के अछुतहरु छितरा व्यक्ति नै थिए ?

राजकिशोर रजक
आदिम समाज पशुपालनको क्रममा टाढा टाढा सम्म जान्थ्यो । यस क्रममा कविला समुह र जाति समुहहरुको विचमा पशु र स्त्रीहरणको लागि एक आपसमा युद्ध हुन्थ्यो । युद्धको क्रममा जो समुह हाथ्र्यो उनीहरु टुकडा टकुडा भई यता उती घुमिरहनु पथ्र्याे र त्यहाँ हरेक व्यक्तिको अस्तित्व कविला भएर गुजरन्थ्यो र एउटा कविलाको सदस्य अर्को कविलामा सामेल हुन पाउदैन्थ्यो । यसरी छितरा व्यक्तिको जन्म भई गहिरो समस्याको शिकार भए । तर प्रश्न आज पनि अनुतरित छ कि अछुतहरु छितरा व्यक्ति नै थियो त?
जब आदिम मानवलाई भुमि रुपि नाँया संपदाको पता लागे तब वहाँहरुको जीवन बिस्तारै बिस्तारै स्थीर हुन गयो । तर सबै कविलाहरु एकै समयमा स्थीर भएन । केहि स्थायी रुपमा बसोवास गर्न थाले भन्ने केहिको जीवन घुमन्ते नै रहयो । घुमन्ते कविलाहरु स्थायी रुपमा बसोवास गरिरहेका संपति देखेर लोभ उत्पन्न भई वहाँहरुमाथि हमला गर्न थाले । तर स्थायी रुपमा बसोवास गरिरहेका मानिसहरु आफ्नो घरवार छाडेर घुमन्तेहरुलाई लखेट्ने र मारकाट गर्न चाहदैनथे र वहाँहरु आफ्नो सुरक्षामा कमजोर भैसकेका थिए । वहाँहरुलाई केहि यस्ता मान्छे चाहिएका थिए जो सुरक्षाको पहरेदारी गर्न सकोस र साथै छितरा व्यक्तिहरुलाई पनि यस्ता व्यक्ति चाहिएका थिए जो वहाँहरुलाई सरन दिन सकोस् । यी दुईटै समुहले कसरी आफ्नो समस्या कसरी समाधान गरयो भन्ने कुराको एथेष्ट प्रमाण फेला परेको छैन् तर जस्तो सुकै सम्झौता भए पनि दुईटा कुरा विचारणिय हुनुपर्छ – रक्त सम्बन्ध र यूद्ध नीति । प्राचिन मान्यता अनुसार रक्त सम्बन्ध नै एक ठाउ बस्न सक्ने र यूद्ध नीति अनुसार पहरेदारीकालागि सिमा सुरक्षा ।
डा. अम्बेडकरको अनुसार अछुत नै छितरा व्यक्ति थियो । वहाँको विचारमा गाँऊमा बस्ने जाति समुह र अछुतहरुको गण देवता विचको भिन्नता नै यसको सबभन्दा ठूलो प्रमाण हो । तर यस प्रकारको अध्ययन उपलब्ध छैन् । त्यतिवेलाको प्राचिन भाषालाई आधार बनाउने हो भन्ने अछुतलाई दिएको नाम अन्त्य, अन्त्यज, अन्त्यवासिन आदि प्रयोग भएको देखिन्छ जुन अंत धातुवाट बनेको छ । हिन्दु पण्डितको अनुसार यसको अर्थ अन्तिममा जन्म भएको भन्छ । तर यो तर्कमाथि विचार गर्दा अपरिपक्क वा काँचो हो किनभने हिन्दु शास्त्र अनुसार अन्तमा शुद्रको जन्म भएको थियो । ब्राह्रमाको सृष्टि रचनामा अछुत बाहिरको प्राणि हो । शुद्र सवर्ण हो भन्ने अछुत अवर्ण हो । वहाँको विचारमा अन्त्यजयको अर्थ सृष्टि क्रमको अन्त्य हुदैन् तर गाँऊको त अन्त्य हुन्छ । छितरा एउटा नाम हो जो जाँऊको सिमामा बस्ने मान्छेलाई दिएका थिए ।
यस्तो किसिमको घटना आयरलैँड र वेल्समा पनि घटेको पाईन्छ जहाँ ब्रेहनको कानुन एउटा कविला समाजको चित्रित गर्छन् । यस प्रकारको समाजमा कविलाको बढिभन्दा बढि जमिनमाथि मुखिया वा कुलिन परिवारको कब्जा हुन्थ्यो भन्ने बाँकि पर्ति तथा वेकारको जमिनमाथि कविलाहरुको सामुहिक स्वामित्व हुन्थ्यो र त्यसमाथि पनि मुखियाहरुको पूर्ण रुपमा नियन्त्रण कायम हुन्थ्यो । उक्त जमिनमाथि मुखियाहरुले फ्यूदहिरहरुलाई बसाउथ्यो जो वहाँहरु अरु कविलावाट भागेर अपरिचित भएका हुन्थे र वहाँहरुको सम्बन्ध मुल कविलाहरुवाट टुटिसकेका हुन्थे । वहाँहरुलाई छितरा मानिसहरु कहाँ फ्यूदहिर किसना भएर वस्नुको विकल्प थिएन् । सिमोमले आफ्नो किताब “ट्राईवल सिस्टम इन वेल्स”मा भनेको छ कि वेल्सको गाँऊ दुई भागमा विभाजित थियो, एक स्वतन्त्र किसानको घर र अर्को पराधिन किसानको घर । यसको कारणको वारेमा वहाँको विचारमा आदिम कविला समाजमा दुई स्वतन्त्र व्यक्ति विचको आधार रक्त सम्बन्ध नै थियो र जो रक्त सम्बन्धको थिएन वहाँहरु कविलाको हिस्सा हुदैन्थ्यो । यसरी वेल्स समाजमा दुई वर्ग थियो, वेल्स रक्त सम्बन्ध र अपरिचित रक्त सम्बन्ध ।
यसवाट के स्पष्ट हुन्छ भन्ने आदिम समाजका गाँऊहरु दुई हिस्सामा बाँडिएका थिए । एउटा हिस्सामा कविलाहरुको वसोवास थियो भन्ने अर्को हिस्सामा फरक फरक कविलाका छितरा व्यक्तिहरु वसोवास गर्थे । कविलाहरु वस्ने ठाँउलाई गाँऊ भनिन्थ्यो भन्ने छितरा समुदाय गाउको वाहिर बस्ने गथ्र्यो । छितरा मानिसहरुलाई गाँऊ भन्दा वाहिर राख्नुको कारण उनीहरु पराय थियो र मुल कविलावाट उनीहरुको सम्बन्ध टुटिसकेको थियो ।
आदिम समाज रक्त सम्बन्धमा अधारित कविला समुह थियो भन्ने वर्तमान समाज नश्ल समुहमा रुपान्तरण भैसकोको अवस्था छ र साथ साथै खनावदोशवाट स्थायी रुपमा वसोवास गर्ने समाजमा पनि रुपान्तरित भएको छ । रक्तको समानताको आधारमा क्षेत्रको समानतालाई एकताको रुपमा मान्यताको विकास भएपछि छितरा व्यक्तिको वस्ति अन्यत्र लुप्त भएको पाईन्छ ।
सिमोमको अनुसार वेल्सको ग्रामिण पद्धतिमा सिमरु (दक्षिण वेल्स) नौ पिढीसम्म बसोवास गरेपछि कुनै अपरिचितको सन्तान स्वंम कविलाको हिँस्सा हुन्थ्यो । अपरिचितहरुको सन्तान सिमरुसँग बारम्बार विवाह गरेपछि चौथो पीढिमा सिमरु हुन्थ्यो । तर हिन्दु समाजमा यस्तो किन भएन ? जब कि मनुले यसको उल्लेख (१०.१४–१०.६७) गरेका छन् कि कोई शुद्र सात पिँढिसम्म ब्राहमण जातिमा विवाह गरे पछि ब्राहमण भैहाल्छन् । तर प्राचिन विधानको चातुर्वण्यको नियम थियो कि शुद्र कहिले पनि ब्राहमण हुन सक्दैन र मनु यसवाट टसमस भएन । यस्तो भैदिएको भए हिन्दु समाजमा पनि छितरा समुदाय मुल समुदायमा अन्तरघुलन भई वहाँहरुको अलग बस्तिको अस्तित्व नष्ट भैहाल्थ्यो । तर दुर्भाग्य यस्तो किन भएन ? यसको मुल कारण छुवाछुत नामको तत्व अस्तित्वमा आईसकोको कारण आज पनि हिन्दु समाजमा अछुतहरुको छुट्टै बस्ति छन् ।
rajak.raj62@gmail.com
सामाजिक अभियानकर्ता

Comments

  1. यो लेखमा लेखिएका कुराहरुको प्रमाण के के छन उल्लेख गरिएको छैन । तर मेरो विचारमा अछुत बनाइनुको कारण उनीहरुले गरेको गम्भीर अपराधको सजाय हुनु पर्छ । मनुस्मृतिले बताउँछ सवर्ण स्त्री र शुद्र पुरुष विच यौन सम्बन्ध वा विवाह भएमा ती र तिनका सन्तानहरुलाइ सजाय स्वरुप अछुत बनाइन्थ्यो । आर्य समाज आफ्नो कुलको रक्षाको मामिलामा निकै सम्बेदनशील थियो । त्यसैले स्त्रीहरुले परपुरुषसँग सम्बन्ध राखी बच्चा नजन्माउन भनेर महिलाहरुमाथि अनेकौँ प्रतिबन्धहरु लगाइयो । सम्पन्न आर्यहरुले शुद्रहरुलाइ दासको रुपमा प्रयोग गर्दथे । काल रंगका भारतीय आदिवासीहरु शुद्र वर्णमा पर्थे । आर्यहरु मध्य एसियाबाट आएका गोरा जातिका थिए । कहिले काहिँ आर्य स्त्री र शुद्र पुरुष विच यौन सम्बन्ध वा विवाह पनि भइ हाल्थो । यो कुरा उच्च जातका मानिने आर्यहरुलाइ सैह्य भएन । त्यसैले दण्डित गरी तिनीहरुलाइ अछुत बनाइयो । यसबाट आर्यहरुलाइ दुइ कुराहरु फाइदा भए । १ आर्य स्त्रीहरु र दास पुरुष विच यौन सम्बन्ध वा विवाह गर्न हतोत्साहित गरियो । यसले उनीहरुको कुलको रक्षा सुनिस्चित भयो । विवाहको लागि आर्य स्त्रीको कमी कम हुने भयो । यो व्यवस्था नगरेको भए एका तिर उच्च जातिका मानिएका आर्यहरुको घरमा छोरी बुहारीहरुले काल दासका पेट बोक्ने सम्भावना बढी हुने थियो । आर्यहरु मध्य एसियाबाट भारत आउँदा पुरुषको तुलनामा स्त्रीहरु कम आएका थिए । पुरुषहरु भारतको धनको लोभमा हुलबाँधी आएर यहिँका काला आदिवासीहरुको जमीन र स्त्री कब्जा गरी आफ्नो घरबास जोडेकाले आर्य समाजमा सुद्ध आर्य स्त्रीहरुको माग बढी थियो । उनीहरु सकेसम्म आर्य स्त्रीहरुलाइनै विवाह गर्न चाहन्थे ताकि उनका सन्तानहरु बाबु जस्तै गोरा र शुद्ध नश्लका होउन । आर्यका छोरीबुहारी शुद्रसँग नजाउन भन्थे । २ अछुतहरुको सस्तो श्रम निरन्तर उपयोग गर्न पाउनु । यसले आर्थिक लाभ प्राप्त हुने भयो । धनी आर्यहरु दासहरुको श्रममा भर पर्न थालेका थिए । दण्डित अछुतहरुलाइ गाउँकै छेउमा राखेर आर्यहरुले खेतीपाती वा अन्य कामको लागि उपयोग गर्न चाहे । मनुस्मृतिमा विलोम विवाह (शुद्र पुरुष र आर्य स्त्री विचको विवाह) गर्नेलाइ अछुत बनाउने व्यवस्था लेखिएकै छ । यो बाहेक अन्य गम्भीर अपराध गर्नेहरुलाइ पनि रिस फेर्न अछुत बनाउने चलन थियो होला ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।