गरिबीको सन्दर्भमा सिप र चेतना

गरिब र गरिबीको बहसमा प्रायः सुनिन्छ कि गरिबको सिप र चेतनाको विकास नभएको कारण उनीहरु गरिब हुन बाध्य छन् । यो प्रश्नले मलाई जहिले पनि सताउने गर्छ । मुलधारका विचारक वा बुद्धिजीविको अनुसार सिप र चेतना भनेको के हो ? किसानलाई खेत कहिले जोत्ने, विऊ कहिले पार्ने, हलो कसरी जोत्ने भन्ने सिप र चेतना छ र पनि गरिब छन् । दलितले खुट्टा अनुसारको जुत्ता बनाउछन् र पनि गरिब छन् ? शरिरलाई मिल्ने गरि लुगा सिइन्छ र पनि गरिब छन् ? आवश्यकता अनुसारको हसिया, बञ्चरो, कोदालो, खुर्पी बनाउछन र पनि गरिब छन् । यसवाट के प्रष्ट हुन्छ भने गरिबले बुझने सिप र चेतना..........विकासे कार्यकर्ता, नीति निर्माता, विज्ञ आदिले बुझने सिप र चेतनाको बिचमा फरक छन् । गरिबीको परिभाषा कसले गर्ने ? विज्ञले गर्ने कि गरिबले गर्ने ? नीति निर्माताले गर्ने कि गरिबले गर्ने ? विकासे कार्यकर्ताले गर्ने कि गरिबले गर्ने ? गरिबी भनेको के हो भने प्रश्न कसको हो ? कसको प्रश्न कसको उत्तर ? नीति निर्माता, विज्ञ, विकासे कार्यकर्ताको प्रश्न हो भने उत्तर पनि उसैको हुनु पर्छ । तर गरिबीको परिभाषा गर्ने अधिकार केवल गरिबलाई हुनु पर्छ । उनीहरुले आफनो आवश्यकता आफै पहिचान गर्नु पर्छ । उनीहरुले आफनो मूल्य आफै निर्धारण गर्नु पर्छ । आफनो प्राथमिकता आफै निर्धारण गर्नु पर्छ ।
गरिबको इच्छा र चाहना गरिबी होईन । विज्ञ, नीति निर्माता, बुद्धिजीवि आदिको जीवन तुलनात्मक रुपमा राम्रा छन् । उनीहरुले भन्छन् गरिबी नराम्रो चीज हो । गरिबीको अन्त्य हुनु पर्छ तर आज सम्म गरिबी अन्त्य भएको छैन् । यसको मुलकारण हामी गरिबीको कारण गरिबको घरमा देख्छा,ै आफनो घरमा देख्दैनौ । गरिबीको कारण गरिबमा देख्छौ आफूमा देख्दैनौ । गरिबीको कारणको विश्लेसण गरिब र गरिबको घरमा गरुनजेल गरिबी अन्त्य हुने वाला छैन् किनकी मुल कारण अन्यायपूण शक्ति सम्बन्धमा छन् । अन्यायपूर्ण शासन ब्यवस्थामा छन् । जात ब्यवस्थामा छन् । बर्ण ब्यवस्थामा छन् । उदारवादी अर्थब्यवस्थामा छन् । पितृसत्तावादी सोचमा छन् । यी सोच र सम्बन्धको निर्माणमा गरिबको हिस्सेदारी छैन् । नीति निर्माता, शासक, विज्ञ, बुद्धिजीवि आदिको सचेत प्रयासले गर्दा यस्तो सोच र सम्बन्धको सृजना भएको छ । त्यसैले यी सरोकारवालाहरु गरिबी निवारणको सन्दर्भमा आफूलाई परिक्षण गराउन तयार हुनु पर्यो । आफ्नै विश्लेसण गर्न तायर हुनु पर्यो । आफूलाई अलग राखेर केवल गरिबलाई मात्र विश्लेसण गरेर सम्भव छैन् ।
चेतना भनेको के हो ? अहुतिको शब्दमा “चेतना भनेको खान जान्नु, लाउन जान्नु, लुगा लाउन जान्नु, लाज ढाक्न जान्नु, सम्मान गर्न जान्नु, खेतीपाती गर्न जान्नु, उत्पादन गर्न जान्नु, अर्काको निम्ति भलो चिताउन जान्नु, यो पो चेतना हो त ।  तर, मुलधारका बुद्धिजीविहरुले सिप र चेतनाको परिभाषा नै गलत बनायो जसले गर्दा सिप भएन, चेतना भएन भनेर गरिबहरुलाई अपमानित गर्ने गरेका छन् । यो ठूलो कुरा हो । हिन्दु समाजमा कोहि सिप यूक्त वा चेतना यूक्त छ भन्ने त्यो दलित नै हो ।
गरिबीको बुझाईको सन्दर्भमा कसको दृष्टिकोण ब्यवहारिक हुन्छन ? शक्ति वालाको कि शक्ति विहिनको ? कसको realities count हुन्छ ? विज्ञ÷नीति निर्माताको कि गरिबको । गरिबीको मुल समस्या हामी गरिबमा खोज्छौ । उनीहरुको घरमा खोज्छौ । समस्याको मुलकारण उनीहरुलाई देख्छौ र आफूलाई त्यो समग्र प्रक्रियावाट अलग राख्छौ । रुपान्तरणको शुरुवात यहिवाट हुनु पर्छ ।

Comments

Popular posts from this blog

चम्चा युग

तीज

Why Student’s Day Celebrations Don’t Make Sense