Posts

नयाँ लिडरको सिकाई

कुनै सँस्थामा वाहिरवाट नयाँ लिडर आउदा के हुन्छ ? किन कोहि सफल हुन्छ त कोहि असफल ? यी सव कुरा नयाँ लिडरको रवैया वा व्यवहारमा निर्भर गर्दछ । यस विषयमा संसारमा धेरै खोज र सोध भएको पनि छ । कुनै पनि सँस्थामा नयाँ लिडरको लागि पहिलो १०० दिन महत्वपूर्ण हुन्छ । सधारणतः केहि एक्सनहरु, टिम सँगको प्रारम्भिक कुराकानि र घुलमिल, शुरुवातको प्रभाव, शुरुको दिनमा लिडर र टिमको विचमा समान्य सम्बन्ध आदि कुरावाट सफलता र असफलताको आँकलन गर्न सकिन्छ । यस्तो अवस्थामा नयाँ लिडरको काम, ब्यवहार कस्तो हुनुपर्छ ? ७५५ ईस्वीमा जरथुस्ट्रि समुदायको भारत आउने पहिले जथ्थाको नेता दस्तुर नेरयोसैं धवलवाट सिकाई हासिल गर्न सकिन्छ । यो भारतको गुजराज राज्यको संजन नामको सानो शहरको कुरा हो । फारसवाट भागेर आएका करिब पाँच सय पारसी परिवार भारतको समुद्रि तटमा ओर्लियो । उनीहरु जडि राणा नाम गरेको उदार हिन्दु राजाको राज्यको सानो शहर संजन पुगे । पारसीहरु गोरा, अग्ला, योद्धा जस्ता पाँच सयको सँख्यामा थियो । राजाले यतिको सँख्यामा रहेका परदेशिहरुलाई बास र खानाको ब्यवस्था गर्न संदेह प्रकट गर्नु भयो । राजाले पुरै भरेको दुधको प्याला ल्याउन भन...

तीज

Image
तीज एक साँस्कृतिक पर्वको रुपमा हिन्दु महिलाहरुले मनाई रहेका छन् । हरेक सँस्कृतिलाई हेर्ने दृष्टिकोण आ–आफ्नो हुन्छ । दृष्टिकोण आफु कुन वर्ग, समुदाय, इस्कुलिङ्ग वाट प्रशिक्षित भएका छन् त्यसमा भर पर्छ । ऐतिहासिकता सँग जोडिएका हुन्छ । तीजको पनि आफनो ऐतिहासिकता, धार्मिकता र आज एक सँस्कृतिको रुपमा विकास भएका छन् । लैङ्गिक न्यायको दृष्टिकोणवाट हेर्दा तीजले पितृसत्तात्मक मुल्य बोकेको छ । पितृसत्तात्मक मुल्यलाई बलियो बनाउनमा महिलाको पनि भुमिका र योगदान छ । त्यो योगदान यस्तै खालको साँस ्कृतिक पर्व आयोजना गरेर भैरहेको छ । सँस्कृतिलाई केवल ब्यक्तिगत स्वतन्त्रताको रुपमा बुझ्नु हुदैन् । व्यक्तिको व्यवहार वा पहिरनको मनोवैज्ञानिक असर समाजमा पर्छ । भौतिकवादी खुशि अल्पकालिन हुन्छ । आफुले लगाएको महगो सारी, गरगहना अरुले लगाएको सारी र गरगहनासँग तुलना हुँदो रहेछ । समाजमा वर्गिय सोँच र व्यहारलाई बलियो बनाउछ । विगत केहि समयदेखि तीज जुन रुपमा विकास भैरहेको छ त्यसको गहिरो मनोबैज्ञानिक असर हरेक घरमा खास गरि काम काजि परिवारमा परिरहेको छ । सुनिन्छ हामी त तीज एक क्रान्तिको रुपमा मनाई रहेका छौँ । पारवतिले महा...

सहजीवन

Image
सहजीवन । जीवन साथ साथ । मानब जीवन साथ साथ है क्या ? क्या सभी जाती का लोग एक साथ जि रहा है ? क्या अलग अलग धर्म के लोग एक साथ जि रहा है ? क्या महिला और पुरूष का जीवन सहजीवन है ? गोरे और काले, दलित और गैर दलित साथ साथ जीवन जि रहा क्या ? मानब और प्रकृति का जीवन भि सहजीवन नहि रहा । सहजीवनका प्रमुख दुश्मन मनुश्य है ।

कसले देला यसको उत्तर ?

Image
वैचारिक वहस, संवाद गर्न मन पर्छ । कामको सिलशिलामा सहकर्मि साथिहरुसँग आजको समसमायिक विषय तथा सवाल उपर वहस तथा संवाद हुनु पर्छ भने मान्यता पनि राख्छु । तर, मेरो अनुभव कस्तो रहयो भने स्वस्थ्य तथा आलोचनात्मक वहसको आधारभुत भूमि तयार भैसकेको छैन् । मान्छे आ–आफनो पूर्वाग्रहको प्रखाल बनाएका छन् । ज्याँदै संकोचित तथा संकिर्ण पनि छन् । यस्तै सन्दर्भमा राज्य, राष्ट्र, राष्ट्रियता, देशको विचमा के फरक छन् के समानता छन् भने सम्मको बुझाई र ज्ञानको खडेरी नै छ । वहस कै क्रममा एक जना प्रिय मित्र तथा सहकर्मिले आफु नेपाली राष्ट्रियतामाथि गर्व छ भन्नु भयो । त्यो वहाँको गर्वको विषय बन्नु र आफ्नो देशको अनुभुत गर्नुमा प्रश्न उठाउने कुनै कारण छैन् र स्वभाविक हो । तर, त्यही निर नेपाली राष्ट्रियतामा मैले कुनै गर्व महशुस भैरहेको छैन् । आखिर किन मलाई गर्व महशुस भैरहेको छैन् ? भने प्रश्नको कयौ दृष्टान्त तथा नजिरको आपविती प्रमाणको रुपमा मसँग छ । किन मेरो राष्ट्रियता प्रिय मित्रलाई मन परेन ? किन मेरो भाषा प्रिय मित्रलाई मन परेन ? किन मेरो पहिरण प्रिय मित्रलाई मन परेन ? के नेपाल राष्ट्र भैसकेको हो ? के नेपाली राष्ट्र...

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

Image
हरेक दिवसिय कार्यक्रमको आ–आफ्नो महत्व हुन्छ । उदेश्य हुन्छ । एतिहासिक पक्ष पनि हुन्छ । महिला दिवसको सन्दर्भमा पनि यी कुरा लागु हुन्छ । महिला आन्दोलन केवल महिलाको आन्दोलन होईन् र हुनु पनि हुदैन् । यो आन्दोलन सामानताको आन्दोलन हो । सामाजिक न्यायको आन्दोलन हो । महिला आन्दोलनले पितृसत्तात्मक सोँच वा चिन्तनलाई रुपान्तरण गर्न खोजेको हो । पितृसत्ता भनेको एक सामाजिक सोँच हो जसले पुरुषको तुलनामा महिलालाई कमतर मान्छ । कमजोर मान्छ । पुरुष भनेको मालिक हो । महिला भनेको दासि हो । यसले के भन्छ भने केटा र केटि जन्मिन्छ तर महिला र पुरुष समाजले बनाउछ । मतलव महिला वा पुरुष समाजमा निश्चित मूल्यद्धारा बनाउने चिज रहेछ । अधिकाँशतः मान्छेले पितृसत्ताको उल्टो के हो भने प्रश्न गर्दा मातृसत्ता हो भन्छ । जुन विलकुल गलत कुरा हो । अदि पितृसत्ता गलत हो भने मातृसत्ता पनि गलत हो । त्यसैले पितृसत्ताको उल्टो समानता हो । बरावरी हो । महिला आन्दोलन पुरुष विरोधि होईन् । मातृसत्ता स्थापनाको निमित होईन् । बराबरीको लागि हो । हरेक व्यक्तिको इच्छा हुन्छ घरमा शान्ति होस । समृद्धि होस् । प्रेम होस । तर, किन हुदैन शान्ति, समृद...

रोटी र बेटीमा सिमित जात ब्यवस्था

Image
हिन्दु समाज जातिवादी छन् । जातिवादी जात मात्रै पाल्दैन् उच नीचको भावना पाल्छ । शुद्ध असुद्धको भावना पाल्छ । कतिपयले यसलाई सुन्दर पक्षको रुपमा पनि ब्याख्या गर्ने गर्छन् । तर, मैले गहिरिएर घोत्लिएर हेरे, बुझे, अनुभव गरे कहिँ कतै सुन्दर पक्ष भेटाइन । सुन्दर पक्षको आधारशिला मैले मानवता, समानता, स्वतन्त्रता र न्यायलाई अपनाए । यी मानकवाट हेर्ने प्रयास गरे । त्यो सुन्दर पक्ष भेटाउन मलाई गाह«ो भयो । हिन्दु जातव्यवस्था भित्र अमानवता छ । मानवता कहि कतै पाउनु हुन्न । हरेक वर्णभित्र उच नीच, सुद्धता वा असुद्धता व्याप्त छन् । समानताको कुरा गर्दा यहाँ कोहि जन्मिदै उच्च र चोखो, कोहि जन्मिदै निच र अपवित्र जन्मिन्छन् । स्वतन्त्रता त छदै छैन् । आज पनि प्रेम गर्न जातिवादी समाजमा बर्जित छन् । प्रेमले जात भात मान्दैन् । यहाँ प्रेम अस्वीकार्य छन् तर वलत्कार स्वीकार्य छन् । न्याय जातिवादी उदग्र संरचनामा समता, न्यायको कल्पना सम्म गर्न सकिदैन् । जात ब्यवस्थाको कुरा गर्दा अशिकाँस मान्छे दलितको विषय हो भन्छन् । तर, मुख्य कुरा के हो भने जातव्यवस्था चारै वर्णमा व्याप्त छन् । कसैलाई छोडेको छैन् । यसलाई टिकाई राख...

IIED webinar: strengthening women's rights in land governance

http://www.iied.org/iied-webinar-strengthening-womens-rights-land-governance#.VpRYpQEb0Co.mailto