विकास र उन्नति

उन्नतिका सर्तहरु 
यो विषय धेरै चर्चा नभएको विषय हो । विकासको कुरा त हामी धरैले सुन्ने गरेका छौँ तर, कताकता उन्नतिका कुराचाहिँ हरायो । धरणीधर कोईरालाले राणाशासनकालमै लेखेको कवितालाई बीपी कोइराला बारबार उदृत गर्नुहुन्थ्यो । 
जाग जाग अब जाग न जाग
उन्नति विषे अब लाग
घोर निद अब ता परित्याग
भो भयो अति सुत्यौ अब जाग ।
उहाँको कवितामा भएका दुईओटा शब्द जागरण र उन्नति मेरो दिमागमा बसिरहेका छन् । तर यी शब्दहरू नेपालमा धेरै वर्षदेखि कताकता हराएका छन् । विकास शब्दले च्यापेर ल्याएको छ । न जागरणको कुरा हुन्छ, न उन्नतिका कुरा । एकथरी प्रगतिको कुरा गर्दथे तर बहसको मुल मुद्दाचाहिँ विकास नै भयो, धेरै वर्षदेखि । आजको प्रस्तुति म डक्टर हर्क गुरुङको सम्झ्नालाई समर्पण गर्न चाहन्छु । किनभने नेपालमा क्षेत्रीय विकास अथवा स्थलविकासको कुरा गर्दा, उनीसँग सहमत/असहमत जे भए पनि, कुराको सरुुवातचाहिँ हर्क गरुुङबाटै गनर्पुर्ने हुन्छ ।
हर्क गुरुङलाई छुट्याएर नेपालमा विकासको बहस आरम्भ गर्न गाह्रो छ । चाहे त्यो क्षेत्रीय अवधारणाको कुरा होस् अथवा भित्री मधेसको । जङ्गल फडानी गरेर त्यहाँ मानिस बसाउने कुरा होस् अथवा आदर्श गाविस र नगरोन्मुख गाउँको अवधारणको कुरा होस् अथवा जनजाति जागरणलाई विकाससँग जोडने कुरा होस् । यी सबै मुद्दाहरूमा हर्क गुरुङको बौद्धिक देनलाई बेवास्ता गरेर बहस अगाडि बढाउन सकिँदैन । उन्नतिको अवधारणा कसरी आयो त्यसमा युरोपको लामो इतिहास छ । यसको सुरुआत पुनर्जागरणकालबाट भयो । 
चौधौँ, पन्ध्रौँ र सोह्रौ शताब्दीमा शास्त्रीय कुरालाई पुनर्जीवन दिनुपर्दछ भन्नेबाट पुनर्जागरणको सुरुआत भएको थियो । त्यसपछि सोह्रौ शताब्दीमा आइपुग्दा धर्मलाई रूपान्तरण गरेर जनमुखी बनाउने अवधारणा आयो । अनि सत्राँै र अठाराँै शताब्दीमा ज्ञानको कुरा आयो । यति बेला युरोपका धेरै चिन्तकहरूले समाजलाई अगाडि बढाउन भौतिक विकासले मात्र पुग्दैन साहित्य, कला र जीवनशैलीमा पनि सुधार ल्याउनुपर्दछ भन्ने अवधारणा अघि सारिसकेका थिए । त्यसपछि अठाराँै र उन्नाइसाँै शताब्दीमा भएको आद्यौगिक क्रान्तिले युरोपको शक्तिलाई स्थापित ग¥यो । बाफ इन्जिन, रेल्वे, पानीजहाज, ब्याङ्किङ सेवा र विमाको विकासले गर्दा संसारमा युरोपेली शक्तिहरूको वर्चस्व स्थापित भयो ।
यी चारओटा कुराको विकासका लागि कम्तीमा पनि पाँच सय वर्ष जति लाग्यो । यो पाँच सय वर्षको मानव सभ्यताको विकास हाम्रो साझा सम्पत्ति हो । संस्कृतमा विकासको अर्थ अलिक आध्यात्मिक प्रकारको हुँदो रहेछ । ज्योर्तिगमय भन्दो रहेछ । उज्यालोतिर लाग्ने प्रक्रियालाई विकास भनिन्छ । विकासको शब्द अध्यात्मपूर्ण र उन्नतिलाई समेट्ने किसिमको छ । डेभलपमेन्ट भन्ने अङग्रेजी शब्दको अर्थ अलिकति जटिलतातिर जाने भन्ने रहेछ । यहाँ विकास भन्नाले अङग्रेजीको डेभलपमेन्टको नेपाली रुपान्तरणका रूपमा लिएको छु । संस्कृतमा भएजस्तो हिसाबले होइन । 
विकासको अवधारणामा प्रश्न उठाउनु आजको छलफलको उद्देश्य हो । विकासको अवधारणा दास्रो  विश्वय्द्धपछि आयो । विकास शब्दको प्रयोग गर्ने अर्थशास्त्री आथर्र लेविस हुन् । उनले अर्थशास्त्रमा नोबल पुरस्कार पाएका थिए । उनले पश्चिमा मुलुकहरूको जुन प्रक्रियाबाट प्रगति भयो त्यो प्रक्रियालाई गरिब मुलुकहरूमा नक्कल गर्न सम्भव छैन भनेका थिए । उनको भनाइ के थियो भने, पश्चिमा मुलुकमा औद्योगीकरण सुरु भएपछि कृषिबाट विस्थापित मजदुरहरूलाई औद्योगीकरणले सजिलैसँग सोस्न सक्यो । 
उपनिवेशहरूमा औद्योगिक उत्पादनको ठूलो बजार भएकाले त्यो सम्भव भयो । ठूलो बजारका कारण कृषिबाट विस्थापित मजदुरहरूलाई उद्योगले लियो । त्यसले गर्दा सहरीकरण र औद्योगीकरणको प्रक्रियामार्फत आर्थिक विकास भयो । उनका अनुसार, भर्खरै स्वतन्त्र भएका मुलुकहरूमा यो प्रक्रिया सम्भव छैन । किनभने आधुनिकताले गर्दा जति मान्छे कृषिबाट विस्थापित हुन्छन्, तिनलाई उद्योगले काम दिन सक्दैन । त्यसैले भर्खरै स्वतन्त्र भएका देशको अर्थतन्त्र दुईओटा कुरामा आधारित हुनुपर्दछ— कृषि र उद्योग । कृषि र उद्योगलाई सँगसँगै विकास गनर्पदर्छ । 
यस लगत्तै सन् १९५० को दशकमा हेन्स सिगलको क्यापिटल सर्टफलको अवधारणा आयो । उनले पनि नोबल पुरस्कार पाएका थिए । उनले के भने भनेँ भर्खरै स्वतन्त्र भएका मुलुकका उद्योगहरूले कृषिबाट विस्थापित मजदुरहरूलाई काम दिन सक्दैनन् मात्रै होइन कि उनीहरूसँग उद्योग खोल्ने पुँजी समेत हुँदैन । उनले ल्याएको पुँजीको अभाव (क्यापिटल सर्टफल) को अवधारणा अनुसार यी देशहरूमा उद्योग खोल्न पुँजी पुग्दैन । त्यसैले पुँजीको प्रवाह हुनुपर्दछ । त्यसका लागि सहुलियत दरमा लगानी गर्नुपर्छ । विश्व ब्याङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, अफ्रिकन डेभलपमेन्ट ब्याङ्क, एसियन डेभलपमेन्ट ब्याङ्कजस्ता विभिन्न ब्याङ्कहरूको अवधारणा हेन्स सिगलको यो विचारबाट पे्ररित छ । 
त्यसपछि गुनार म्र्याडलले ‘एसियन ड्रामा’ नामक पुस्तक लेखे । यसमा उनले के भनेका छन् भने जतिसुकै गरे पनि, जेसुकै गरे पनि, औद्योगीकरण गरे पनि, सहुलियत दरको लगानी भित्र्याए पनि सरकार प्रभावकारी नभएसम्म तेस्रो विश्वका मुलुकहरूमा विकास हुँदैन । सरकारको प्रभावकारिता महत्वपूर्ण कुरा हो । प्रजातन्त्र, लोकतन्त्र अथवा जुनसुकै तन्त्र भए पनि त्यस्तो सरकार उत्तम सरकार हो जसले उत्तम तरिकाले काम गर्छ । सरकारको क्षमता बढाउनेतिर सहयोगी राष्ट्रहरूको ध्यान जानुपर्दछ भन्ने उनको विचार थियो । यस विचारको ठ्याक्कै उल्टो विचार मिल्टन फ्रिडम्यानले ल्याए । उनले निजी क्षेत्रलाई लगानीको अवसर नदिएसम्म विकास हुँदैन भन्ने तर्क गरे । 
उनका अनुसार विकासको सबभन्दा उत्तम माध्यम यही हो । त्यसपछि रबर्ट म्याकनमाराको अर्को अवधारणा आयो । उनले के भने भने पुँजी पनि समस्या होइन, सरकार पनि समस्या होइन न त निजी क्षेत्र नै समस्या हो । मूल समस्या भनेको प्रविधिको हो । गरिब मुलुकहरूमा उन्नत बीउबिजन, कृषि औजार अथवा गाडी आदिजस्ता उन्नत प्रविधिको अभाव छ । त्यसैले उनले प्रविधि हस्तान्तरण अर्थात् मानव साधन विकासमा जोड दिनुपर्छ भने । 
सत्तरीको दशकको अन्त्य र असीको दशकको सुरुतिर पाकिस्तानी विद्वान् मकबुल हकले विकासलाई मानवीय विकाससँग जोड्नुपर्छ भने । यसै प्रसङ्गमा राष्टसङ्घीय विकास कार्यक्रम (यु.एन.डी.पी.) ले मानव विकासको कुरा गर्नासाथ अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व ब्याङ्कले स्वतन्त्र व्यापार, पुँजी प्रवाह, उदारीकरण, निजीकरण र विश्वव्यापीकरणमा जोड दिनुपर्छ भने । उनीहरूले अर्थिक वृद्धिमा जोड दिए । उनीहरूका अनुसार, यु.एन.डी.पी.ले भनेजस्तो मानव विकासले मात्र पुग्दैन । त्यसपछि विश्व ब्याङ्ककै विलियम स्टर्लीले विकास गर्नलाई गैरसरकारी संस्थालाई महत्व दिनुपर्छ भने । यसलाई बाङ्लादेशको ग्रामीण विकास ब्याङ्कको मोडल भन्न थालियो । 
त्यसपछि अमत्र्य सेन आए । उनले विकास भनेको लोकतन्त्रसँग जोडिएको कुरा हो भने । उनले भारतको उदाहरण दिएर के भने भने आर्थिक विकास भएर मात्र पुग्दैन । सबभन्दा गरिब भारतीय र सबभन्दा धनी भारतीयको वार्षिक आम्दानीमा ९० लाख गुणाको फरक छ । जुन समाजमा यत्रो अन्तर हुन्छ त्यसलाई विकास भएको समाज मान्न सकिँदैन । भारतको जस्तो प्रजातन्त्र प्रयाप्त छैन । यसलाई अझ गहिरो बनाउनुपर्छ । यसका लागि लोकतान्त्रिक रूपान्तरण गर्नुपर्छ । यसको लगत्तै फेरि नोबेल पुरस्कार पाउने अर्का अर्थशाास्त्री जोसेफ इ. स्टिग्लिटजले विकास भनेको रोजगारीको अवसर सिर्जना गर्नु हो भने । 
उनका अनुसार, जबसम्म रोजगार उपलब्ध हँुदैन तबसम्म मान्छेले खान पाउँदैन, मान्छे शान्तिसगँ बस्न पाउँदैन । आजकाल संयुक्त राष्ट्रसङ्घ बलियो भएको ठाउँमा सहस्राब्दी विकास लक्ष्यको कुरा छ । यसअन्तर्गत स्वास्थ्य र शिक्षाजस्ता सेवामा सबैको पहुँचको कुरा छ । हालसालै आएर फेरि गुन र म्यार्डलको अवधारणाको पुनसर्रंचना गरिएको छ जसले राज्यलाई बलियो बनाउनुपर्छ, अरू कुराहरू त्यस्तै हो भन्छ । सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमण पश्चात् राज्य बलियो हुनुपर्दो रहेछ भन्ने विचार दह्रो भएको छ । आगो लागेका बेला त्यहाँ फायर ब्रिगेडकै कर्मचारी, सरकारवैm कर्मचारी जाँदा रहेछन् । आपत्विपत् परेका बेला सरकारवैm पुलिस जाँदो रहेछ, सरकारकै सेना जाँदो रहेछ भन्ने प्रमाणित भयो । 
निजी क्षेत्रका कुरा जतिसुकै गरे पनि राष्ट्र निर्माणका बेलामा बलियो सरकार चाहिँदो रहेछ भनेर अहिले विश्व ब्याङ्कले भनिरहेको छ । गरिबी घटाउने र समावेशीकरणजस्ता सबै कुरा छाडेर अहिले विश्व ब्याङ्कले सरकारलाई बलियो बनाउनुपर्छ भन्ने अवधारणा बढाएको छ । बितेका ५० वर्षमा विकासको परिभाषा बदलिएको छ । विभिन्न अर्थशास्त्रीहरूले नोबल पुरस्कार पाउँदै गए । संसारको धेरै लगानी भयो । 
नेपालमा आएको सबभन्दा पहिलो अवधारणा उन्नति हो । दोस्रो विश्वयुद्धपछि जुद्धशमशेरलाई केही पश्चिमा मुलुकमा पढेका विद्वान्हरूले औद्योगीकरण गर्न सुझाव दिए । उद्योग खोल्यो भने जङ्गल फडानीबाट अथवा गोर्खालीहरूलाई बेलायतमा बेचेर कमाएको भन्दा बढी पैसा कमाउन सकिन्छ भनेर उनीहरूले सुझाव दिए । त्यसका आधारमा उनले विराटनगरदेखि धनगढीसम्म जुट कारखाना, चामल मिल, दाल मिल, तेल मिल, काठ मिल स्थापना गर्न लगाए । तर उद्योग राम्ररी चल्न सकेन । किनभने तिनमा नाउँ अरू उद्यमीको रहे पनि निष्क्रिय साझेदारका रूपमा राणाहरूको नियन्त्रण थियो । 
२००७ सालको परिवर्तनमा उनीहरूले उद्योगमा भएको आफ्नो सम्पत्ति सुरक्षित नहुने ठाने । त्यसपछि पुँजी देश बाहिर गयो र औद्योगीकरण रोकियो । २००७ सालपछि रुसको आर्थिक प्रगतिबाट प्रभावित चाहे नेपाली काँग्रेसका नेता हुन् अथवा अरु कुनै दलका नेताहरु हुन् उनीहरू सबैले भारतमा नेहरूले लागू गरेको अवधारणालाई आदर्श ठाने । त्यसैमा आधारित भएर कोशी ड्याम र गण्डक ड्यामको कुरा आयो, जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखाना, कत्था मिल आदि खुले । विदेशी राष्ट्रहरूको सहयोग जुटाउँदै ठूलाठूला आयोजना लागू गरियो । 
सत्तरीको दशकमा हार्बर्ड, इटन र टोकियो विश्वविद्यालयबाट पढेर आएका राजा वीरेन्द्रका सल्लाहाकारहरुले नेपालको जैविक विविधताको उपयोग गर्दै व्यावसायिक कृषि अपनाउन सल्लाह दिए— उच्च पहाडी भेकमा पशुपालन, मध्य पहाडमा फलपूmल खेती र तराईमा अन्न खेती । त्यसमा उनले जापानीहरूको सहयोग पनि पाए । त्यसपछि अरू सहरहरूको विकास गर्नु पर्दछ, गाउँको विकास गररे पुग्दैन भनरे जर्मनहरुले सहयोग गरे । क्षेत्रीय र एकीकृत विकास गर्नुपर्दछ भनेर अमेरिकीहरूले सहयोग गरे । एकीकृत क्षेत्रीय विकास कार्यक्रम पनि सुरु भयो । यी कुनै कुरा काम नलागेपछि वीरेन्द्रले आफ्नो आकाङ्क्षालाई एसियाली मापदण्डमा झारे । त्यसपछि आधारभूत आवश्यकता परिपूर्तिमा झारे । तर यी सबै कुरा विदेशी सहायतामा आधारित थिए । 
(सिके लालले सोसल साइन्स बाहामा दिएको मन्तव्यबाट)
Source: ratopati.com

Comments

Popular posts from this blog

Dr Ambedkar’s Speech at World Fellowship of Buddhists, Nepal

बुद्ध ने घर क्यों छोड़ा? ब्राह्मणवादीओ का जूठा प्रचार

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र