जात केवल जैबीक दुर्घटना हो
राजकिशोर रजक
फरक बिचार
हिन्दु समाज एकैचोटि १६औँ र २१औँ सताब्दिमा बाँचिरहेका छन् । यी दुबै विचार, मुल्यमान्यता, सोचलाई सँगसँगै लिएर हिडिरहेका छन् । एका तिर १६औँ सताब्दिको जातब्यवस्था, परम्परालाई संरक्षण गर्नमा गौरव अनुभव गरिरहेका छन् भने अर्को तीर आधुनिकताको पनि दलिल गर्दैछन् । जातब्यवस्थालाई हिन्दु समाजमा रोटि बेटिको सम्बन्धको रुपमा ब्याख्या गरिन्छ । रोटि भनेको खानपित, अलगापन (सेगरिगेसन), छुट्टै छिमेक, छुट्टै बासस्थान आदिलाई बुझाउछन् । यसलाई कायम गर्नकोलागि छुवाछुत एक सजाय (पनिसमेन्ट) को रुपमा समाजमा स्थापित छन् । बेटि भनेको रक्त सम्बन्ध हो । यसलाई कायम राख्नकोलागि सजातिय विवाहको प्रमुख भुमिका छ । आज पनि अन्तरजातिय विवाह किन स्वीकार्य छैन भने यसले स्थापित जात ब्यवस्थालाई भत्काउछन् । जात ब्यवस्था कायम गर्नमा यी दुई विचार व्यवहार त सफल भएका छन् । जात ब्यवस्थाले जात मात्र पाल्दैन्, यसले विसमता पनि पाल्छ, उच निच भावना पनि पाल्छ । जब समाजका कुनै एक समुदायलाई सम्पूर्ण रुपमा अलग गर्छन् तब उनीहरुको आत्मसम्मान, मर्यादा सकनाचुर हुन्छ र आज पनि दक्षिण एसिमा करौडौ मान्छे यस्तो जीवन जीउन बाध्य छन् ।
रक्त सम्बन्ध र जातको विषयलाई एउटा उदाहरणवाट बुझ्ने प्रयास गरौँ । एक जना मैथिल ब्राहमणको बच्चा विरामि थियो । अस्पतालमा भर्ना भएका थिए । रगतको कमिले गर्दा बेहोस भएको थियो । बिरामि बच्चाको रगत उसको परिवारको कसैको रगतसँग म्याच भएन् । ब्लड वैँकमा पनि त्यो समुहको रगतको अभाव थियो । धेरै खोजि नीति पछि उत्त अस्पतालमा काम गर्ने एक जना सफाई कर्मचारिको रगत उसको रगत सँग म्याच भयो । सफाई कर्मचारिको रगतवाट ब्राहमणको बच्चा होसमा आयो र उसले नयाँ जीवन प्राप्त गरे । यसवाट के प्रष्ट हुन्छ भने रगतको चारै समुह हुन्छ जुन सवैकोलागि समान छ । ब्राहमण देखि लिएर सफाई कर्मचारिसम्म समान छन् । यसले के प्रमाणित गर्छ भन्ने रगत सम्म त जात छैन् । यो केवल जैविक दुर्घटना (वाईलोजिकल एक्सिडेन्ट) हो कि तपाई कुन जातमा जन्म भयो किनकी लोकतन्त्र त हामिले मान्यौ तर आमा बुवा छनौट गर्ने अधिकार हामिलाई छैन् । यदि भएको भए सायद मेरो बच्चाले मलाई चुन्दैन्थ्यो होला । त्यसैले जैवीक दुर्घटनावाट प्राप्त हुने सम्पूर्ण प्रतिष्ठा, इज्जत कति ग्रहण गर्ने नगर्ने भन्ने कुरा पनि पुर्णविचार गर्नु पर्छ । यदि कसैले पैदायसी (जन्मिदै) सोच्छ कि म अरु भन्दा श्रेष्ठ छु भने पक्कै उसलाई मानसिक विरामि हुनसक्छन् । जातब्यवस्था र यससँग जोडिएका चिन्तन प्रणालीले हिन्दु समाजलाई अगाडि बढ्नवाट रोकिरहेका छन् ।
दलितका लागि अतीत नर्कभन्दा भयावह छ भन्ने दृष्टिकोणसित असहमत हुनु पर्ने कुनै कारण छैन । हिन्दु समाजमा जात ब्यवस्थाको उत्पती कहाँ कसरी भयो भन्ने विषयको अनुसन्धान मानवशास्त्रीय दृष्टीकोणवाट भएको जस्तो लाग्दैन् वा भएको हो भन्ने त्यो कहाँ छ र के कस्ता जानकारी प्राप्त भएका छन्? अथवा यो कुरा आज पनि अनुत्तरित छ कि हिन्दुहरुले यसको खोजि किन गरेनन् ? रुढिवादी वा पंडित पुरोहितहरु यस्ता खोजको बारेमा कल्पना पनि गर्न सक्दैनन् किनकी जातब्यवस्थालाई उनीहररुले स्वभाविक मान्दैआएका छन् तर आजका हिन्दुहरु एतिहासिक गल्तिलाई स्वीकारे पनि सर्वाजनिक रुपमा यो विषयमाथि छलफल गर्न भित्रैदेखि तयार भएको देखिदैनन् । उनीहरुलाई डर छ कि अरु बाहिरी संसारमा हिन्दु सभ्यता भित्रको अमानुसिकरण, निन्दनीय तथा विषैली समाजिक ब्यवस्थाको पोल न खुलिहालोस् । जातिवादी केवल जातियता पाल्नकोलागि मात्र होईन, उँच निच भावना पाल्नकोलागि पनि विकास भएका छन् ।
इज्जत, गरिमा तथा मर्यादाविनाको जीवन असन्तुष्ट, अधुरो र खोकला हुन्छ । भौतिक शरिर बाच्नकोलागि हावा, पानि र खानाको आवश्यकता पर्छ । तर, मनुश्य जीवन केवल भौतिक मात्र होईन । मनुश्यलाई चाहिने अर्को महत्वपूर्ण चिज भनेको इज्जत (डिगनिटी) हो । जात ब्यवस्थाले रोटिको सम्बन्धको रुपमा समुदाय समुदाय विचमा अलगाव (सेगरिगेसन) ल्याउनमा सफल भएको देखिन्छ । प्रश्न आज पनि अनुत्तरित छ कि हिँन्दु समाजले जातिवादी पालेर के प्राप्त गरे र के गुमाए ? हरहिसाब हुन जरुरी छ । मेरो ठाउँवाट हेर्दा केहि प्राप्त गरेको जस्तो लाग्दैन तर गुमाउनलाई धेरै धेरै गुमाए । मानव मुल्य गुमाए । मानवता गुमाए । भातृत्व गुमाए । आफूलाई अमानुस बनाए । मुख्य कुरा मानव सभ्यतामा पुग्ने बाटो विराए ।
हिन्दु समाजको संरचना मुलतः वर्णाश्रम ब्यवस्थामा टिकेको छ । यो एक कठोर र अनुदार ब्यवस्था हो । अम्बेडकरको अनुसार वर्ण र जात एउटै कुरा होईन । वर्ण पूर्ण रुपले काल्पनिक मिथक भोगवादी वा भाग्यवादी सिद्धान्तसँग जोडिएको देखिन्छ भने जात जन्म सँग जोडिएको हो । जसलाई माथि भनेजस्तो जैविक दुर्घटना पनि भन्न मिल्छ । आजको यूगलाई पुँजिवादी युग भन्छ । दलित पुँजिवादको विकास किन भएन ? पुँजिवाद र सीप अन्तरसम्बन्धित भए पनि हिन्दुसमाजमा शिल्पकर्मीहरु पुँजिवादको लाभ किन लिन सकेन ? कुरा प्रष्ट छ । हिन्दु समाजको मुल बनौट निकै अनुदारवादी छ तर आर्थिक र राजनीतिक प्रणाली एक्कदम्मै उदारवादी छ । यहि मुल अन्तरविरोधको कारण वर्णमा आधारित पुँजिवादको विकास बाँकि संसार भन्दा हिन्दुसमाजमा उल्टो रुपमा भएका छन् । यदि समाजको आर्थिक र राजनीक प्रणाली उदारवादी हुन्छ भन्ने समाजको बनौट पनि उदारवादी हुनुपर्छ । वर्णव्यवस्थाले पुँजिवादको निर्धारण गर्नु हुदैन् । यसलाई विनिर्माण गर्नुको विकल्प छैन् ।
आज भोलि जातमा राष्ट्र देख्ने बोलिहरु खुव सुनिन्छन् । देश र माटोलाई प्रेम गर्नु पर्छ तर यो पूर्ण होईन । देश भनेको भौगोलिक संकल्प हो । यसको सिमा हुन्छ, नदि नाला हुन्छ । राष्ट्र इन्सानको हुन्छ । जहाँ “हामी” भावनाको विकास भएका हुन्छ । जातब्यवस्थाले “हामी” भावनाको विकासमा ठूलो अबरोध खडागरिरहेका छन् । आधुनिक राज्यमा संविधानले भन्छ हामी नागरिक नेपालका हौँ । हामी हिन्दु नागरिक होईनौँ । हामी ब्राहमण नागरिक होईनौँ । हामी नागरिक केवल नेपालका हौँ । तर, विडम्बना कोरा नेपाली नागरिक भेटाउन गाह«ो छ । यी सवै कुराको मुल कारण जैविक दुर्घटनावाट निर्माण भएका जातब्यवस्था नै हो ।
वर्णाश्रम ब्यवस्थामा धर्म, संस्कृति, मूल्य र परम्परा मात्र जोडिएको छैन, यस भित्र शक्ति राजनीति पनि जोडिएको छ । महात्मा गान्धिले भारतिय समाजमा विद्यमान जातिय असमानता र विभाजनलाई स्वभाविक र हानिरहित देखे र यो ब्यवस्थालाई विस्थापन गर्ने कुरामा कदापि सहमति जनाएन । जवाहरलाल नेहरु र अम्बेडरक लगायतले जातिय विभेद र वर्णाश्रम व्यवस्थालाई खुलेर विरोध गरेको पाईन्छ । लोकतन्त्र र वर्णाश्रम व्यवस्था एउटै समाजमा सँगसँगै अघि बढ्न सक्दैन । जात र धर्मको नाममा तपाई समान (मोर इक्वल) हुन चाहनु हुन्छ भने तपाई नागरिकता पनि पाल्न सक्नु हुन्न, इनसानियत पनि पाल्न सक्नु हुन्न, दोस्ति (फराइन्डसीप) को त कुरै छाडौ यसलाई मनुश्यको अपमान पनि हुन्छ ।
rajak.raj62@gmail.com
Comments
Post a Comment