समता र न्यायलाई कसरी बुझ्ने ?

एक जना परिवार जहाँ आमा, बुवा र दुई छोरा छोरी छन् । उनीहरुलाई खानाको रुपमा एक प्लेट कुखराको मासु र सबैलाई पुग्ने भात छ । तर परिवारको सबै सदस्यलाई कुन सिद्धान्तमा आधारित भएर विचरण गर्ने ? सामानताको सिद्धान्तमा रहेर विचरण गरियो भन्ने आमा बुवालाई अन्याय हुनसक्छन् । तर समताको हिसावले वा आवश्यकताको सिद्धान्तलाई आत्मसाथ गरेर वितरण गरयो भने सवलाई न्याय हुन्छ ।

तिन जना साथीहरु मोहन, सिता र हरि छन् । उनीहरुसँग एउटा मात्र बाँसुरी छ । मोहनले भन्छ बाँसुरी मेरो हुनुपर्छ किनकी बाँसुरी बजाउन मलाई आउछ । सिताले भन्छे बाँसुरी मेरो हुनुपर्छ किनकी तिमी दुई जना भन्दा म गरिब छु र मलाई खेल्न अरु खेलौना छैन । हरिले भन्छ यो मेरो हुनु पर्छ किनकी यो मैले बनाएको हुँ ।

तिनैजनाको दावीको पछाडी वैचारिक वा दार्शनिक दृष्टिकोणले काम गरेको छ । राज्यको शासण प्रणाली जुन दर्शणवाट शासित हुन्छ त्यही विचारको पक्षमा निर्णय हुनसक्छ ।

मोहनः उपयोगितावादी
सीताः समानतावादी
हरिः उदारवादी

Comments

Popular posts from this blog

Dr Ambedkar’s Speech at World Fellowship of Buddhists, Nepal

बुद्ध ने घर क्यों छोड़ा? ब्राह्मणवादीओ का जूठा प्रचार

चम्चा युग