नगरिकता संसोधन ऐन पछाडी लुकेको हिन्दुत्व राजनीति

राजकिशोर रजक 

अयं निजः परोवेति, गणना लघु चेतसाम् ।
उदार चरितानानन्त, वसुधैव कुटुम्बकम् ।।

“यो व्यक्ति मेरो हो, यो मेरो होइन” भन्ने भनाई संकुचित मस्तिष्क भएको व्यक्तिले मात्र भन्न सक्छ । उदार चरित्रको व्यक्तिको लागि पुरा विश्व एउटा परिवार जस्तै हो ।

माथिको श्लोक भारतीय संसद भवनको भित्तामा लेखिएको छ । उक्त श्लोक भारतीय लोकतन्त्रको आधारभुत मूल्यको परिचय दिन्छ । त्यस कारण सन् २०१० मा अमेरिकाको राष्ट्रपति बराक ओबामा भारतीय संसदको संयूक्त सत्रलाई संबोधन गर्दा उक्त श्लोकलाई अंग्रेजीमा अनुवाद गरि उच्चारण गरेको थियो । बराक ओबामालाई संस्कृत भाषासँग कुनै लगाब थिएन बरु भारतीय लोकतन्त्र र भारतीय संविधानको आधारभुत मूल्य प्रति गहिरो सम्मान प्रकट गरेको थियो ।

भारतीय लोकतन्त्र र संविधान प्रति जुन सम्मान भारत बाहिर छ त्यो सम्मान राष्ट्रिय संवमसेवक संघ (आरएसएस) तथा भारतीय जनता पार्टि (बिजेपि) को मोदि नेतृत्वको सरकारसँग किन छैन ? आरएसएस÷बिजेपिलाई वर्तमान संविधान देखि किन समस्या छ ? नोट बंदी, आर्टिकल ३७०, राम मंदिर, सिएए, एनआरसि भारतीय जनताको मुदा होईन् । यी मुदाहरु आरएसएस÷बिजेपिको लाईफलाईन हुन् । संघ परिवारले आफ्नो मुदालाई सदैब तताएर राख्नमा सफल भएका छन् ।

विश्व एउटा परिवार हो भन्नेले आफ्नै देशलाई परिवार बनाउस सकेन । आज पनि जातिय भेदभाव, नारी सुरक्षा र मूक्ति, सम्प्रदायिक दंगा, असहिष्णुता संघ परिवारको अध्यात्मिक फासिवादवाट निर्देशित छ । यो कुरा तब झन भयान हुन्छ जब संघ परिवारद्धारा पोषित ‘हिन्दुत्व’ आन्दोलनको विचार सत्ता संरक्षणमा मुखरित हुन्छ । हिन्दुत्वको मतलब सारमा सवर्ण ब्राद्मणवाद हो ।

हिन्दुत्ववादी विचारधारा र सावरकर

हिन्दु राष्ट्रवादको विऊ १९औँ शताब्दिमा भएको धार्मिक तथा सामाजिक सुधार आन्दोलन देखि नै अंकुरित भएको थियो । आर्य समाज जस्ता कयौ संगठन अंग्रेजी साम्राज्यवाद र ईसाई मिशनरिको बढ्दो प्रभावको विचमा भएको थियो । संगठनको प्रमुख उदेश्य हिन्दु धर्म र सामाजिक व्यवस्थाको प्रमुख आधारलाई रक्षा गर्नु थियो । समाज ब्यवस्था आधारित परम्परामा सुधार गर्नु थियो ।

हिन्दुत्व र हिन्दु राष्ट्रवादको अध्ययन विनायक दामोदर सावरकर र माधव सदाशिव गोलवलकरको विचारको अध्ययन विना अधुरो हुन्छ । हिन्दुत्व शब्दको प्रयोग सबभन्दा पहिला सावरकरले अंडमान र रत्नागिरी जेलमा छदाँ लेखिएको पुस्तक र लेखमा गरेको थियो । सावरकर इटलीको राष्ट्रवादवाट ज्याँदै प्रभावित थियो । खिलाफलत आन्दोलनको समयमा गांधीको नेतृत्वमा कांग्रेसले मुस्लिमलाई साथ सहयोग गर्न शुरु गरे । सावरकरलाई लाग्यो कांग्रेसको सहयोगमा मुस्लिम यो देशलाई इस्लामिस्तान बनाउने सपना देखिरहेका छन् । यहि विन्दुमा सावरकरको मन–मस्तिष्कमा हिन्दु राष्ट्रवादको जन्म हुन्छ । हिन्दु राष्ट्रवादको प्रेम जाग्छ र हिन्दुत्वको रुपमा संगठित हुन आहृवान गर्छ । खिलाफत आंदोलनवाट भारतीयहरु एकताबद्ध हुने क्रममा सवर्ण हिन्दु मुस्लिम बिरुद्धको आन्दोलनलाई गति दिन थाल्छ ।

सावरकरले हिन्दु शब्दको ब्याख्या, ‘कहिले युद्ध त कहिले मिलन, कहिले परस्पर सहकार्यको रुपमा हिन्दु जातिले जे जति गरेका छन् त्यो सबै कुरा ‘हिन्दुत्व’ मा समाहित छन् । सावरकर हिन्दु हुनुको प्रमुख तिन लक्षण–भुगोल, रगतको समानता र संस्कृति मान्छ । यसको अलावा सावरकर ‘पुण्य भुमि’ शब्दको पनि प्रयोग गर्छ । मतलब हिन्दु त्यो व्यक्ति मात्र हो जसले भारतलाई पितृभक्तिको साथ साथै पुण्य भुमि पनि मान्छ । सावरकर मुस्लिम तथा ईसाईमा हिन्दुत्वको अन्य लक्षण हुँदाहुदै पनि एउटा महान लक्षणको अभाव देख्छ । उनीहरु हिन्दुस्तानलाई आफ्नो पुण्य भुमि स्वीकार गर्दैन । पुण्य भुमिको सवाल उठाएर सावरकर मुस्लिम तथा ईसाईको निष्ठा माथि प्रश्न उठाउछ । उसले भन्छ उनीहरुको पुण्य भुमि यहाँ भन्दा टाढा अरब तथा फिलिस्तीनमा छ । उनीहरुको निष्ठा पनि विभाजित छ ।

सवारकरको हिन्दुत्वको मुख्य आधार नै मुस्लिम बिरोधी देखिन्छ । मुस्लिमको बिरुद्ध हिन्दुको संख्या बढाउनको लागि बौद्ध, जैन तथा सिखलाई हिन्दु धर्मको अंग मान्छ । वेदको प्रमाण नभए पनि बौद्ध र जैनलाई हिन्दु मान्छ । ईसाई र मुस्लिमको लागि कठोर सर्त राख्दै भन्छ, “तिमी आफ्नो हृदयको सम्पूर्ण अनुरक्ति, पितृभुमि मात्र होईन पुण्य भुमि मानेर वंदना गर र यो महान हिन्दु संघमा पुनः प्रविष्ट गर । हिन्दु जाति नितान्त प्रसन्नतासहित तिमीलाई हार्दिक अभिनंदन गर्नेछ ।” यहाँ सावरकर ईसाई र मुस्लिमको लागि यति कठोर सर्त किन राख्छ ? कुनै ईसाई तथा मुस्लिम आपूmलाई हिन्दु किन मान्छन् ?

यी प्रश्नको उत्तर सावरकरको स्वराज्यको कल्पनामा भेट्न सकिन्छ । सवारकर अंग्रेजवाट स्वराज्य चाहन्थ्यो तर स्वतन्त्र भारतको कल्पना हिन्दु राष्ट्रको रुपमा गथ्र्यो । गैर–हिन्दुको अस्तित्व स्वतन्त्र भारतमा सावरकरको लागि असहनीय थियो । यहि कारण सावरकर ईसाई र मुस्लिमको लागि कठोर सर्त राख्दै भन्छ, तिमीहरु यो देश छाडेर जाऊ या दास्रो श्रेणिको नागरिक भएर बस । यहाँ तिमीलाई कुनै मौलिक अधिकार हुँदैन ।

नागरिकता संसोधन ऐन 

हिन्दुत्ववादी स्वतन्त्रता आन्दोलन देखि भारतलाई एउटा हिन्दु राष्ट्र निर्माणको लागि आरएसएस÷बिजेपि लागि परेका छन् । सन् २०१४ देखि सत्तामा आए देखि हिन्दु राष्ट्रको लक्ष्यतिर अग्रसर छ । आरएसएसलाई थाहा थियो कुनै पनि ईसाई वा मुस्लिम हिन्दु हुने कुनै पनि सर्त स्वीकार्नु त परै जाओस त्यसको बारेमा सोच्न पनि सक्दैन । यस्तो अवस्थामा सावरकर ईसाई वा मुस्लिमलाई दोस्रो दर्जाको नागरिकता दिन चाहन्थ्यो र त्यसैको कार्यान्वयण गर्नको लागि नागरिकता संसोधन ऐन २०१९ दुबै सदनवाट पास गराएको छ ।

तर, वर्तमान नागरिकता संसोधन ऐन हिन्दु वनाम मुस्लिमको सवाल मात्र होईन । सावरकर भारतीय बौद्धलाई हिन्दु मान्छ तर चीन, जपान आदि देशको बौद्धलाई हिन्दु मान्दैन कारण उनीहरुको पुण्य भुमि भारत भए पनि पितृभूमि भारत होईन । पुण्य भुमिको आधारमा चीन, जपान, कोरिया, श्रलंका ईत्यादि सबै देशको बौद्ध हिन्दु हुनु पर्ने हो । सावरकरको अनुसार नेपालको नागरिकको पितृभुमि भारत होईन तर पनि बहुसंख्यक हिन्दु धर्म मान्छन् । वहाँको परिभाषा यहाँ पनि बिरोधाभाष देखिन्छ ।

दुई राष्ट्रको सिद्धान्त र मुस्लिम लीग 

प्रायः मुस्लिम लीग र त्यसको नेता जिन्ना माथि दुई राष्ट्रको सिद्धान्तको प्रतिपादकको आरोप लाग्ने गर्छ । हिन्दु र मुस्लिम दुई अलग कौमका हुन । दुई पृथक राष्ट्र हुन । वास्तवमा दुई राष्ट्रको सिद्धान्तलाई सबभन्दा पहिला सावरकरले नै प्रतिपादित गरेको थियो । बाबासाहेब डाँ अम्बेडकर भन्छ, “सावरकरद्धारा हिन्दु राष्ट्रको कुरा गर्नु नै उसको दृष्टिमा भारतमा मुस्लिम पृथक राष्ट्र थियोे ।” माधव सदाशिव गोलवलकरले यहि सिद्धान्तलाई पालन पोषण गरे । हिन्दुत्ववादीको यहि विचारको कारण मुस्लिम लीगले मुस्लिमलाई पृथक राष्ट्र मान्न शुरु गरे । पृथक राष्ट्र (पाकिस्तान) को माग मुस्लिम लीगले सर्वप्रथम १९४० मा गरे । यो भन्दा पहिला १९३६ मा लण्डनमा पढिरहेको एउटा मुस्लिम छात्र रहमत अलीले निबन्ध लेखेर ‘पाकिस्तान’ को विचार प्रस्तुत गरेको थियो । मुस्लिम लीगले उक्त विचारलाई असंभव मानेर एउटा बच्चाको काल्पनिक उडानको करारको संज्ञा दिएको थिए ।
हिन्दुत्वको दर्शन कुनै धार्मिक दर्शन होईन । यो आतंकमा आधारित बहुसंख्यावाद हो । आतंकको आधार अध्यात्मिक फासिवाद हो । यो बहुसँख्यावादको कार्यप्रणालीको नमुना सन् २००२ मा गुजरातमा दक्षिण एसिया मात्र होईन विश्वले देखि सकेका छन । गोधराकांड पछि लाखौ मुस्लिमलाई नर संहार गर्यो । मोदी सरकारको सम्पूर्ण शासनतन्त्र नपुंसक जस्तै तमाशा देखि राख्यो ।

हिन्दुत्व विचारधारावाट बहुसँख्यकलाई मुस्लिम बिरोधीको नाउमा एक सुत्रमा बाँधेर एका–तीर राजनीतिक सत्ता प्राप्त गर्ने उदेश्य छ भने अर्को तिर देशको दलित बहुजनलाई धार्मिक उन्मादमा फसाएर उनीहरुमा आईरहेका सामाजिक, आर्थिक तथा राजनीतिक अधिकार प्राप्तीको चेतनालाई दबाएर वा नष्ट गरेर उनीहरुमाथि सवर्ण ब्राद्मणवादको बर्चश्व कायम राखि राख्ने ।

वर्तमान सीएए तथा एनआरसी बिरुद्धको आन्दोलन जनआन्दोलनको रुप लिदै छ । सीएए तथा एनआरसीको पछाडी जुन हिन्दुत्व राजनीति लुकेको छ त्यो मुस्लिमलाई अलग थलग मात्र गर्दैन बरु द्विजवादी वर्चस्वको बिरुद्धमा उठिरहेको विरोधलाई पनि दमन गर्नु रहेको छ । संघ र भाजपाको भारतलाई हिन्दु राष्ट्र बनाउने एजेण्डा नायँ होइन र यसलाई लागु गर्नको लागि पुरै तागत गलाएको छ । वर्तमान राष्ट्रपति र प्रधानमन्त्रि संघको स्वयंमसेवक हुन । लोकसभामा प्रचण्ड बहुमत र राज्य सभामा प्राविधिक बहुमत प्राप्त छ । यस्तो अबस्थामा भाजपा आफ्नो सपनालाई सकार पार्नमा विलम्ब गर्न चाहदैन । यसैको लागि भाजपाले अनुच्छेद ३७० व ३५ ए पास गरे । नागरिकता संशोधन बिल २०१९ पास गरे । यसको एउटै उदेश्य भारतलाई सवर्ण–पुरुष वर्चस्व वाला ‘हिन्दु राष्ट्र’ बनाउने महत्वपूर्ण तथा खतरनाक कदम हो ।

(रजक अम्बेडकरी तथा बहुजन अध्येता हुन)

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

'मधेसको सम्पर्क भाषा नेपाली होइन, हिन्दी हो'