डॉ अम्बेडकरको नजरमा माक्र्सवाद



नेपालको विभिन्न आन्दोलनहरुलाई अध्ययन गर्दा अम्बेडकर दृष्टिकोण कही कतै पाइदैन् । जात र वर्गको वहसमा पनि अम्बेडकर देखिदैन् । नेपाल र भारतको समाज ब्यवस्था समान भए पनि अम्बेडकर समाज जीवनको सम्पूर्ण वहसवाट कोशो टाढा किन भए ? श्रमजीवि वर्ग मुलतः दलित बहुजन अम्बेडकरको विचारधारा, आन्दोलनवाट कसरी बञ्चित भए ? खोजको विषय हुन सक्छ । नेपालको सामाजिक ढाँचालाई बुझ्नको लागि माक्र्स, लेनिन, गान्धि आदि सँगसँगै अम्बेडकरलाई बुझ्नु आवश्यक छ ।


राजकिशोर रजक
Ambedkar and Marx के लिए इमेज परिणाम

अम्बेडकर र माक्र्सको विचमा वैचारिक रुपमा कयौँ समानता छन् । साथै, अम्बेडरले नेपाल भारतको सन्दर्भमा माक्र्सको विचारधारा माथि अनेकौ प्रश्न पनि उठाएका छन् जुन हामीले बुझ्न तथा मनन् गर्दा ज्ञान बर्धक हुन सक्छन् । २० नोभेम्बर १९५६ मा बुद्ध वा कार्ल माक्र्स विषय उपर काठमान्डौँमा दिएको एतिहासिक भाषणवाट पनि यहाँका श्रमजीवि मजदुर, दलित बहुजन वर्ग अनभिज्ञ छन् । सवर्ण सत्ताले अम्बेडकरको विचारधारालाई लुकाउन, सके जति कोशिस गरेकै हुन् ।

डॉ अम्बेडकर सेप्टेम्बर ८ देखि १७, १९४३ मा “ऑल इंडिया ट्रेड यूनियन वर्कर्स अध्ययन शिविर” को समापन भाषण ‘लेबर एंड पार्लियामेण्टरी डेमोक्रेसी’ विषयमा केन्द्रित थियो । उक्त भाषणमा उनले श्रमिक वर्गलाई रुसोको ‘सोशल कॉन्ट्रैक्ट’, माक्र्सको ‘कम्यूनिस्ट मेनीफेस्टो’, पोप लियो तेह«ौको ‘एनसाईक्लीकल ऑन द कंडिशनस ऑफ लेबर’, र जॉन स्टुअर्ट मिलको ‘लिबर्टी’ आदि ग्रन्थसँग परिचित हुन आग्रह गर्छन् । यी चार ग्रन्थ आधुनिक संसारको समाज र शासन ब्यवस्थालाई संगठित गर्ने मूल दस्तावेज हुन् । तर, दलित, मजदुर तथा श्रमिक वर्ग यी दस्तावेजमाथि ध्यान दिनुको सट्टा हिन्दुत्ववादी प्राचिन दशरथ जातक कथा, मनुस्मृति, वेद–पुराण, हनुमान चालिसा पढेर हनुमान बन्नमा नै आनन्दित हुँदै आईरहेका छन्  । 

उपरोक्त घटना तथा उदाहरणवाट प्रष्ट हुन्छ कि डॉ अम्बेडकर माक्र्स बिरोधी थिएन । तर, माक्र्सवादी खेमावाट अम्बेडकरको आन्दोलनले माक्र्सवादलाई कमजोर गरेको आरोप लाउछन् । सवर्ण माक्र्सवादी दलित बहुजनवाट अपेक्षा राख्छन् कि उनीहरु माक्र्सवाद पढोस तर उनीहरु स्वंम अम्बेडकर पढ्न तयार छैन् । नेपालमा सवर्णको त कुरै छाडौ माक्र्सवादी दलित अगुवा सवंमले अम्बेडकर पढ्न युवालाई उत्प्रेरणा दिदैन् । नेपालका दलित बहुजन सवर्ण नेतृत्वको माक्र्सवादी, माओवादी आन्दोलनवाट के पाए के गुमाए समिक्षाको विषय हो । यहाँका श्रमिक मजदुरले जातिवादी समाज ब्यवस्थामा सर्वहारा वर्गको अधिनायकत्व निर्माणको आन्दोलनमा होमिए कै हुन् । परिणाम बाघ र बाख्राको मित्रताको कथा जस्तै सावित भयो । तिर्खा लाग्यो भने खोलामा सँगै जाने तर भोक लाग्यो भन्ने बाख्रालाई खैरियत छैन् ।

कंवल भारतीको अनुसार समाजवादी विचारक मधुलिमये संभवतः पहिलो व्यक्ति थियो जसले समाजवादी आन्दोलनमा अम्बेडकरको भुमिकालाई महशुस गरेको थियो । उनले अम्बेडकरको पुस्तक ‘जातको विनाश’ लाई माक्र्सको ‘कम्यूनिस्ट मेनीफेस्टो’ बराबरको महत्व दिएको थियो । अम्बेडकरको सम्पूर्ण जोड जातको विनाशमा थियो । जातको विनाश विना न त वर्गको निर्माण हुन्छ, न त वर्ग संघर्ष हुन्छ ।
अम्बेडकर माक्र्सवादको गहिरो अध्ययन गरेको थियो । साथै उनले भारतिय समाज, पश्चिमा समाजको चरम व्यक्तिवादको विकास, पुजिवादलाई नजिकवाट अध्ययन गरेका व्यक्ति हुन् । उनले कुनै पनि दर्षण, सिद्धान्त, विचारलाई करोडौ दलित, मजदुर तथा श्रमिकको दृष्टिकोणवाट हेथ्र्यो । त्यस कारण, उनको समाजवादी अबधारण अन्य समाजवादीको तुलनामा फरक छ ।

अम्बेडकर सर्वहाराको मुक्तिको सिद्धान्त कम्यूनिज्मलाई मान्छ तर एंगेल्सले भने जस्तो हाम्रो सन्दर्भमा सर्वहारा वर्गको उत्पती औद्योगिक क्रान्तिको परिणाम होईन् । एंगेल्सको विचार इंग्लैण्ड, जर्मन तथा फ्राँस आदि देशमा लागु हुनसक्छन् तर नेपाल र भारतको परिवेश फरक छन् । नेपाल भारतको सन्दर्भमा सर्वहारा वर्ग (दलित बहुजन) वर्ण ब्यवस्थाको गर्भवाट पैदा भएका हुन् । नेपाल भारतका सर्वहारा वर्ग जन्म देखि गरिब, जन्म देखि श्रमजीवि र जन्म देखि नै दास हुन् । वर्ण व्यवस्थाले श्रम मात्र विभाजन गरेन श्रमिकलाई पनि क्रमबद्ध विभाजन गरेका छन् । 

निजी स्वामित्वको इतिहास र अबधारणा पश्चिमा इतिहास र अबधारणा भन्दा भिन्न छन् जसलाई माक्र्स र एंगेल्सले निरोपन गरेको थियो । नेपाल भारतमा धनमाथिको अधिकार, व्यापार गर्ने अधिकार केवल वैश्यलाई थियो । पुँजीको केन्द्रिकरण आर्य ब्राद्मण ब्यवस्थाको देन हो जुन वर्ण ब्यवस्थाको रुपमा हिन्दुको प्राण हो । ब्राद्मवाद र पुजिवादको गठजोडलाई बुझनु पर्छ । जात ब्यवस्थालाई नाश नगरे सम्म नीजि स्वामित्वलाई नाश गर्न सकिदैन् ।

डॉ अम्बेडकर पं्रmासीसी क्रान्तिवाट प्रभावित थियो । स्वतन्त्रता, समानता र बंधुताको विचार यहि क्रान्तिवाट सिकेका थिए । प्रंmासीसी क्रान्तिले मुलतः दुई सिद्धान्तलाई जन्म दिएको थियो । पहिलो स्वशासन जसलाई स्वराज पनि भन्छ । स्वशासनको अर्थ स्वंम शासन गर्ने भावना । अरुवाट शासित हुने कुरालाई अस्वीकार गर्ने । दोस्रो, आत्मनिर्णय जसलाई स्वाधिनता पनि भन्छ । वाह««य दवावको विना, समान विचार, समान उदेश्यको साथ निर्णय लिनको लागि मान्छेलाई संगठित गर्ने भावनाको अभिब्यक्ति ।

सवर्ण नेतृत्वको राष्ट्रवादीहरु श्रमिक मजदुर दलित बहुजनको शत्रु हुन । अम्बेडकरले भनेका थिए मजदुर वर्ग राष्ट्रवादलाई पुजाको वस्तु (ताबिज) बन्न तयार हुनु हुँदैन् । यदि राष्ट्रवादको मतलब प्राचिन अतितको पुजा गर्नु छ भने मजदुर वर्गले त्यसतो राष्ट्रवाद स्वीकार गर्न सक्दैन् । मजदुर वर्गको लागि राष्ट्रवाद केवल एउटा लक्ष्य सम्म जाने साधन मात्र हुनु पर्छ । आफैमा साध्य हुनु हुँदैन् । अम्बेडकरले भारतको कम्युनिष्टहरुलाई ‘बंच आफ द ब्राद्मण बायज’ भन्थे र अफसोस गर्दै भन्थे, गरिब र मजदुरको मूक्तिको क्रान्तिकारी आन्दोलन भारतमा (नेपालमा पनि) गलत मान्छेको हाथमा गएर बर्बाद भयो । जहाँ मनुवादको जरा गहिरो छ, त्यहाँ आज सम्म अरु वाद फल्न पूmल्न सकेन ।

अम्बेडकरलाई लोकतन्त्रमा विश्वास थियो । संसदिय लोकतन्त्रको असफलतालाई उसले खराब बिचारधारा भन्दा पनि खराब संगठनलाई जिम्मेवार ठान्थ्यो । राजनीतिक समाज शासक र शासितमा बिभाजन हुनु नै दुर्भाग्य हो । शासक हमेशा शासक वर्गवाट मात्र आउने र शासित शासक बन्न नपाउने कुरालाई अम्बेडकरले शासक जातिको मानसिकतालाई दोसी भन्थे ।

अम्बेडकरले ‘आर्थिक मानवको अन्त्य’ कितावको हवाला दिँदै भनेका थिए आर्थिक मानवको अन्त्य उपर कुरा गर्न सकिदैन किनभने आर्थिक मानवको जन्म कहिलै भएन । मान्छे रोटीले मात्र जीवित रहन सक्दैन् । उपरोक्त उल्लेखित भाषणमा अम्बेडकरले माक्र्सवादलाई टिप्पनी गर्दै भन्छ, “मजदुर वर्गले आफ्नो विरुद्धमा ठूलो अपराध गरेका छन् । उनीहरुले सरकारमाथि नियन्त्रण गर्ने आँकन्छालाई आपूm भित्र विकसित गरेन् । आफ्नो हित सुरक्षाको लागि सरकारमाथि नियन्त्रणको आवश्यकतालाई सम्झेनन् । यो सबभन्दा ठूलो त्रासदी थियो ।”
डॉ अम्बेडकरको विचारमा कम्यूनिष्ट घोषणा पत्रको प्रभाव देख्न सकिन्छ । अम्बेडकर सर्वहारा वर्गलाई सबभन्दा पहिला राजनीतिक प्रभुत्व प्राप्त गर्न सुझाव दिन्थे । सोहन लाल शास्त्रीले आफ्नो पुस्तक ‘बाबासाहेवको सम्पर्कमा मेरो पच्चीस वर्ष’ मा भन्छ, यदि भोली कम्यूनिस्ट भारतमा आफ्नो राज्य सत्ता स्थापित गर्छन् भने आफ्नो शासन चलाउनको लागि तीन चिजको आवश्यकता पर्छन् । पहिलो, प्रशासनको लागि मशीनरी सिविल अधिकारी, दोस्रो सेना र तेस्रो श्रमिक मजदुर । उसले मौजुदा अधिकारी, सेना र श्रमिक मजदुरवाट नै काम चलाउनु पर्छ । आजको दिनमा प्रशासन र सेना सवर्णको नियन्त्रणमा छन् । यीनिहरु अंग्रेजी राजमा पनि सत्ता सम्पन्न थियो । काँग्रेस राजमा पनि छ र भोली कम्यूनिष्ट राजमा पनि हुनेछन् । दलित बहुजन मजदुर श्रमिक वर्गको लागि सत्ताको मार्ग देखिदैन् ।

आफ्नो भाषणमा अम्बेडकरले मजदुर वर्गलाई दुईवटा सुझाव दिएको थियो । जुन यति क्रान्तिकारी छन् कि माक्र्सवादी विचारक पनि अस्वीकार गर्न सक्दैन् । मजदुर वर्गलाई संसदिय लोकतन्त्र भित्र रहनु छ भने यसलाई आफ्नो हितमा बदल्नको लागि यो घोषणा गर्नु पर्छ कि उसको लक्ष्य मजदुरको सरकार गठन गर्नु हो । यसको लागि मजदुरको छुट्टै राजनीतिक पाट्री गठन गर्नु पर्छ । दोस्रो, मजदुरले सकारात्मक ढँगवाट प्रमाणित गर्नु पर्छ कि उसले सफल शासन संचालन गर्न सक्छन् । अरुको तुलनामा जनपक्षीय शासन संचालन गर्न सक्छु भन्नुले मात्र पुग्दैन् । मजदुरको सरकारको माडल अन्य वर्गको सरकारको माडल भन्दा ज्यादै कठिन हुनेछ । यसको लागि प्रयाप्त ज्ञान र प्रक्षिणको आवश्यकता हुन्छ । अम्बेडकर दुःख व्यक्त गर्दै भन्थे, भारतको मजदुर सिक्न चाहदैन् । भारत र नेपालमा पनि मजदुर नेताले केही सिकेका छन् भने पुँजिपतिलाई राम्रो सँग गाली गर्न ।

अम्बेडकर अछुत र मजदुरको जीवन सँग सँगै बाँचेको थियो । सवर्ण माक्र्सवादी र गान्धिसँग टकराव थियो । गान्धि ग्रामिण अर्थब्यवस्था (अर्को शब्दमा वर्ण व्यवस्था) को पक्षधर थियो । गान्धिको लागि गाँऊ एउटा आदर्श व्यवस्था थियो भने अम्बेडकरको लागि गाँऊ वर्ण ब्यवस्थाको प्रयोगशाला थियो । अम्बेडकर गाँऊको विनाशमा नै भारतको विकास देख्थे । गाँऊको शहरीकरण, उद्योगिकरणमा जोड दिन्थे । राज्य समाजवाद अम्बेडकरको आदर्श विचारधारा थियो ।

(रजक अम्बेडकरी तथा बहुजन अध्येता हुन्)

Comments

Popular posts from this blog

Dr Ambedkar’s Speech at World Fellowship of Buddhists, Nepal

बुद्ध ने घर क्यों छोड़ा? ब्राह्मणवादीओ का जूठा प्रचार

चम्चा युग