Fellow's Feedback to Raj Rajak


राज किशोर रजक

राष्टिय फलोज सम्मेलन २०१५ का सहभागीहरुले राज किशोर रजकको बारेमा गरेको व्यक्तिगत मुल्यांकन
१. राज किशोर रजकका राम्रा पक्षहरु 

  • प्रशिक्षण सरल भाषा र मनोरञ्जनात्मक शैली राम्रो लाग्यो ।
  • भाषा शैली, व्यख्या विश्लेसण, अनुशासित, मर्यादित, कर्तब्यनिष्ठ व्यक्ति हुनुहुन्छ ।
  • सहभागिहरुलाई बुझाउने शैली सरल र सजिलो बनाएर सिकाउने भयो ।
  • नबुझेका कुराहरु दोहोराएर सरल भाषामा बुझाउनु हुन्छ ।
  • साथी जस्तो ब्यवहार गर्ने, नजानेका साथिहरुलाई पनि एक्दमै अगाडी बढाउन मदत गर्ने ।
  • सही कुरालाई आडान राख्ने बानी राम्रो छ ।
  • आफूले दिने बिषयवस्तु एकदमै प्रष्ट पार्नु हुन्छ । 
  • सही भए सही र गलत भ एगलत भनेर छुट्याउने वानी राम्रो छ । 
  • कुरा बुझाउनको लागि simple तरिकाले तर्क गर्नुहुन्छ यो राम्रो बानी हो ।
  • तर्क सहित बुझाउने र प्रश्न गर्न सक्ने ।
  • क्रान्तिकारी
  • स्पष्ट वक्ता, असल नेतृत्वकर्ता, कानुन सम्बन्धि जानकार, पिडितहररुको पक्षमा आडान लिएर अगाडी बढ्ने, दृढ संकल्पी, समय परस्थीति अनुसार व्यवहार ।
  • तर्क गर्न सक्ने क्षमता भएको व्यक्ति ।
  • प्रश्न माथि प्रश्न गरेर प्रष्ट पार्ने शैली राम्रो थियो ।
  • हसिलो अनुहारले समान समान व्यवहार गरेर प्रशिक्षकमा हुनुपर्ने सवै गुणको भण्डारले भरिएको ।
  • सहभागिहरुको इच्छा चाहना अनुसारको सहजिकरण वातावरण र अन्य व्यवस्थापन गर्ने शैली राम्रो छ । 
  • विषय वस्तु बुझाउने विधि अतिनै राम्रो रहेको छ । 
  • रजक सर एकदम्मै मिलनसार, सवैसँग घुलमिल हुनसक्ने सरल भाषा मीठो बोली, विषयवस्तुमा विज्ञ जसले गर्दा हामीलाई सिक्न सजिलो भयो ।
  • विषयवस्तु सहभागिहरुलाई प्रष्ट बुझाउन सक्ने क्षमता भएको ।
  • नबुझिएको विषयलाई सानो भन्दा सानो रुपमा उदाहरण सहित बुझाउने बानी राम्रो ।
  • प्रस्तुतीको विषयमा एकदमै सानो कुरालाई समेटेर छलफल बढाउने क्षमता भएको ।
  • २ बर्षको साथमा हामीसँगै सरमा पनि धेरै परिवर्तन आएको देखे । तलिमको क्रममा धेरै ज्ञान बढेको र सो ज्ञान तुरुन्त हामीलाई share गर्नु भएको पक्ष म पछि गएर पनि यो बानी पछ्याउने छु ।
  • सहभागिहरुलाई बुझाउदा सरल भाषा र नरिसाइकन सिकाउने शैली साह«ै राम्रो भएको छ । 

2. सुधार गर्नुपर्ने पक्षहरु 

  • सबै सहभागीहरुलाई समान रुपमा समयमै सुचना दिनु पर्ने ।
  • बिषयवस्तुमा स्पष्ट पार्दा धेरै समय नलिने ।
  • ब्यवस्थापन क्षमता सुधार गर्नुपर्ने । 
  • डाँट्ने (हप्काउने) बानिमा सुधार गर्ने ।
  • सहजिकरण गर्दा कहिलेकाही रिसाउने बानी छ जुन सुधार गर्न आवश्यक छ ।
  • सहजीकरण गर्दा एकै ठाउँमा धेरै बेर नउभिने ।
  • कहिले काही समस्या परेमा फेलोको समयलाई  व्यवस्थित गर्नु पर्नेछ ।
  • घमन्डीपन कम गर्नु पर्छ । 
  • कुनै विषयमा बढी समय खर्च गर्नु तथा कुनै विषयलाई छोएर मात्रै अगाडी बढ्ने भन्दा पनि विषयबस्तुको आवश्यकता अनुसार समय निर्धारण गर्ने । 


प्रिय फेलोहरु दिएको पृष्ठपोषणलाई पूर्ण रुपमा स्वीकार्दै आजैको मिति देखि सवल पक्षलाई अझै सवल बनाउदै सुधार गर्नुपर्ने पक्षलाई सुधार गरिदै जाने प्रतिवद्धता जाहेर गर्न चाहन्छु ।

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।