जात केवल जैबीक दुर्घटना हो
राजकिशोर रजक फरक बिचार हिन्दु समाज एकैचोटि १६औँ र २१औँ सताब्दिमा बाँचिरहेका छन् । यी दुबै विचार, मुल्यमान्यता, सोचलाई सँगसँगै लिएर हिडिरहेका छन् । एका तिर १६औँ सताब्दिको जातब्यवस्था, परम्परालाई संरक्षण गर्नमा गौरव अनुभव गरिरहेका छन् भने अर्को तीर आधुनिकताको पनि दलिल गर्दैछन् । जातब्यवस्थालाई हिन्दु समाजमा रोटि बेटिको सम्बन्धको रुपमा ब्याख्या गरिन्छ । रोटि भनेको खानपित, अलगापन (सेगरिगेसन), छुट्टै छिमेक, छुट्टै बासस्थान आदिलाई बुझाउछन् । यसलाई कायम गर्नकोलागि छुवाछुत एक सजाय (पनिसमेन्ट) को रुपमा समाजमा स्थापित छन् । बेटि भनेको रक्त सम्बन्ध हो । यसलाई कायम राख्नकोलागि सजातिय विवाहको प्रमुख भुमिका छ । आज पनि अन्तरजातिय विवाह किन स्वीकार्य छैन भने यसले स्थापित जात ब्यवस्थालाई भत्काउछन् । जात ब्यवस्था कायम गर्नमा यी दुई विचार व्यवहार त सफल भएका छन् । जात ब्यवस्थाले जात मात्र पाल्दैन्, यसले विसमता पनि पाल्छ, उच निच भावना पनि पाल्छ । जब समाजका कुनै एक समुदायलाई सम्पूर्ण रुपमा अलग गर्छन् तब उनीहरुको आत्मसम्मान, मर्यादा सकनाचुर हुन्छ र आज पनि दक्षिण एसिमा करौडौ मान्छे यस्तो जीवन जीउन ब...