दास र बधुवा मजदुरीको बुझाइ


समयको लम्बाईको हिसावले आजको समाज वा संसारलाई एकाइसौँ सताब्दि वा आधुनिक समाज भन्न सकिन्छ । मानव समाजको एउटा कालखण्डलाई दास यूग भन्ने गरिन्छ । मतलव दास यूग इतिहास भैसकेको आम मान्यता छ । तर, राम्रो हुन्थ्यो यदि सत्य त्यसतो भैदिएको भए । आज पनि समाजमा दास मानसिकता, व्यवहार, समाजिक तथा आर्थिक क्रियाकलाप, मनोविज्ञानमा दासत्व प्रवृति स्पष्ट रुपमा देखिन्छ । वाल श्रम, बैदेशिक रोजगार (खास गरि गल्फ देशहरुमा) को सिलशिलामा ६०% देखि १२०% चर्को ब्याजमा विभिन्न प्रलोभनमा बधुवा मजदुरको रुपमा बाहिरीनु, आफनै मान्छे र दलालवाट यौन क्रियाकलाममा मजबुर हुनु, महिला वेचविखन हुनु ...आदि आधुनिक दास र बधुवा मजदुरीका सवाल यथावत छ । तर कहिले काही हामी यसलाई केवल वैदेशिक रोजगार वा समान्य माईग्रेसन कार्यको रुपमा मात्र ब्याख्या विश्लेसन गर्ने गर्छौ जुन विलकुल असत्य कुरा हो । राज्य, विचौलिया, ग्रामिण मनी लेन्डर, एजेन्ट आदिले सचेत रुपमा वैदेशिक रोजगारको नाममा मानव तस्करी गरिरहेका छन् । यो मानव अधिकारको सवाल हो ।

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।