जातिवादी समाजमा पुननिर्माणको प्रश्न


विनाशकारी भुकम्प पश्चात नेपालको बौद्धिक समाजमा नयाँ बहस शुरु भएको छ । नेपाललाई अब पुननिर्माण गर्नुपर्छ । भुकम्पले गोरखा, धादिङ्ग, नुवाकोट, रसुवा, काठमान्डाँै उपत्यका, काभ्रे, सिन्धुपालचोक, रसुवा र दोलखा आदिलाई बढी प्रभाव पारेका छन् । यी जिल्लाहरुमा नौ हजारको हराहारीमा मानिसहरुको मृत्यू भएको छ । बाईस हजार भन्दा बढि घाईते भएका छन् । लगभग पाँचलाख घरहरु ध्वस्त भएका छन् । हजारौ सँख्यामा बस्तुभाउको मृत्यू भएका छन् । नेपाल सरकारले आपतकालिन अवस्थाको घोषणा गरेका छन् । राष्ट्रिय अन्तराष्ट्रिय स्तरवाट राहत, उद्धार, पुर्नस्थापना, पुननिर्माणको कार्यहरु अगाडी बढिरहेका छन् । भुकम्प प्राकृतिक भए पनि क्षति मानविय हुन्छ । भुकम्पले सवैलाई उही स्तरमा हल्लायो तर क्षति मानविय क्षमता, संकटाभिमुखता र जोखिम अनुसारको भयो । घर भत्कियो तर वर्ग भत्केन । घर भत्कियो तर जात भत्केन । मान्छेको मृत्यू भयो तर सामाजिक सम्बन्धलाई हेर्ने दृष्टिकोणमा रुपान्तरण भएन् । भुकम्प पश्चातको राहत तथा उद्धार कार्यमा जातिवादी गन्ध देखिएको कुरा विभिन्न पत्रपत्रिकामा आएको समाचारवाट पुष्टि हुन्छ । भुकम्पले मानिसको भौतिक संरचनालाईमात्र भत्कायो तर मानिवय सम्बन्ध, जातिवादी सोँच र चिन्तनलाई भत्काउन सकेन् । जातिवादी सोँच र चिन्तन मानव निर्मित भएको हुनाले मानव कै सचेत प्रयासवाट मात्र सम्भव छ । भुकम्पबाट सम्भब हुदैन् । यसकोलागि भुकम्प आईराख्नु पर्दैन् । तर, सत्य के हो भने जातिवादी सोँच, उचनिचको भावना, सुद्ध असुद्धको भावना आदिको कारण बहुसँख्यक समुदायहरु सिमान्त हुन बाध्य छन् । मानव अधिकारवाट बञ्चित हुन बाध्य छन् । भुमिहिन हुन बाध्य छन् । अन्ततः सबभन्दा बढी जोखिममा जीवन बाच्न बाध्य छन् । भुकम्पलगायतको प्रकोपको असर पनि त्यो समुदायलाई बढि हुन्छ जो सिमान्त छन् । भुकम्प आफैमा प्राकृतिक भए पनि असर राजनीतिक हुन्छ । भुकम्पको प्राकृतिक पक्षलाई हेरेर दृष्टिकोण निर्माण गर्ने कि असरलाई हेरेर पुननिर्माणको दृष्टिकोण निर्माण गर्ने । केन्द्रीय प्रश्न यहि हो ।
नेपाली समाजको सामाजिक बनौट जातिवादी छ । जातिवादी केवल जातियता पाल्दैन् उच निचको भावना पाल्छ । लोक भावनालाई गाला निमोठ्छ । लोक विचारलाई निरुत्साहित गर्छ । मानव सिद्धान्तभन्दा पनि शासनमा आधारित छ । भुकम्पको असर समुदाय पिच्छे फरक भएको हुनाले पुननिर्माणको कार्यपनि सोहि बमोजिम हुनुपर्यो । समाजमा घटने घटना परिघटावाट सिकाई हासिल गरि अगाडीको बाटो तय गर्नुपर्छ तर घटनावाट सिक्नकोलागि बौद्धिकताको निश्पक्षता अनिवार्य हुन्छ । सिकाईलाई केवल बैषाख १२ गतेको प्रविधिक घटनालाई मात्र आधार बनाएर पुननिर्माणको वाटोलाई तय गर्न सकिदैन् । सिकाईलाई समाजको एतिहासिक विकासक्रमसँग जोड्नु पर्छ । आज गर्ने पुनिर्माण हिजोको भन्दा के मानेमा पृथक वा फरक हो । समाजिक संरचनाले सिमान्त बनाएको छ । पितृसत्ताबादी सोचले महिलालाई अनागरिक बनाएको छ । जातिवादी सोँच र चिन्तनले दलितहरुलाई किनारीकरण गरिएका छन्, अमानुस बनाएका छन् । महिला, दलित, अतिसिमान्तकृत आदिवासी जनजातीको अवस्था तुलनात्मक रुपमा हिजो पनि नाजुक थियो र भुकम्प पछि झन नाजुक र दयनिय बनाएको अवस्था छ । यस्तो अवस्थामा गरिने पुननिर्माणको लागि कस्तो ज्ञान र बौद्धिकता चाहिन्छ ?
पुननिर्माण भनेको के हो ? यसले समाजिक सम्बन्धहरुलाई लोकतान्त्रिकरण गर्छ कि गर्दैन ? जात वा जन्मको आधारमा निर्माण हुने समाजिक स्थान वा हैसियतलाई रुपान्तरण गर्छ कि गर्दैन् ? सम्बन्धहरुलाई मानवियकरण गर्छ कि गर्दैन् ? समाजमा स्थापित रहेका शक्ति सम्बन्धहरुलाई रुपान्तरण गर्छ कि गर्दैन् ? आदि प्रश्नहरु जन्माई रहेका छन् ।
प्रकोप र विकास एक अर्कामा अन्तरसम्बन्धित छ । प्रकोपले नवनिर्माणकोलागि अबसर प्रदान गर्छ । समाजलाई नयाँ ढङ्गवाट पुननिर्माण गर्न अवसर त प्रदान गर्छ तर त्यसकोलागि राष्ट्रिय संकल्पको आवश्यकता हुन्छ । राष्ट्रिय एकताको आवश्यकता हुन्छ । राष्ट्रिय एकता कसरी हुन्छ जहाँ जन्मिदै विभेद हुन्छ, छुट्टै छिमेकको निर्माण हुन्छ, छुट्टै मनोविज्ञानको निर्माण हुन्छ । समाजिक अलगापन हुन्छ । आफनो र पराया भने सोँचले जडा गाडेका छन् । आफनो जात मात्रै आफनो अरु त पराया भै हाल्यो नि । आफनो छोरा मात्र राम्रो अरुको छोरा बदमास भै हाल्यो नि । यस्तो मनोविज्ञान कुन शिक्षाले निर्माण गरयो ? घरको शिक्षाले गरयो कि स्कुलको शिक्षाले । ज्ञान वा शिक्षाले मनुश्यलाई अन्यायवाट, बिभेदवाट, अत्याचारवाट मूक्त गर्नु पर्ने हो तर किन गरेन ? शिक्षाले मनुश्यलाई स्वतन्त्र बनाउनुको सट्टा दास पो बनाईरहेका छन् । यसरी दासवनाउने शिक्षा प्रणालीमा ज्ञानको निश्पक्षताको आशा कसरी गर्ने ? ज्ञानको निश्पक्षता नभएको समाजमा समाजिक रुपान्तरण सहितको पुननिर्माण कसरी सम्भव हुन्छ । दलितको राजनीतिक, सामाजिक तथा आर्थिक हैसियत गैरदलितको भन्दा कमजोर छ । महिलाको राजनीतिक, समाजिक तथा आर्थिक हैसियत पुरुषको तुलनामा कमजोर छ । गाऊको बनोटपनि जातिवादी छ । शासकजातिको बसोवास बाटोको छेऊमा हुनु तर सिमान्तको बसोवास भिरपाखामा हुनुले मात्र राहत र उद्धारमा फरक पर्छ भने कुरा यहि भुकम्पले सिकाएको छ । शक्ति र निर्णय गर्ने ठाँउमा एकल समुदायको बर्चश्व हुँदा आफनोलाई बढि माया गर्नु जातिवादी दृष्टिकोणले स्वाभाविक नै हो । हिन्दु समाजको मान्यताले मनुश्यलाई मानवतावदी हुनु भन्दा जातिवादी हुनु राम्रो ठान्छ । विद्धताको ठेक्का शासक जातिलाई मात्र हुन्छ । हिन्दुसमाजमा श्रेष्ठताको निर्धारण अप्राकृतिक छ । जन्मिदै श्रेष्ठ हुने, ज्ञानी हुने कुरा आज पनि कायम छ । हिन्दु समाजका बौद्धिकहरुमा ज्ञानको निश्पक्षताको खडेरी नै छ । आजपनि एक प्रसिद्ध नजिर कायम नै छ कि हिन्दुसमाजमा एक जना पनि वाल्टेयरको स्थान ग्रहण गर्न सकेन जसले बौद्धिकताको निश्पक्षता देखायो । वाल्टेयरले आफनै केथोलिक सिद्धान्तको विरुद्धमा विद्रोह गरयो जुन विचारवाट पालन पोषण भएको थियो । आजपनि मानवतावादीले ब्राहमण विद्धवानमाथि एक गम्भिर आरोप छ कि उनीहरुमा एकजाना पनि वाल्टेयर जन्मिन सकेन् । उनीहरुमा पंडिताऊपन हुन्छ बुद्धि हुदैन् । प्रत्येकले आफनो जातिको श्रेष्ठता राख्न चाहन्छ । जातिवादी समाजमा आचरणको स्वतन्त्रता हुदैन् बरु ब्राहमणद्धारा लादिएको असद् पालन गर्ने विधान हो । यहाँ विचारको कुनै स्थान हुदैन बरु आदेशको पालन गर्नु नै उपदेश हो । जुन संघिता बनेको छ त्यो पथ्थरको लकिर नै हो ।
भुकम्प पश्चात बहशमा आएको पुननिर्माण सामाजिक रुपान्तरणको दिशामा अगाडी बढ्नु पर्छ त्यसको लागि बुद्धिजीवीको मस्तिष्कले मात्र सम्भव हुदैन् किनभने बुद्धिजीविले लक्षणमा आधारित ज्ञान निर्माणको कार्य गर्छ । साँचो अर्थमा समाजिक रुपान्तरण वा सुधार सहितको पुननिर्माणको एजेण्डा लाई अगुवाई गर्न बौद्धिकले सक्छ । जातिवादी समाजमा बौद्धिक भेटाउनु असम्भव त होईन तर गाह«ो छ ।

राजकिशोर रजक
अधिकार कर्मी

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।