अद्रविड हुन र वहाँहरु द्रविडद्धारा पराजित गरिएका हुन् । राईसको भनाई अनुसार भारतमाथि दुई आक्रमण भएका थिए । पहिलो आक्रमण द्रविडले गरेका थिए जसले वर्तमान अछूतको पूर्वजमाथि बिजय प्राप्त गरेका थिए र अर्को आक्रमण आर्यवाट भएको थियो । जसले द्रविडलाई जितेका थिए । भारतका चर्चित विद्धान डा.भीमराव अम्बेडरले आफ्नो पुस्तक “शुद्र हू दे आर एण्ड हाउ दे केम टु बि दि फोर्थ बर्ण अफ इंडो आर्यन सोसाइटी” माथी उल्लेखित बिचार अबैज्ञानिक र अपरिपक्व छन् र यसले कुनै समाधान दिन सकेको छैन् । प्राचीन इतिहासलाई अध्ययन गर्दा चार प्रकारका नाम फेला पर्छन्– आर्य, द्रविड, दास र नाग । यी चार नाम अलग अलग प्रजाति हो वा एउटै प्रजातिका चार नाम हुन ? तर लेखक राईसका अनुसार यी चार नाम भिन्न नश्लका हुन् । यो तथ्यलाई स्वीकार्नु भन्दा पहिला तथ्य पत्ता लगाउन परीक्षण गर्न जरुरी देखिन्छ ।

स्थानीय निर्वाचन र सिमान्तको राजनीतिक प्रतिनिधित्व

Image
राजकिशोर रजक स्थानिय तहमा दुई चरणको निर्वाचन भएको छ । मत परिणाम आईरहेको छ । मत परिणाम परम्परागत नै देखिन्छ । तेस्रो चरणको निर्वाचनको मिति असोज २ गते तय भएको छ । मधेशको माग संविधान संसोधनवाट सम्बोधन नगरे सम्म शान्तिपूर्ण, स्वतन्त्र र भयरहित निर्वाचन हुने कुरामा शंका नै छ । मधेश नेपाली राजनीतिको केन्द्रमा भए पनि राज्यको सम्पूर्ण संसाधनमा पहुँच पाएका छैन् । सिमान्तहरुको राजनीतिक अधिकारको पैरवी मुलधारको दल राजनीतिवाट गर्न विवस छन् । मुलधारका राजनीति मुलतः हिन्दु पर्वते पुरुषको नियन्त्रणमा छ । महिला, दलित, मधेशि, सिमान्तहरुको प्रतिनिधित्व मुलधारका राजनीतिक दलले किन गर्न सक्दैन् ? निर्वाचन लोकतन्त्रको अनिवार्य सर्त हो । जनताले आफ्नो प्रतिनिधि आवधिक रुपमा निर्वाचन मार्फत छनौट गर्छन् । जनता, राजनीतिक दल, जनप्रतिनिधि र सरकारि अधिकारि लोकतान्त्रिक शासनका प्रमुख सरोकारवाला हुन् । यी सरोकारवालाको विचमा लोकतान्त्रिक जवाफदेहिताको सम्बन्ध कायम हुन्छ । अधिकार र कर्तब्यको परिभाषा स्पष्ट गरिएका हुन्छन् । संसद जसलाई लोकतन्त्रको मंदिर पनि भन्छ त्यहाँ समानता र न्यायको मात्र कुरा हुँदैन् सिमान्त

दलितों पिछड़ों को अपना दीपक स्वयंम बनना है

संजय जोठे धर्म, इश्वर और आलौकिक की गुलामी एक लाइलाज बिमारी है. भारत में इसे ठीक से देखा जा सकता है. कर्मकांडी, पाखंडी और अपनी सत्ता को बनाये रखने वाले लोग ऐसी गुलामी करते हैं ये, बात हम सभी जानते हैं. लेकिन एक और मज़ेदार चीज़ है तथाकथित मुक्तिकामी और क्रांतिकारी भी यही काम करते हैं. इस विषचक्र से आज़ाद होना बड़ा कठिन है. इश्वर आत्मा और पुनर्जन्म के नाम पर देश का शोषण करने वाले लोग अपने प्राचीन धर्म, शास्त्र, परम्परा में दिव्यता का प्रक्षेपण करते हैं. खो गये इतिहास में महानता का आरोपण करते हुए कहते हैं कि उस अतीत में देश सुखी था, सब तरफ अमन चैन था लोग प्रसन्न थे, ज्ञान विज्ञान था इत्यादि इत्यादि. इसके विपरीत खड़े तबके भी हैं, वे क्रांति की बात करते हैं वे मुक्तिकामी हैं. वे इस इतिहास को या ठीक से कहें तो इस अतीत को नकारते हुए कहते हैं कि उस समय शोषण था, भारी भेदभाव था और अमानवीय जीवन था. इस बात को कहने वाले एकदम सही हैं. हकीकत में अतीत में भारी शोषण था, जितना आज है उससे कहीं अधिक था. इतनी दूर तक बात ठीक है लेकिन इसके बाद एक और खेल शुरू होता है जब मुक्तिकामी भी शोषकों की तरह अपने अत

बुद्धि, अस्पृश्यता र सामाजिक न्याय

Image
राजकिशोर रजक सामाजिक न्यायको विषय आज पनि मानव अधिकारको विषय हुन सकेको छैन । छुवाछुत जन्य अमानवीय व्यवहार, महिला हिँसा, उँचनीचको भावना, रङ्गभेद, दाइजो प्रथा, अस्पृश्यता आदि आधारभुत मानव अधिकार हननका घटनाहरुले बेला बेलामा समाजलाई प्रभावित गरी नै रहेका छन् । सामाजिक आदर्शवादले समाजमा न्याय र समानता कायम गर्न दुई मुख्य विचार माथि भरोसा गर्छ — एउटा बुद्धि र अर्को धर्म । बुद्धि मुलतः ऐतिहासिक भौतिकवादी शक्तिसँग जोडिएको हुन्छ भने धर्म अध्यात्मिक शक्तिसँग जोडिन्छ । धर्मपरायण समाजमा निर्धन यो आशमा बाँचेका हुन्छन् कि अध्यात्मिक शक्तिले सामाजिक न्याय प्रदान गरोस् । धर्मनिरपेक्ष समाजमा एतिहासिक भौतिकवादी शक्ति पुजिवादी शत्तिलाई बलपुर्वक हटाएर सर्वहाराको सर्वोच्चता कायम गर्ने कुरा गर्छ । यी दुई विचारमा संसार आज पनि ध्रुवीकृत छन् । हिन्दु समाज–ब्यवस्थामा सामाजिक न्यायको सन्दर्भमा यी विचार असफल सावित भएका छन् । हिन्दु समाज–ब्यवस्थाको मुल मनोविज्ञानलाई न त अध्यात्मिक शक्ति न त एतिहासिक शक्तिले सहि रुपमा पक्रन सकेका छन् । यसले के विश्वास गर्छन् भने शिक्षाको समान्य प्रचार प्रसारबाट हिन्दुहरुले आ

जातिप्रथाः संरचना र रहस्य

Image
हिन्दु समाज आदिम र आधुनिक विचारको अन्तरविरोधमा फसेका छन् । हिन्दु समाज एक साथ १६औँ शताब्दि र २२औँ शताब्दिमा बाँचिरहेका छन् । आदिम सोँच अनुसार परम्परा, जातपात, सजातिय विवाह, धर्म संस्कार, उच नीचको भावना र व्यवहारलाई संरक्षण गर्नुलाई कर्तब्य ठान्छन् । परम्परालाई बचाएर राख्नु पर्छ । परम्परा नै पहिचान हो । आधुनिक काल भन्छ परम्परालाई समयक्रमसँगै रुपान्तरण गर्नु पर्छ । जातपातको बंधनवाट मूक्त हुनु पर्छ । प्रेमको आधारमा विवाह संस्कार हुनु पर्छ । अन्धविश्वासवाट मुक्त भई विज्ञान, प्रविधिमा विश्वास गर्नु पर्छ । समता भावको विकास हुनु पर्छ । यसो गहिरिएर हेर्दा वैचारिक रुपमा आदिम र आधुनिककाल विचमा निरन्तर संघर्ष भैरहेका छन् । जातिप्रथा जटिल र रहस्यमय विषय हो । यस विषयमा आवश्यक चर्चा हुन पाएको छैन् । समाजमा जातिप्रथाको विषयमा ज्ञान र जानकारिको कमि छ । यो विषय त्यति जटिल पनि होईन जसलाई अध्ययन गर्न सकिदैन् । जातिप्रथाको समस्या सैद्धान्तिक र व्यवहारिक दुवै छन् । जति व्यवहारिक रुपमा अल्झेको छ, त्यति नै सैद्धान्तिक पक्ष पनि इन्द्रजाल जस्तै बेरिएको छ । जातिप्रथालाई स्थानिय समस्या भने पनि हिन्दु पृथ्वी