नेपाली शासकले मधेशीहरूलाई भिखारी र शर्णार्थी सावित गर्दै छ...

श्याम सुन्दर मण्डल
नेपाली राष्ट्रले नागरिक सर्वोच्चताको वकालत गर्दै आएको छ । जनता जनार्दन हुन, न्यायाधीश हुन, भगवान हुन भन्ने कुरा सदैव भन्दै आएका छन । तर मधेशी नागरिकको हकमा सदैव त्यसको ठीक विपरीत व्यवहार देखाउँदै आएका छन । हामीले सदैव भन्दै आएका पनि छौं, मधेशीहरूसँग नागरिकता छ तर त्यसको हैशियत नेपाली सरहदमा बसिरहेका शर्णार्थीहरू दिईएको पास सरह मात्र रहेको छ ।
मधेश अहिले बाढ़ीको महा चपेटमा पारेको छ । कतै डुबान, कतै कटान, कतै मृत्यू, कतै विनास अर्थात जताततै संकट र पीड़ा देखिएको छ । वर्षा प्राकृतिक भएपनि नेपाली साम्राज्यमा बाढ़ी अधिकांशतः कृतृम हुन । नेपाली सरकारले जिविस लगायत अन्य कार्यालयहरू मार्फत चूरेको दोहन गरिरहेको छ । अरबौंका काठपात र खरबौंका बालूवा गिट्टी बिक्री गरी कमाई गरिरहेको छ । आम मधेशीजनमा यस कमाईबाट हुने लाभ र नोक्सानीका सम्बन्धमा चेतना छैन । रोड़ा तथा बालू-गिट्टीको अनियमित उत्खनन र बेपारबाट नदी, खोला र नालाहरूका नियमित बहाव (Natural Regime) बिग्रेको कसैलाई ज्ञान छैन । जंगल विनासले पर्यावरणमा पारिरहेको नकारात्मक प्रभाव तथा यसबाट उत्पादन हुने गम्भीर असरहरूका बारेमा सीधासापट मधेशीहरूमा आंकलन छैन । यसैका सीधा फायदा नेपाली शासकहरूले लुटिरहेका छन । मधेशका गाउँ, नगर र बस्तीहरूमा जानी जानी बाढ़ी, कटान र मृत्यूहरू उपहार दिईरहेका छन ।
"मुर्खहरूलाई दुई रूपैया देउ, तिनीहरूका लाखौं लेउ" । शासकहरूले मधेशी माथि यही व्यवहार देखाउँदै आएका छन । अरबौं खरबौंका काठ, रोड़ा, बालू-गिट्टी बेचि कमाई गर्ने तर त्यसले उपहार दिएको बाढ़ी कटानबाट पीड़ीत मधेशीहरूलाई 'राहत'का नाममा ५/१० हजार रूपैया बाँटेर मुखमा पट्टी लगाउने गरेका छन, त्योपनि भीखारी र शरणार्थी स्टाईलमा ।
आज बाढ़ीपीड़ितका नाममा मधेशका सरकारी स्थलहरू (प्रहरी चौकी, स-शस्त्र कैंप आदि)मा मधेशीहरूको भींड जम्मा गरेर शर्णार्थी र भिखारीहरूलाई 'सीधा'/'भीख' बाँटिरहेका छन । वितरण स्थलमा देखिएका परिदृश्यहरूले मधेशीहरूलाई भीखारी साबित गरिरहेका हुन्छन । मधेशीहरू नागरिक होईन शर्णार्थीहरू हुन, प्रमाणित गरिरहेका हुन्छन । यो कुनै अञ्जानले सिर्जित परिदृश्यहरू होईन बल्कि नेपाली साम्राज्यका प्रायोजित परिदृश्यहरू हुन । यो हाम्रो आरोप होईन सतप्रतिश पुष्टि हो ।
दुनियाँमा जाने प्राकृतिक विपत्तिहरूमा 'बाढ़ी र भुकम्प' दुई प्रमुख हुन । तर भुकम्प अनियमित (Periodic) हुन्छ भने बाढ़ी नियमित (Routine) हुने गर्दछ । अर्थात, विनाशकारी (Catastrophic) भुकम्प कैयन वर्षमा आउँछ भने बाढ़ी (Flood) वर्षेणी आउने गर्दछ । भुकम्पले पहाड़-हिमालमा क्षति गर्दछ भने बाढ़ी कटानले मधेशमा अधिकांश क्षति पुर्याउने गर्दछन । तर नेपाली सरकारले भुकम्प पीड़ीतहरूका लागि "राष्ट्रीय पुनःनिर्माण प्राधिकरण" गठन गरेर अरबौं खर्च गरिरहेको छ । १०००+ ईञ्जिनियर, ५००+ ओभरसियर खटाएका छन । हाम्रा नेपाली पीड़ीतहरू भिखारी जस्तो नदेखिउन, मधेशीहरूका जस्तै नेपालीहरू पनि दुनियाँका लागि शर्णार्थीहरू जस्तै पहिचान नहोउन, नेपाली प्रतिष्ठा सदैव बनि रहुन भने मानसिकता नै प्राधिकरण गठनमा देखिन्छ । तर बाढ़ी पीड़ीत मधेशीहरूका लागि ५/१०किलो चामल, २/४ किलो दाल, तेल, नून, साबुन लिएर ठाउँ ठाउँमा कैम्प लगाउने, राहत लिन आईज घरहरूमा संदेश पठाउने, घर-घरबाट मधेशीहरू भाँडा वर्तन, झोरा, बोरा लिएर राहत लिन दौड़िरहेको दृश्य तान्ने, वितरण स्थलमा गालीगलौज, तछाड़ मछाड़, भागदौड़, राहत लिन भीख मागिरहेको जस्ता दृश्यहरू कैद गर्ने र नेपाली शहरहरूमा दृश्यावलोकन गर्ने गराउने नेपाली हर्कतको वास्तविकता बिलकुल प्रायोजित हुन । मधेशीहरू नागरिक होईनन, भीखारी र शर्णार्थीहरू हुन भन्ने कुरा दुनियाँलाई परिचित गराउने नेपाली खेल हुन ।
यदि त्यो होईन भने भुकम्प पीड़ीतहरूका लागि राष्ट्रीय पुनःनिर्माण प्राधिकरण गठन गरेजस्तै बाढ़ी पीड़ीत मधेशीहरूका लागि पनि त्यस्तै निकाय किन गठन गरिएन ? क्षति भएका घर, टहरा, खेत, नहर, बजार, गाउँ, टोल निर्माण गर्न उचित व्यवस्था किन गरिएन ? न्यायोचित र प्रतिष्ठा पूर्वक राहत वितरण गर्न नेपाली बैंकहरूमा पीड़ीत अकाउण्ट किन खोलिएनन् ?
स्पष्ट छ : मधेशीहरू नेपाली जनता होईनन्, नागरिक होईनन्, जनार्दन होईन, न्यायाधीश होईनन् । मधेशीहरू नेपाली साम्राज्यमा केवल भिखारी र शर्णार्थीहरू हुन । औपनिवेशिक नेपाली शासनका गुलामहरू हुन । यहि कुरा जताउन, नेपालीहरूलाई बताउन र दुनियाँमा यी परिदृश्यहरू देखाउनका निम्ति मात्र मधेशका बिभिन्न स्थलहरूमा अव्यवस्थित "राहत वितरण केन्द्र हरू" बनाईएका छन । यस बाहेक अरू कुरा निराधार हुन बिलकुल बहानाहरू हुन ।
जय मधेश!

लेखकको स्वतन्त्र विचार 

Comments

Popular posts from this blog

Dr Ambedkar’s Speech at World Fellowship of Buddhists, Nepal

बुद्ध ने घर क्यों छोड़ा? ब्राह्मणवादीओ का जूठा प्रचार

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र