डॉ अम्बेडकरको नजरमा माक्र्सवाद



नेपालको विभिन्न आन्दोलनहरुलाई अध्ययन गर्दा अम्बेडकर दृष्टिकोण कही कतै पाइदैन् । जात र वर्गको वहसमा पनि अम्बेडकर देखिदैन् । नेपाल र भारतको समाज ब्यवस्था समान भए पनि अम्बेडकर समाज जीवनको सम्पूर्ण वहसवाट कोशो टाढा किन भए ? श्रमजीवि वर्ग मुलतः दलित बहुजन अम्बेडकरको विचारधारा, आन्दोलनवाट कसरी बञ्चित भए ? खोजको विषय हुन सक्छ । नेपालको सामाजिक ढाँचालाई बुझ्नको लागि माक्र्स, लेनिन, गान्धि आदि सँगसँगै अम्बेडकरलाई बुझ्नु आवश्यक छ ।


राजकिशोर रजक
Ambedkar and Marx के लिए इमेज परिणाम

अम्बेडकर र माक्र्सको विचमा वैचारिक रुपमा कयौँ समानता छन् । साथै, अम्बेडरले नेपाल भारतको सन्दर्भमा माक्र्सको विचारधारा माथि अनेकौ प्रश्न पनि उठाएका छन् जुन हामीले बुझ्न तथा मनन् गर्दा ज्ञान बर्धक हुन सक्छन् । २० नोभेम्बर १९५६ मा बुद्ध वा कार्ल माक्र्स विषय उपर काठमान्डौँमा दिएको एतिहासिक भाषणवाट पनि यहाँका श्रमजीवि मजदुर, दलित बहुजन वर्ग अनभिज्ञ छन् । सवर्ण सत्ताले अम्बेडकरको विचारधारालाई लुकाउन, सके जति कोशिस गरेकै हुन् ।

डॉ अम्बेडकर सेप्टेम्बर ८ देखि १७, १९४३ मा “ऑल इंडिया ट्रेड यूनियन वर्कर्स अध्ययन शिविर” को समापन भाषण ‘लेबर एंड पार्लियामेण्टरी डेमोक्रेसी’ विषयमा केन्द्रित थियो । उक्त भाषणमा उनले श्रमिक वर्गलाई रुसोको ‘सोशल कॉन्ट्रैक्ट’, माक्र्सको ‘कम्यूनिस्ट मेनीफेस्टो’, पोप लियो तेह«ौको ‘एनसाईक्लीकल ऑन द कंडिशनस ऑफ लेबर’, र जॉन स्टुअर्ट मिलको ‘लिबर्टी’ आदि ग्रन्थसँग परिचित हुन आग्रह गर्छन् । यी चार ग्रन्थ आधुनिक संसारको समाज र शासन ब्यवस्थालाई संगठित गर्ने मूल दस्तावेज हुन् । तर, दलित, मजदुर तथा श्रमिक वर्ग यी दस्तावेजमाथि ध्यान दिनुको सट्टा हिन्दुत्ववादी प्राचिन दशरथ जातक कथा, मनुस्मृति, वेद–पुराण, हनुमान चालिसा पढेर हनुमान बन्नमा नै आनन्दित हुँदै आईरहेका छन्  । 

उपरोक्त घटना तथा उदाहरणवाट प्रष्ट हुन्छ कि डॉ अम्बेडकर माक्र्स बिरोधी थिएन । तर, माक्र्सवादी खेमावाट अम्बेडकरको आन्दोलनले माक्र्सवादलाई कमजोर गरेको आरोप लाउछन् । सवर्ण माक्र्सवादी दलित बहुजनवाट अपेक्षा राख्छन् कि उनीहरु माक्र्सवाद पढोस तर उनीहरु स्वंम अम्बेडकर पढ्न तयार छैन् । नेपालमा सवर्णको त कुरै छाडौ माक्र्सवादी दलित अगुवा सवंमले अम्बेडकर पढ्न युवालाई उत्प्रेरणा दिदैन् । नेपालका दलित बहुजन सवर्ण नेतृत्वको माक्र्सवादी, माओवादी आन्दोलनवाट के पाए के गुमाए समिक्षाको विषय हो । यहाँका श्रमिक मजदुरले जातिवादी समाज ब्यवस्थामा सर्वहारा वर्गको अधिनायकत्व निर्माणको आन्दोलनमा होमिए कै हुन् । परिणाम बाघ र बाख्राको मित्रताको कथा जस्तै सावित भयो । तिर्खा लाग्यो भने खोलामा सँगै जाने तर भोक लाग्यो भन्ने बाख्रालाई खैरियत छैन् ।

कंवल भारतीको अनुसार समाजवादी विचारक मधुलिमये संभवतः पहिलो व्यक्ति थियो जसले समाजवादी आन्दोलनमा अम्बेडकरको भुमिकालाई महशुस गरेको थियो । उनले अम्बेडकरको पुस्तक ‘जातको विनाश’ लाई माक्र्सको ‘कम्यूनिस्ट मेनीफेस्टो’ बराबरको महत्व दिएको थियो । अम्बेडकरको सम्पूर्ण जोड जातको विनाशमा थियो । जातको विनाश विना न त वर्गको निर्माण हुन्छ, न त वर्ग संघर्ष हुन्छ ।
अम्बेडकर माक्र्सवादको गहिरो अध्ययन गरेको थियो । साथै उनले भारतिय समाज, पश्चिमा समाजको चरम व्यक्तिवादको विकास, पुजिवादलाई नजिकवाट अध्ययन गरेका व्यक्ति हुन् । उनले कुनै पनि दर्षण, सिद्धान्त, विचारलाई करोडौ दलित, मजदुर तथा श्रमिकको दृष्टिकोणवाट हेथ्र्यो । त्यस कारण, उनको समाजवादी अबधारण अन्य समाजवादीको तुलनामा फरक छ ।

अम्बेडकर सर्वहाराको मुक्तिको सिद्धान्त कम्यूनिज्मलाई मान्छ तर एंगेल्सले भने जस्तो हाम्रो सन्दर्भमा सर्वहारा वर्गको उत्पती औद्योगिक क्रान्तिको परिणाम होईन् । एंगेल्सको विचार इंग्लैण्ड, जर्मन तथा फ्राँस आदि देशमा लागु हुनसक्छन् तर नेपाल र भारतको परिवेश फरक छन् । नेपाल भारतको सन्दर्भमा सर्वहारा वर्ग (दलित बहुजन) वर्ण ब्यवस्थाको गर्भवाट पैदा भएका हुन् । नेपाल भारतका सर्वहारा वर्ग जन्म देखि गरिब, जन्म देखि श्रमजीवि र जन्म देखि नै दास हुन् । वर्ण व्यवस्थाले श्रम मात्र विभाजन गरेन श्रमिकलाई पनि क्रमबद्ध विभाजन गरेका छन् । 

निजी स्वामित्वको इतिहास र अबधारणा पश्चिमा इतिहास र अबधारणा भन्दा भिन्न छन् जसलाई माक्र्स र एंगेल्सले निरोपन गरेको थियो । नेपाल भारतमा धनमाथिको अधिकार, व्यापार गर्ने अधिकार केवल वैश्यलाई थियो । पुँजीको केन्द्रिकरण आर्य ब्राद्मण ब्यवस्थाको देन हो जुन वर्ण ब्यवस्थाको रुपमा हिन्दुको प्राण हो । ब्राद्मवाद र पुजिवादको गठजोडलाई बुझनु पर्छ । जात ब्यवस्थालाई नाश नगरे सम्म नीजि स्वामित्वलाई नाश गर्न सकिदैन् ।

डॉ अम्बेडकर पं्रmासीसी क्रान्तिवाट प्रभावित थियो । स्वतन्त्रता, समानता र बंधुताको विचार यहि क्रान्तिवाट सिकेका थिए । प्रंmासीसी क्रान्तिले मुलतः दुई सिद्धान्तलाई जन्म दिएको थियो । पहिलो स्वशासन जसलाई स्वराज पनि भन्छ । स्वशासनको अर्थ स्वंम शासन गर्ने भावना । अरुवाट शासित हुने कुरालाई अस्वीकार गर्ने । दोस्रो, आत्मनिर्णय जसलाई स्वाधिनता पनि भन्छ । वाह««य दवावको विना, समान विचार, समान उदेश्यको साथ निर्णय लिनको लागि मान्छेलाई संगठित गर्ने भावनाको अभिब्यक्ति ।

सवर्ण नेतृत्वको राष्ट्रवादीहरु श्रमिक मजदुर दलित बहुजनको शत्रु हुन । अम्बेडकरले भनेका थिए मजदुर वर्ग राष्ट्रवादलाई पुजाको वस्तु (ताबिज) बन्न तयार हुनु हुँदैन् । यदि राष्ट्रवादको मतलब प्राचिन अतितको पुजा गर्नु छ भने मजदुर वर्गले त्यसतो राष्ट्रवाद स्वीकार गर्न सक्दैन् । मजदुर वर्गको लागि राष्ट्रवाद केवल एउटा लक्ष्य सम्म जाने साधन मात्र हुनु पर्छ । आफैमा साध्य हुनु हुँदैन् । अम्बेडकरले भारतको कम्युनिष्टहरुलाई ‘बंच आफ द ब्राद्मण बायज’ भन्थे र अफसोस गर्दै भन्थे, गरिब र मजदुरको मूक्तिको क्रान्तिकारी आन्दोलन भारतमा (नेपालमा पनि) गलत मान्छेको हाथमा गएर बर्बाद भयो । जहाँ मनुवादको जरा गहिरो छ, त्यहाँ आज सम्म अरु वाद फल्न पूmल्न सकेन ।

अम्बेडकरलाई लोकतन्त्रमा विश्वास थियो । संसदिय लोकतन्त्रको असफलतालाई उसले खराब बिचारधारा भन्दा पनि खराब संगठनलाई जिम्मेवार ठान्थ्यो । राजनीतिक समाज शासक र शासितमा बिभाजन हुनु नै दुर्भाग्य हो । शासक हमेशा शासक वर्गवाट मात्र आउने र शासित शासक बन्न नपाउने कुरालाई अम्बेडकरले शासक जातिको मानसिकतालाई दोसी भन्थे ।

अम्बेडकरले ‘आर्थिक मानवको अन्त्य’ कितावको हवाला दिँदै भनेका थिए आर्थिक मानवको अन्त्य उपर कुरा गर्न सकिदैन किनभने आर्थिक मानवको जन्म कहिलै भएन । मान्छे रोटीले मात्र जीवित रहन सक्दैन् । उपरोक्त उल्लेखित भाषणमा अम्बेडकरले माक्र्सवादलाई टिप्पनी गर्दै भन्छ, “मजदुर वर्गले आफ्नो विरुद्धमा ठूलो अपराध गरेका छन् । उनीहरुले सरकारमाथि नियन्त्रण गर्ने आँकन्छालाई आपूm भित्र विकसित गरेन् । आफ्नो हित सुरक्षाको लागि सरकारमाथि नियन्त्रणको आवश्यकतालाई सम्झेनन् । यो सबभन्दा ठूलो त्रासदी थियो ।”
डॉ अम्बेडकरको विचारमा कम्यूनिष्ट घोषणा पत्रको प्रभाव देख्न सकिन्छ । अम्बेडकर सर्वहारा वर्गलाई सबभन्दा पहिला राजनीतिक प्रभुत्व प्राप्त गर्न सुझाव दिन्थे । सोहन लाल शास्त्रीले आफ्नो पुस्तक ‘बाबासाहेवको सम्पर्कमा मेरो पच्चीस वर्ष’ मा भन्छ, यदि भोली कम्यूनिस्ट भारतमा आफ्नो राज्य सत्ता स्थापित गर्छन् भने आफ्नो शासन चलाउनको लागि तीन चिजको आवश्यकता पर्छन् । पहिलो, प्रशासनको लागि मशीनरी सिविल अधिकारी, दोस्रो सेना र तेस्रो श्रमिक मजदुर । उसले मौजुदा अधिकारी, सेना र श्रमिक मजदुरवाट नै काम चलाउनु पर्छ । आजको दिनमा प्रशासन र सेना सवर्णको नियन्त्रणमा छन् । यीनिहरु अंग्रेजी राजमा पनि सत्ता सम्पन्न थियो । काँग्रेस राजमा पनि छ र भोली कम्यूनिष्ट राजमा पनि हुनेछन् । दलित बहुजन मजदुर श्रमिक वर्गको लागि सत्ताको मार्ग देखिदैन् ।

आफ्नो भाषणमा अम्बेडकरले मजदुर वर्गलाई दुईवटा सुझाव दिएको थियो । जुन यति क्रान्तिकारी छन् कि माक्र्सवादी विचारक पनि अस्वीकार गर्न सक्दैन् । मजदुर वर्गलाई संसदिय लोकतन्त्र भित्र रहनु छ भने यसलाई आफ्नो हितमा बदल्नको लागि यो घोषणा गर्नु पर्छ कि उसको लक्ष्य मजदुरको सरकार गठन गर्नु हो । यसको लागि मजदुरको छुट्टै राजनीतिक पाट्री गठन गर्नु पर्छ । दोस्रो, मजदुरले सकारात्मक ढँगवाट प्रमाणित गर्नु पर्छ कि उसले सफल शासन संचालन गर्न सक्छन् । अरुको तुलनामा जनपक्षीय शासन संचालन गर्न सक्छु भन्नुले मात्र पुग्दैन् । मजदुरको सरकारको माडल अन्य वर्गको सरकारको माडल भन्दा ज्यादै कठिन हुनेछ । यसको लागि प्रयाप्त ज्ञान र प्रक्षिणको आवश्यकता हुन्छ । अम्बेडकर दुःख व्यक्त गर्दै भन्थे, भारतको मजदुर सिक्न चाहदैन् । भारत र नेपालमा पनि मजदुर नेताले केही सिकेका छन् भने पुँजिपतिलाई राम्रो सँग गाली गर्न ।

अम्बेडकर अछुत र मजदुरको जीवन सँग सँगै बाँचेको थियो । सवर्ण माक्र्सवादी र गान्धिसँग टकराव थियो । गान्धि ग्रामिण अर्थब्यवस्था (अर्को शब्दमा वर्ण व्यवस्था) को पक्षधर थियो । गान्धिको लागि गाँऊ एउटा आदर्श व्यवस्था थियो भने अम्बेडकरको लागि गाँऊ वर्ण ब्यवस्थाको प्रयोगशाला थियो । अम्बेडकर गाँऊको विनाशमा नै भारतको विकास देख्थे । गाँऊको शहरीकरण, उद्योगिकरणमा जोड दिन्थे । राज्य समाजवाद अम्बेडकरको आदर्श विचारधारा थियो ।

(रजक अम्बेडकरी तथा बहुजन अध्येता हुन्)

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।