नेपाली शासकले मधेशीहरूलाई भिखारी र शर्णार्थी सावित गर्दै छ...

श्याम सुन्दर मण्डल
नेपाली राष्ट्रले नागरिक सर्वोच्चताको वकालत गर्दै आएको छ । जनता जनार्दन हुन, न्यायाधीश हुन, भगवान हुन भन्ने कुरा सदैव भन्दै आएका छन । तर मधेशी नागरिकको हकमा सदैव त्यसको ठीक विपरीत व्यवहार देखाउँदै आएका छन । हामीले सदैव भन्दै आएका पनि छौं, मधेशीहरूसँग नागरिकता छ तर त्यसको हैशियत नेपाली सरहदमा बसिरहेका शर्णार्थीहरू दिईएको पास सरह मात्र रहेको छ ।
मधेश अहिले बाढ़ीको महा चपेटमा पारेको छ । कतै डुबान, कतै कटान, कतै मृत्यू, कतै विनास अर्थात जताततै संकट र पीड़ा देखिएको छ । वर्षा प्राकृतिक भएपनि नेपाली साम्राज्यमा बाढ़ी अधिकांशतः कृतृम हुन । नेपाली सरकारले जिविस लगायत अन्य कार्यालयहरू मार्फत चूरेको दोहन गरिरहेको छ । अरबौंका काठपात र खरबौंका बालूवा गिट्टी बिक्री गरी कमाई गरिरहेको छ । आम मधेशीजनमा यस कमाईबाट हुने लाभ र नोक्सानीका सम्बन्धमा चेतना छैन । रोड़ा तथा बालू-गिट्टीको अनियमित उत्खनन र बेपारबाट नदी, खोला र नालाहरूका नियमित बहाव (Natural Regime) बिग्रेको कसैलाई ज्ञान छैन । जंगल विनासले पर्यावरणमा पारिरहेको नकारात्मक प्रभाव तथा यसबाट उत्पादन हुने गम्भीर असरहरूका बारेमा सीधासापट मधेशीहरूमा आंकलन छैन । यसैका सीधा फायदा नेपाली शासकहरूले लुटिरहेका छन । मधेशका गाउँ, नगर र बस्तीहरूमा जानी जानी बाढ़ी, कटान र मृत्यूहरू उपहार दिईरहेका छन ।
"मुर्खहरूलाई दुई रूपैया देउ, तिनीहरूका लाखौं लेउ" । शासकहरूले मधेशी माथि यही व्यवहार देखाउँदै आएका छन । अरबौं खरबौंका काठ, रोड़ा, बालू-गिट्टी बेचि कमाई गर्ने तर त्यसले उपहार दिएको बाढ़ी कटानबाट पीड़ीत मधेशीहरूलाई 'राहत'का नाममा ५/१० हजार रूपैया बाँटेर मुखमा पट्टी लगाउने गरेका छन, त्योपनि भीखारी र शरणार्थी स्टाईलमा ।
आज बाढ़ीपीड़ितका नाममा मधेशका सरकारी स्थलहरू (प्रहरी चौकी, स-शस्त्र कैंप आदि)मा मधेशीहरूको भींड जम्मा गरेर शर्णार्थी र भिखारीहरूलाई 'सीधा'/'भीख' बाँटिरहेका छन । वितरण स्थलमा देखिएका परिदृश्यहरूले मधेशीहरूलाई भीखारी साबित गरिरहेका हुन्छन । मधेशीहरू नागरिक होईन शर्णार्थीहरू हुन, प्रमाणित गरिरहेका हुन्छन । यो कुनै अञ्जानले सिर्जित परिदृश्यहरू होईन बल्कि नेपाली साम्राज्यका प्रायोजित परिदृश्यहरू हुन । यो हाम्रो आरोप होईन सतप्रतिश पुष्टि हो ।
दुनियाँमा जाने प्राकृतिक विपत्तिहरूमा 'बाढ़ी र भुकम्प' दुई प्रमुख हुन । तर भुकम्प अनियमित (Periodic) हुन्छ भने बाढ़ी नियमित (Routine) हुने गर्दछ । अर्थात, विनाशकारी (Catastrophic) भुकम्प कैयन वर्षमा आउँछ भने बाढ़ी (Flood) वर्षेणी आउने गर्दछ । भुकम्पले पहाड़-हिमालमा क्षति गर्दछ भने बाढ़ी कटानले मधेशमा अधिकांश क्षति पुर्याउने गर्दछन । तर नेपाली सरकारले भुकम्प पीड़ीतहरूका लागि "राष्ट्रीय पुनःनिर्माण प्राधिकरण" गठन गरेर अरबौं खर्च गरिरहेको छ । १०००+ ईञ्जिनियर, ५००+ ओभरसियर खटाएका छन । हाम्रा नेपाली पीड़ीतहरू भिखारी जस्तो नदेखिउन, मधेशीहरूका जस्तै नेपालीहरू पनि दुनियाँका लागि शर्णार्थीहरू जस्तै पहिचान नहोउन, नेपाली प्रतिष्ठा सदैव बनि रहुन भने मानसिकता नै प्राधिकरण गठनमा देखिन्छ । तर बाढ़ी पीड़ीत मधेशीहरूका लागि ५/१०किलो चामल, २/४ किलो दाल, तेल, नून, साबुन लिएर ठाउँ ठाउँमा कैम्प लगाउने, राहत लिन आईज घरहरूमा संदेश पठाउने, घर-घरबाट मधेशीहरू भाँडा वर्तन, झोरा, बोरा लिएर राहत लिन दौड़िरहेको दृश्य तान्ने, वितरण स्थलमा गालीगलौज, तछाड़ मछाड़, भागदौड़, राहत लिन भीख मागिरहेको जस्ता दृश्यहरू कैद गर्ने र नेपाली शहरहरूमा दृश्यावलोकन गर्ने गराउने नेपाली हर्कतको वास्तविकता बिलकुल प्रायोजित हुन । मधेशीहरू नागरिक होईनन, भीखारी र शर्णार्थीहरू हुन भन्ने कुरा दुनियाँलाई परिचित गराउने नेपाली खेल हुन ।
यदि त्यो होईन भने भुकम्प पीड़ीतहरूका लागि राष्ट्रीय पुनःनिर्माण प्राधिकरण गठन गरेजस्तै बाढ़ी पीड़ीत मधेशीहरूका लागि पनि त्यस्तै निकाय किन गठन गरिएन ? क्षति भएका घर, टहरा, खेत, नहर, बजार, गाउँ, टोल निर्माण गर्न उचित व्यवस्था किन गरिएन ? न्यायोचित र प्रतिष्ठा पूर्वक राहत वितरण गर्न नेपाली बैंकहरूमा पीड़ीत अकाउण्ट किन खोलिएनन् ?
स्पष्ट छ : मधेशीहरू नेपाली जनता होईनन्, नागरिक होईनन्, जनार्दन होईन, न्यायाधीश होईनन् । मधेशीहरू नेपाली साम्राज्यमा केवल भिखारी र शर्णार्थीहरू हुन । औपनिवेशिक नेपाली शासनका गुलामहरू हुन । यहि कुरा जताउन, नेपालीहरूलाई बताउन र दुनियाँमा यी परिदृश्यहरू देखाउनका निम्ति मात्र मधेशका बिभिन्न स्थलहरूमा अव्यवस्थित "राहत वितरण केन्द्र हरू" बनाईएका छन । यस बाहेक अरू कुरा निराधार हुन बिलकुल बहानाहरू हुन ।
जय मधेश!

लेखकको स्वतन्त्र विचार 

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।