महिलाको मुदा पितृसत्ता भन्दा ठूलाे छ ।

पितृसत्तावादी सामाजिक सोँच समाजमा स्थापित मूल्य मान्यतावाट निर्माण हुन्छ । समाजिक सोँच निर्माणमा biology को कुनै हात हुदैन् । जब यो सोँचमा महिला र पुरुष विचमा अन्तरविरोध हुन्छ तब यसलाई पितृसत्तावादी सोँच भनिन्छ । आज धेरै पुरुषहरुमा महिलावादी दृष्टीकोणको विकास भएको र भैरहेको अवस्था छ जुन ज्यादै राम्रो कुरा हो । तर एक महिला अर्को महिलालाई कमतर

ठान्ने, एक महिलाले अर्को महिलालाई छुवाछुत गर्ने, एक महिलाले अर्को महिलालाई रँगभेद गर्ने, एक महिलाले अर्को महिलाको समस्या प्रति समानुभुतिको सट्टा सहानुभुति गर्ने, दाया माया गर्ने......तब यस्ता खालको प्रवृति केवल पितृसत्तात्मक सोँचमा मात्र सिमित रहदैन । यस्ता खालको दृष्टिकोण र विचार प्रवृति डरलाग्दो हिसावले अगाडी आईरहेका छन् । यस्ता कुरा सुन्दा चिन्तित हुन्छु । समाधानको उपाय खोज्छु । तर समाधान कम चुनौतिपूर्ण रहेनछ...सचेत प्रयास जारी छ ।

Comments

Popular posts from this blog

Dr Ambedkar’s Speech at World Fellowship of Buddhists, Nepal

बुद्ध ने घर क्यों छोड़ा? ब्राह्मणवादीओ का जूठा प्रचार

चम्चा युग