नेपालका शासक को हुन् ?

राजकिशोर रजक
नेपालका शासक जाति को हुन् भने प्रश्नमा जानु भन्दा अगाडि हामी यो एतिहासिक सत्यलाई स्वीकार गराैं कि प्रत्येक देशमा दुई वर्ग हुन्छ – शासक वर्ग र दास वर्ग । यी दुई वर्गको विचमा निरन्तर सत्ता संघर्ष भैरहेका हुन्छ । शासक जाति आफनो सत्ता र प्रतिष्ठाको बलमा शासित वा दासमाथि आफनो प्रभुत्व जमाएका हुन्छन् । आजको सन्दर्भमा प्रतिनिधिमुलक संसदिय लोकतन्त्रमा वालिग मताअधिकार वा चुनावको माध्यमवबाट सत्ता प्राप्त गर्न शासक जातिलाई कुनै अवरोध हुदैन। नेपाली राजनीतिक दलको बनौट नै यसको ज्वलन्त उदाहरण हो ।
नेपालको शासक जाति को हुन् ? शासक जातिको लागि यो प्रश्न आवश्यक नहुन सक्छ तर अन्तर्राष्ट्रिय समुदाय र स्वय्म शासित जातिको लागि यो प्रश्न आवश्यक मात्रै होइन महत्वपूर्ण पनि छ । त्यसैले यो प्रश्न माथि गहिरो विचार गर्नु पर्छ । नेपालमा शासक जाति मुलतः हिन्दु ब्राहमणवदि पुरुष नै हो । आजको ब्राद्मण र क्षत्री यसलाई खण्डन गर्छन् कि उनीहरु शासक जातिसँग सम्बन्धित छन् । कुनै समय उनीहरु आफुलाई भुदेव भन्थे । संसारको प्रत्येक समुदायमा बौद्धिक वर्गलाई निश्चित आचार संहिताद्धारा पावन कर्तब्यको जिम्मेवारी प्रदान गथ्र्यो ताकि समुदायको हित संरक्षण होस् । बौद्धिक वर्ग नैतिक रुपमा समुदाय प्रति जिम्मेवार हुन्थ्यो । यो होईन कि आफ्नो हित वा स्वार्थको लागि आफ्नै कर्तब्यलाई बलि चढाउथ्यो । संसारमा कुनै अध्यात्मिक वर्गले यति विश्वासघात गरेका छैन् जति हिन्दु समाजमा ब्राहमणले गरेका छन् । वंशानुगत शासक र वंशानुगत शासित नेपाली शासनको मुल चरित्र हो । हिन्दु समाज शासनमा आधारित भएको हुनाले ब्राद्मण क्षत्रि नै यहाँको शासक जाति हो ।
ब्राह्मण क्षेत्री नै शासक जाति हो भने कुरालाई दुई तरिकावाट परिक्षण गर्न सकिन्छ । पहिलो हिन्दु समाजमा आम समुदायको ब्राद्मण प्रतिको भावना र दास्रो शासन प्रशासनमा उनीहरुको सहभागिता र नियन्त्रणलाई आधार मान्न सकिन्छ । जहाँसम्म पहिलो परिक्षण अर्थात आम समुदायको ब्राह्मण प्रति भावनाको सवाल छ त्यसमा कुनै शंका गर्ने ठाँउ छैन् । सर्वसधारणको भावना अनुसार ब्राह्मण सवैको लागि पवित्र हुन् । उनीहरु अध्यात्मिक धर्मात्मा हुन् । ब्राह्मणको आगाडि सव नतमस्तक हुन्छन् । एउटै कशुरमा गैर अरु दण्डित हुन्थ्यो भन्ने ब्राह्मणले मुक्ति पाउथ्यो । प्राचिनकालमा ब्राह्मण जति नै जघन्य अपराध गरे पनि उसलाई मृत्यू दण्ड दिने चलन थिएन् । ब्राहमणलाई पवित्र मनुष्य मानेर सवै प्रकारका सुविधा प्राप्त हुन्थ्यो । हिन्दु समाजमा एक समय यस्तो थियो शासित वर्गको कुनै पनि ब्यक्ति खाना खानु भन्दा पहिला पानि पिउँदैनथ्यो जबसम्म त्यो पानीबाट ब्राह्मणको खुट्टाको बुढी औला नधोएको होस् । हिन्दु समाजमा ब्राद्मण पहिलो फल प्राप्त गर्ने सच्चा अधिकारी हुन्थ्यो । आज पनि विभिन्न ठाँउमा यो मान्यता कायम नै छ । भुदेव र देवको रुपमा पुजनीय थियो ।
दोस्रो परिक्षणवाट पनि सजिलै भन्न सकिन्छ कि नेपालको शासन प्रशासनमा ब्राह्मण क्षेत्रीको सहभागिता शासित जातिको तुलनामा अकाश जमिनको फरक छ । नेपाली राज्य सत्ता मुख्यतः कार्यपालिका, ब्यवस्थापिका, न्यायपालिका, नेपाली सेना, प्रहरिमा ब्राह्मण क्षेत्रिको सहभागिताको गणितले झनै प्रष्ट पार्छन् कि ब्राह्मण क्षत्रि नै नेपालको शासक जाति हो । अझै सजिलो गरि भन्नु पर्दा ७५ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी, स्थानिय विकास अधिकारी, प्रहरि प्रमुख, जिल्ला न्यायधिस, मन्त्री, प्रधानमन्त्री, राष्ट्रिय योजना आयोग आदि तथ्याङ्क पल्टाएर हेर्दा हुन्छ ।
शासन प्रशासनमा यस्तो किसिमको अन्य तथ्य पनि राख्न सकिन्छ तर त्यसको लागि मिहिनेत गर्नुको कुनै आवश्यकता छैन । ब्राद्मण क्षत्री आफुलाई शासक जाति मान्छन् कि मान्दैन् त्यो उनीहरुको नैतिक मुल्यको प्रश्न हो तर वास्तविकता शासन प्रशासनमा ब्राद्मण क्षत्रीको नै एकाधिकार कायम छ। विषेश रुपमा विचार गर्नु पर्ने कुरा के हो भने ब्राह्मण आफु स्तर कै अन्य जातिलाई साथ लिई आफनो श्रेष्ठता कायम गर्दै आईरहेका छन् । यसको मुल कारण सँख्यामा ब्राह्मण तुलनात्मक रुपमा कम छन् । जनसँख्याको अनुपातमा ब्राह्मण कम भए पनि चुनावमा उनीहरुको प्रतिनिधित्व कसरी अधिक हुन्छन् । यसको प्रमुख कारण शासन सत्तामा एकाअधिकार भए पछि अरु बाँकि क्षेत्रमा पनि एकाधिकार कायम गर्न सहज हुन्छ ।
प्रत्येक देशमा शासक वर्ग हुन्छ तर प्रश्न संसारका शासक जाति र हिन्दु समाजका शासक जातिमा मुलभुत फरक छन् । संसारमा पनि शासक जाति छन् । यसवाट कुनै देश मुक्त छैन् । फ्रान्सेली क्रान्ति भन्दा अगाडि पनि शासक वर्ग थियो । जपानमा पनि १९औँ शताब्दी भन्दा पूर्व शासक जाति थियो । जतिवेला जपान आफनो संविधानलाई आधुनिक रुप दिने फैसला गर्यो । यी दुवै देशले महशुस गर्यो कि यो हाम्रो लागि राष्ट्रिय संकटको समय हो । आफनो अधिकार र विशेषाधिकारलाई त्याग्ने निर्णय गर्यो ताकि कुलीनतन्त्रवाट सहज तरिकाले लोकतन्त्रमा रुपान्तरण गर्न सकियोस् । फ्रांसमा जब क्रान्ति भयो र जनताले शासक जातिवाट समान अधिकारको माग गर्यो शासक जाति स्वेच्छाले सत्ता र अधिकार छाडेर जनतासँग समान रुपमा सामिल भए । जति वेला स्टेट्स जनरललाई बोलायो त्यतिवेला कामन्सको ६०० प्रतिनिधि थियो । पादरी र सामन्तकाे पनि ३–३ सय प्रतिनिधि थियो । त्यतिवेला के प्रश्न उठ्यो भने १२०० प्रतिनिधि कसरि बस्ने, कसरी बहस गर्ने र कसरी मतदान गर्ने ? त्यतिवेला कामन्सले आग्रह गर्यो कि सवै प्रतिनिधि एक सभाहलमा जम्मा हुने र एक मतको आधारमा मतदान गर्ने । पादरि र सामंतको केहि मान्छे अस्वीकार गरे पनि अधिकाँसले कामन्सको कुरा स्वीकार गर्यो र फ्रांसलाई स्वतन्त्रता, समानता र भातृत्वमा आधारित संविधान मिल्यो ।
जपानको शासक वर्ग १८५५ देखि १८७० को अबधिमा सामंत शाहीलाई त्यागेर वर्तमान शासन प्रणालीलाई अपनायो । जपानको शासक वर्ग फ्रांसको शासक वर्ग भन्दा अधिक देशभक्त थियो । जपानको समाजमा चार वर्ग थियो : १) दमियो, २) समुराई, ३) हेमिन र ४) ईटा अथवा बहिष्कृत । यी जातिहरुमा सिढी दर सिढी उच-निच वर्ग थियो । वर्गभेदलाई सवै मिली अन्त्य गर्यो । राष्ट्रिय भावनाको विकास गर्यो । शासक जाति दमिया राष्ट्रिय हितलाई सर्वोपरि मानेर आफनो अधिकार र विशेषाअधिकारलाई परित्याग गर्यो र आजको जपान बन्न सफल भएको हो ।
फ्रांस र जापानको शासक वर्गको तुलना नेपालको शासक वर्गसँग कसरि तुलना गर्न सकिन्छ ? नेपालको शासक वर्ग पूर्णत: यसको विपरित छन् । देश हितको लागि वर्ग हितसँग सम्झौता गर्न तयार छैन् । यसको प्रत्यक्ष उदाहरण पहिलो र दोस्रो संविधानसभामा व्यक्त भएका विचारलाई नजिरको रुपमा लिन सकिन्छ । पछिल्लो संविधान २०७२ संस्थागत प्रमाण हो । आफनो अहित वा अधिकार कटौतिलाई राष्ट्र हितसँग जोडेर बोल्ने र व्यवहार गर्नमा आक्रमक नै छन् । राष्ट्रियताको नाममा आफनो सुख–सुविधालाई परित्याग गर्नुको सट्टा नेपालको शासक जाति आफनो सुख सुविधालाई स्थायी बनाउनमा हरेक तरिका अपनाउन पछि पर्दैनन् । राष्ट्रवाद यसको प्रमुख हथियार हो । वंशानुगत शासक र वंशानुगत शासित हिन्दु समाजमा चार तल्लाको घर जस्तो छ जहाँ न त भरयाङ्ग छ, न त ढोका नै ।
लेखक सामाजिक अभियानकर्ता हुन् ।
- See more at: http://esamata.com/insight/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a4%b6%e0%a4%be%e0%a4%b8%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d/#sthash.2AoFDuOJ.dpuf

Comments

Popular posts from this blog

Dr Ambedkar’s Speech at World Fellowship of Buddhists, Nepal

Why Student’s Day Celebrations Don’t Make Sense

वाम एकताको विभ्रम