नाम: प्रदेश नं. २ दलित सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेके विधेयक, २०७५ (सुझाब)


नाम:  प्रदेश नं. २ दलित सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेके विधेयक, २०७५

सुझाब ः प्रदेश नं. २ दलित (मधेशी र पहाडी दलित) सशक्तिकरण विधेयक, २०७५ हुनु पर्छ ।

प्रस्तावनाः
सुझाब ः प्रस्तावना विधेयकको लक्ष्य के हो ? समस्याको मुल कारण के हो ? भन्ने कुरामा प्रष्ट छैन् । छुवाछुतको मुल कारण के हो भने कुरा पहिल्याउन सकेको छैन् । विधेयकले अन्धविश्वास र सामाजिक कुसंस्कारलाई मुल कारण मानेको छ । त्यसको कारण दलितमाथि भेदभाव र हिंसाजन्य घटना घटिरहेको अवस्था छ भनेर मान्छ । कुरितीलाई अन्त्य गर्ने कुरा गरेको छ तर कुरितको मुल स्रोत के हो ? कुरितीको सामाजिकरण कसरी भैरहेको छ भन्ने कुरा पहिल्याउन सकेको छैन् ।

छुवाछुत, उचनिचको भावनाको मुल कारण जातब्यवस्था हो । जातब्यवस्था र त्यसवाट विकसित मनोविज्ञान, सोँच र चिन्तनलाई नष्ट गर्ने उदेश्य प्रस्तावनामा हुनु पर्छ । यसको लागि अन्तरजातिय विवाह, अन्तरजातिय खानपान र अन्धविश्वास र सामाजिक कुसंस्कारलाई मलजल गर्ने शास्त्रलाई नकार्ने र व्यवहारतः बहिष्कार गर्ने लक्ष्य प्रस्तावनामा उल्लेख गर्नु पर्छ ।

प्रस्तावनामा समस्यको सहि पहिचान हुनु पर्छ । समस्याको सहि पहिचान नै समाधानको उपाय हो । तर मस्यौदाकारलाई समस्याको बारेमा जानकारीको कमि देखियो त्यसले गर्दा प्रस्तावना प्रष्ट भएन् । छुवाछुत कम्यूनल (समुदायिक) अपराध हो यसलाई व्यक्तिको अन्धविश्वास वा कुरितीको हिसावले मात्र हेर्नुु हुँदैन् । सामाजिक बहिस्कार जस्तो अपराधलाई कसरी अन्त्य गर्न सकिन्छ भन्ने कुरा विधेयकमा उल्लेख भएको छैन् ।

परिच्छेद–१

सुझाब

परिभाषा प्रदेश नं. २ को परिबेश अनुकुल भएन । हुबहु केन्द्रिय परिभाषालाई कपिपेष्ट गरेको छ । यसले बिबिधतालाई सोझै नकारेको देखियो । प्रदेशको सन्दर्भमा कन्टेक्सचुयलाईज गर्नु पर्छ ।

(घ) दलित भन्नाले राष्ट्रिय दलित आयोगले सुचीकृत गरेका जातजातिलाई सम्झीनु पर्छ । मधेशी र पहाडी मुलको सुचिकृत छ तर विभिन्न समयमा दलितको परिभाषा मधेशी र पहाडी स्पष्ट नहुँदा मधेशी दलित अधिकार र प्रतिनिधित्ववाट बञ्चित भएका छन् । त्यसैले यो परिभाषा प्रदेश सन्भदर्भमा स्पष्ट गर्नु पर्छ ।

(च) छुवाछुतको विषय सार्वजनिक स्थानमा मात्र छैन् । यो स्थान विषेसको हुँदैन् । यो मानसिकतासँग जोडिएको हुन्छ । त्यसैले सार्वजनिक, ब्यक्तिगत र नीजि जीवनसँग सम्बन्धित छ । त्यसैले सार्वजनिक स्थानमा मात्र जातिय विभेद वा छुवाछुतको कुरा गर्नु वा परिभाषा गर्नु पछाडि निहित स्वार्थ हुन सक्छन् । छुवाछुत जघन्य मानव अपराध हो । अपराधि सोँचको अभिब्यक्ति हो । राजनीतिक विषय हो । जातब्यवस्थाको मनोविज्ञान हो । जातब्यवस्थामा अन्तरनिहित अमानुस सोँच हो । त्यसैले सार्वजनिक ठाँउमा छुवाछुतको कुरा गर्नु भनेको मेरो घरमा तिमीलाई पस्ने अधिकार छैन् । मेरो धरामा तिमीलाई पस्ने अधिकार छैन् । छुवाछुत जस्तो अपराध पनि निजि र सार्वजनिक हुन्छ भन्ने सोँच्नु नै लगत हो । अपराधी मनोविज्ञान हो ।

परिच्छेद–२

जातीय विभेद तथा छुवाछुत अनुगमन समिति सम्बन्धि व्यवस्था

सुझाव

मुख्य मन्त्रिको गरिमालाई ख्याल गरेको देखिएन् । पोर्टफोलियोलाई पनि ख्याल गरेको देखिएन । मुख्यमन्त्रिको अध्यक्षतामा अनुगमन समिति बनाउनु हुँदैन् । अनुगमन समितिको दायरा, काम कर्तब्य संकुचित हुन्छ ।
अनुगमन समिति बनाएर हुँदैन् । अनुगमन हुँदैआइरहेको छ । दलित आयोग लगायत मानव अधिकारकर्मिले विभिन्न अनुगमन गरेका छन् । कुरा सामाजिक न्याय स्थापित गर्ने हो । त्यसको लागि अधिकार सम्पन्न इन्सटिच्यूसन बनाउनु पर्छ जसले फास्ट ट्राकवाट पिडितलाई न्याय दिन सकोस ।

छुवाछुत वा जातिय विभेदको घटनामा समुदाय विभाजित हुन्छ । पिडितलाई सामाजिक बहिष्कार सम्म हुन्छ । जातिय माफिया विरुद्ध लडेका बर्दिवासका, महोत्तरी की बुद्धमाया विश्वकर्माको केस लाई मसिनो गरि अध्ययन गर्यो भने कस्तो किसिमको समितिको आवश्यकता पर्छ भने कुराको अवगत हुन सक्छ । यस्ता कयौ घटना छन् । समाजिक बहिष्कार कयौ घटना छन् । त्यसैले स्वायक्त इन्सटिच्यूसन बन्नु पर्छ र त्यो दलितको नेतृत्वमा हुनु पर्छ ।

समितिको काम, कर्तब्य र अधिकार

विधेकमा समितिको काम कर्तब्य र अधिकार झरा टार्ने खालका छन् । अध्ययन गर्ने, अनुगमन गर्ने, प्रतिवेदन बनाउने, निगरानी गर्ने समन्वय गर्ने, सहजिकरण गर्ने, प्रचार प्रसार गर्ने, पैरवी गर्ने, बाधार अबरोध, समस्या निराकरण, प्रदेश सभालाई सल्लाह सुझाव..........आदि कुरा उल्लेख गरिएको छ । यो हुँदै आएको हो । यसले खासै दलित सशक्तिकरण हुने छैन् । यस्ता कार्यले दलित अशक्तिकरण हुन्छन् ।
राज्यले स्वायक्त इन्सटिचुसन बनाएर केसलाई जघन्य सामाजिक अपराध घोसित गर्नु पर्छ । कुनै पनि वहानामा पिडकले उन्मुक्ती पाउनु हुँदैन ।

उजुरी गर्ने कुरालाई सहज बनाउनु पर्छ । दण्ड सजायको ब्यवस्था स्पष्ट हुनु पर्छ । तजविजको अधिकारलाई ठाँउ दिनु हुँदैन् । अपराधीलाई दण्डीत गरे पछि सामाजिक बहस्कारको गर्नेलाई काडा कार्यवाहि गर्नु पर्छ । न्यायकि प्रक्रियालाई सहज, सलभ बनाउनु पर्छ ।

५) स्थानिय जातिय विभेद तथा छुवाछुत अनुगमन समिति

जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा यस्ता समितिको ब्यवस्था गरिएको हो । तर, यो समितिले के कति कार्य गर्यो गरेन हामी सवैलाई थाहाँ छ ।

सामाजिक न्याय कसले दिन्छ । संसारभरि ब्यवस्थाले दिन्छ । ब्यवस्थामा कसको कब्जामा छ । सामाजिक अन्याय गर्नेको कब्जामा छ । उनीहरुवाट न्यायको आश गर्न सकिदैन् । त्यसैले मेयर, उपमेयर, अध्यक्ष आफै जातिय विभेद, छुवाछुतमा संलग्न भएको कयौ उदाहरण छन् । स्थानिय तहमा पनि स्वायत्त अधिकार सम्पन्न समिति निर्माण गर्नु पर्छ । जननिर्वाचित जनप्रतिनिधिले दलितलाई न्याय दिन्छ भन्ने कुरा विश्वास गर्न सकिरहेको अवस्था छैन् ।

परिच्छेद –३

६. दलितलाई निशुल्क शिक्षा ः

संविधानले सवै वालवालिकालाई आधारभुत शिक्षा निशुल्क, अनिवार्य र गुणस्तरिय र माध्यमिक शिक्षा निशुल्क र गुणस्तरिय भनेको अवस्थामा दलितलाई प्राथमिक तह देखि उच्च माध्यमिक तह सम्मलाई अनिवार्य र निशुल्क शिक्षाको ब्यवस्था गरेको देख्दा अच्चम्म लागेको छ ।

यहिले शिक्षा दुई तह सम्म छ । आधारभुत (कक्षा ८ सम्म) र माध्यमिक (कक्षा १२ सम्म) । प्राथमिक र उच्च माध्यमिक छदै छैन् । मस्यौदा कहाँ बन्दो रहेछ भन्ने कुरामा शंका लागेको छ ।

निशुल्क शिक्षाको परिभाषा स्पष्ट छैन् । केवल ट्यूसन फि माफ गरेको लाई निशुल्क भन्न मिल्दैन् । निशुल्क भनेको सिकाई प्रक्रियालाई अप्ठीयारो बनाउने आधारभुत पक्ष समेटनु पर्छ । पुस्तक, स्टेशनरी, यातायात, ट्यूसन फि, खाजा, दिवा खाना आदि सवैलाई समेट्नु पर्छ । अनि मात्रै निशुल्क भनेर बुझ्नु पर्छ ।

दलितको साक्षरता प्रतिशत सबभन्दा कम छ । त्यसमा पनि दलित महिलाको साक्षरता अझै दयनिय अवस्थामा छ । राज्यले निशुल्क भनेको छ तर ब्यवहारमा कहि देखिदैन् । विद्यालयले विभिन्न नाममा शुल्क लिइ रहेको अवस्था छ ।
स्कुल सवैको लागि खुला छ भन्छ । सवैको लागि शिक्षाको नारा पनि पुरानो भैसकेको छ । तर कक्षा कोठा भित्र हुने जातिय विभेद, छुवाछुतको घटना र वतावरणमा सिकाई हुन सक्दैन् ।

आधारभुत शिक्षा र माध्यमिक शिक्षाको अधिकार स्थानिय सरकारलाई छ । त्यस विषयमा प्रदेशले कानुन बनाउदाँ स्थानिय निकायसँग समन्वय गर्नु पर्छ ।

विद्यालय बाहिर प्रदेश नं. २ मा सरकारी आँकडा अनुसार लगभग २ लाख बालवालिका छन् । सबभन्दा बढि दलित, मुस्लीम छन् । तीनिहरुको लागि पढ्ने विद्यालय छैन् । ८ देखि १४ बर्षको बालबालिका एक कक्षामा गएर भर्ना हुने अवस्था हुँदैन् । त्यसको लागि सघन सिकाई (उडान) मोडेलको शिक्षा ब्यवस्था अपनाउनु पर्छ । भारतमा यो मोडेल धेरै प्रभावकारी छ । प्रदेश नं. ५ को कपिलवस्तु र रुपन्देहिमा पनि यस्तो शिक्षा ब्यवस्था कार्यान्वयण भैरहेको छ । प्रदेश सरकारले यो मोडेल लागु गर्न सक्छ ।

शिक्षामा प्रदेशको चार अधिकार क्षेत्र तोकिएको छ । प्रदेश विश्वविद्यालय, उच्च शिक्षा, प्रदेश स्तरिय पुस्तकालय र प्रदेश स्तरिय संग्राहलय । यस क्षेत्रमा दलितको अधिकार सुनिश्चिता गर्नु पर्छ ।

परिच्छेद ४

दलित विकास समिति सम्बन्धी व्यवस्था

यो समिति गठनको पछाडि दलितलाई केवल सामाजिक प्राणीको रुपमा परिभाषा गरेको देखियो । दलित समुदायलाई राजनीति प्राणीको रुपमा ब्याख्या गरेको देखिदैन् । त्यसैले केवल विकासको दृष्टिकोणवाट हेरिएको देखियो ।

यसलाई राजनीतिक रुपमा लिनु पर्छ । विकास नभनेर प्रगति, उन्नतीको दृष्टीकोणवाट हेर्नु पर्छ । यसको लागि पर्याप्त बजेट छुट्टयाउनु पर्छ । केवल विकासे दाताको भरमा यो कार्यक्रम चलाउनु हुँदैन् । शिक्षा, स्वास्थ्य, रोजगारि, कला संस्कृतिलाई प्रवर्धन, बौद्धिक अधिकार, नेतृत्व विकास, नीति निर्माणमा पहुँच आदिलाई सम्बोधन गर्नु पर्छ । साथै प्रविधिक तथा भोकेसलन शिक्षामा जोड दिनु पर्छ ।

दलितहरुलाई एक पटकको लागि सुरक्षित बासको ब्यवस्था गर्न पर्छ । त्यसको लागि भुमि, बाटो, विजुलि, खानेपानि, शिक्षा, आदिको ब्यवस्था गर्नु पर्छ ।

राजकिशोर रजक
सदस्य
सुझाव समिती

Comments

Popular posts from this blog

Dr Ambedkar’s Speech at World Fellowship of Buddhists, Nepal

बुद्ध ने घर क्यों छोड़ा? ब्राह्मणवादीओ का जूठा प्रचार

चम्चा युग